पाँचपोखरी थाङपाल गाउँपालिकाको आ.व. २०७४÷०७५ को वार्षिक नीति, बजेट तथा कार्यक्रम

आदरणिय सभाध्यक्ष महोदय,

१. सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको नजिक रहेको प्रतिनिधी संस्था वा स्थानीय सरकार गठन भए प्रश्चात यस गाउँपालिकाको पहिलो नीति कार्यक्रम तथा बजेट सम्मानीत गाउँसभा समक्ष प्रस्तुत गर्न पाउँदा मैले गौरवको अनुभूती गरेका छु । आज मिति २०७४ अषाढ २८ बुधवारका दिन यस ऐतिकासिक अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता र सामाजिक न्यायका लागि जिवन उत्सर्ग गर्नु हुने आदरणिय ज्ञात, अज्ञात शहिदहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु । साथै महा विनासकारी भुकम्पबाट आफ्नो ज्यान गुमाउनु हुने सम्पुर्ण जनताहरुको स्मरर्ण गर्न चाहन्छु । न्याय समानता स्वाधिनता र समृद्धि प्राप्तीका आन्दोलनहरुमा योगदान गर्नु हुने सम्पुर्ण नेपाली दिदी वहिनी तथा दाजु भाईहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछु । 

२. राजनीतिक क्षेत्रमा हामीले ऐतिहासिक फड्को मारेका छौं । संविधान घोषणा भई कार्यन्वयनमा आएपछी लामो समयको संक्रमणकालको अन्त्य भई मूलुक राजनीतिक स्थिरता तर्फ उन्मुख भएकोछ । स्थानीयस्तरको निर्वाचन भई स्थानीय शासन र विकास निमार्णमा प्रत्येक नागरिक आफै संलग्न हुने वातावरण बनेकोछ । राजनीतिक प्रणाली प्रति जनताको भरोशा पुनस्थिापित हुन पुगेकोछ । यो समयलाई आर्थिक सामाजिक रुपान्तणको अवसरको रुपमा उपभोग गरी जन चाहाना पुरा गर्न अबको हाम्रो वाटो भनेको तिव्र आर्थिक विकास नै हो । आत्म निर्भर स्वाधिन अर्थतन्त्र निमार्ण, स्वास्थ्य प्रतिस्पर्धात्मक अर्थ व्यवस्था हाम्रो प्रस्थान विन्दु हो भने समाजवादी, समाज उन्मूख अर्थतन्त्र हाम्रो गन्तब्य हो । हाम्रो लडाई सामाजिक न्याय सहितको समृद्धि आर्जन गर्नको लागी अविकसित, गरीबी र पछौटेपनको विरुद्ध केन्द्रीत हुन जरुरी छ । 

३. हामीले गाउँपालिको नीति कार्यक्रम तथा बजेट निमार्ण गरी रहँदा विकसित समुन्त समृद्धि र समतामुलक पाँचपोखरी थाङपाल गाउँपालिकाको भावी तस्विरलाई सामुन्यमा राखेर आर्थिक नीति कार्यक्रम र आयोजनाहरु तय गरेकाछु । स्थानीय सरकार संचालन गर्ने र जनतालाई प्रत्यक्ष सरकारको अनुभुती गराउने उद्देश्य सहित अर्थतन्त्रको पुर्नसंरचना गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी उच्चदरको समन्यायिक आर्थिक वृद्धी गर्ने विकासको प्रतिफल सम्पुर्ण पाँचपोखरी थाङपाल गाउँपालिकाका जनताले प्राप्त गने गरी साधन, स्रोत र अवसरको न्यायोचित वितरण गर्ने दिगो विकासका लागी पुर्वाधार निर्माण गर्ने, वडाहरुको सन्तुलन समान विकासलाई सघाउ पुराउने र पाँचपोखरी थाङपाल गाउँपालिकाका जनताको अपनत्व र स्वामित्व हुने विकास आयोजनाहरुको कार्यन्यन गर्ने विषयमा आगामी बजेट केन्द्रीत हुनेछ । 

४. हामीले आगामी वर्षको बजेट तयार गर्दा नेपालको संविधानमा उल्लेख भएका नागरिकका मौलिक हकहरु, राज्यका निर्देशिक सिद्धान्तहरु, व्यवस्थापिका संसदको बैठक २०७४ साल जेठ १५ सोमवार गणतन्त्र दिवसका दिन भएको आर्थिक वर्ष २०७४।७५ को बजेट वक्तव्य, व्यवस्थापिका संसदका सदस्यज्यु, गाउँसभाका सदस्यज्युहरु एवं विषय विज्ञहरु, रानीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, सृजनशिल युवाहरु, नागरिक समाजका सुझाबहरु महत्वका साथ ग्रहण गरेको छु । तथा विभिन्न वडा तथा अन्य कार्यक्रमहरु मार्फत आएका सुझाबहरुलाई बजेट तर्जुमाको आधार बनाएको छु । 

आदरणिय सभाध्यक्ष महोदय,

हामी संघिय लोकतान्त्रिक गणतन्त्रण र स्थानीय तहमा रुपान्तरित भई सकेकाले यस पाँचपोखरी थाङपाल गाउँपालिकाको पहिलो वार्षिक बजेट नीति तथा कार्यक्रम भएकाले गत आर्थिक वर्षको यर्थात आय व्यय नभएको कुरा अवगत गराउँदै अब म आर्थिक वर्ष ०७४।७५ मा यस गाउँपालिका र विभिन्न निकायको प्रस्तावित बजेटलाई अनुमोदनका लागि पेश गर्ने अनुमति चाहन्छु । 

आय तर्फ ः–

१ केन्द्रीय अनुदान अन्य कार्यक्रम÷ वित्तीय समानीकरण १६ करोड ४६ लाख ९३ हजार

२ सशर्त अनुदान÷विषयगत कार्यालयहरुको जम्मा ८ करोड २५ लाख ४८ हजार 

३ गाउँपालिकाको आन्तरिक आय÷ राजस्व संकलन १० लाख ८० हजार ६ सय 

४ गैरसरकारी संस्थाहरुको जम्मा १ अर्ब २३ करोड ९६ लाख ३६ हजार ९ सय पचास

व्यय तर्फ ः–

ड्ड निशर्त अनुदान तर्फ ः १६ करोड ४६ लाख ९३ हजार

१ चालु खर्च तर्फ ५ करोड २९ लाख ७० हजार

पुँजिगत खर्च तर्फ ः 

२ वडास्तरीय योजना रु ४० लाखका दरले ३ करोड २० लाख

३ पुँजीगत सुधार तर्फ ५९ लाख ९१ हजार

४ विधुतीकरण तर्फ १ करोड

५ गाउँपालिका जोड्ने मूख्य सडकहरु (सडक) तर्फ ३ करोड

६ प्राविधिक विश्व विद्यालय स्थापना अध्ययन तर्फ १० लाख

७ युवा तथा खेलकुद थर्फ ३० लाख

८ पाँचचोखरी पर्यटन केवुल कार अध्ययनका लागि १० लाख

९ मातृभाषा कक्षा संचालन प्रोत्साहन कार्यक्रमका लागी १० लाख

१० कृषि, जडिबुटी उत्पादन तथा प्रशोधन कार्यक्रम ८ लाख

११ आमा याङग्री पर्यटन प्रवद्धन कार्यक्रम ५ लाख

१२ अर्गानिक कृषि खेती तालिम कार्यक्रम ३ लाख

१३ महिला स्वास्थ्य स्वयम सेविका प्रोत्साहन कार्यक्रम ४ लाख ३२ हजार

१४ लक्षित वर्ग कार्यक्रम संचालन तर्फ २५ लाख

१५ कृषि, सहकारी व्यवस्थापन २ लाख

१६ वालविकास केन्द्र व्यवस्थापन कार्यक्रम ४ लाख

१७ ड्रायागन गुफ जाने गोरेटो बाटो मर्मत संभार ५ लाख

१८ पाँचपोखरी म्याराथुन प्रतियोगिताका लागि २ लाख

१९ वडा कार्यलय हुदै याङग्री खोर सडक – बाँसखर्क १५ लाख

२० चिन्डे – जतन सडक मर्मत सुधार – बाँसखर्क ७ लाख

२१ दाउचे –बाँसखर्क –जतन–वरुवा सडक मर्मत –बाँसखर्क २० लाख

२२ वरुवा –बोलगाउँ–गाङग्री सडक – वरुवा २० लाख

२३ वरुवा–सिमपानि टोल–महाकालवेसी सडक– वरुवा १० लाख

२४ लार्के विधुत विस्तर कार्यक्रम –भोताङ १० लाख

२५ मजुवा–गोरपाङ कृषि सडक –भोताङ ७ लाख

२६ पेमाथाङ खेल मैदान व्यवस्थापन– थाङपालकोट ५ लाख

२७ चिलाउने–महाकालवेसी सडक सुधार – थाङपालकोट ५ लाख

२८ नागीघ्याङ–नागीडाँडा सडक सुधार तथा नागी पिकनिक स्पोर्ट निमार्ण – थाङपालकोट ५ लाख

२९ पण्डित टोल मन्दीर संरक्षण तथा व्यवस्थापन – थाङपालकोट १ लाख

३० ला कुलो मर्मत सुधार कार्यक्रम – थाङपालकोट २ लाख

३१ रैथाने–गुन्सा खण्ड सडक मर्मत ५ लाख

३२ रैथानै मन्दीर – थाङपालकोट २ लाख

३३ सिंग्देन टोल –जुरान टोल हुदै दियाली डाँडा मोटरबाटो – थाङपालकोट २ लाख

३४ जुगल सामूदायिक अध्ययन केन्द्र – थाङपालकोट २ लाख

३५ रैथाने–सिंगार गाउँ सामुदायिक भवन – थाङपालकोट ३ लाख

३६ मण्डला सामुदायिक भवन निमार्ण – थाङपालकोट २ लाख

३७ गुन्सा–च्योच्यो डाँडा सडक –गुन्सा ७ लाख

३८ छेपारे खोला नदी नियन्त्रण –गुन्सा २० लाख

३९ मुडे हुदै लेखर्क घयाङ सडक मर्मत थाङपालधाप २ लाख

४० चिन्डे डाँडा–टार हुदै लेखर्क गोरेटो बाटो थाङपालधाप ४ लाख

४१ हाडिखोला सोती बगर झो.पु. थाङपालधाप २ लाख

४२ धाप ४ मसाने पाटी थाङपालधाप २ लाख

४३ गुठकुलो–पुल भञ्ज्याङ मर्मत( पुल भञ्ज्याङ– छौगा खोला) – थाङपालधाप २ लाख

४४ बच्छला माई आधारभुत विद्यालय भौतिक सुधार ) – थाङपालधाप २ लाख

४५ गोल्मेश्वरी आधारभुत विद्यालय भौतिक सुधार थाङपालधाप २ लाख

४६ महादेव खेला सिस्नेघारी सिचाईकुलो थाङपालधाप २ लाख

४७ नव सृजनशिल युवा क्लव थाङपालधाप १ लाख

४८ थाङपालधाप मा. वि थाङपालधाप ७ लाख

४९ भोटनाम्लाङ वडा कार्यालय तथा स्वास्थ्यचौकी घेरावार भोटनाम्लाङ ७ लाख

५० नेवार टाल भिमशेन मन्दीर भोटनाम्लाङ ३ लाख

५१ मगर कुलो मर्मत भोटनाम्लाङ २ लाख

५२ थालडाँडा–भोटेनाम्लाङ–लेखर्क–मुडे भोटनाम्लाङ सडक ७ लाख

५३ गुरुङ गाउँ गुम्वा निमार्ण भोटनाम्लाङ ५ लाख

५४ भुजुङ्गेटोल जाने सडक सुधार भोटनाम्लाङ ३ लाख

५५ साविक को वडा नं ८ सामुदायिक भवन लागर्चे ८ लाख

५६ पाल्चोकी मन्दीर निमार्ण लागर्चे २ लाख

५७ लागर्चे मा.वि. भुक्षय नियनन्त्रण लागर्चे ६ लाख

जम्मा १६ करोड ४६ लाख ९३ हजार 

५. आगामी आर्थिक वर्षको बजेटका उद्देश्यहरु

क) उत्पादकत्व र उत्पादन वृद्धी गरी उच्च आर्थिक वृद्धी गर्ने 

ख) गाउँपालिका विकास निमार्णका लागि लगानी प्रवद्धन गर्ने

ग) आर्थिक क्रियाकलापको विस्तार गर्ने, आय र रोजगारी वृद्धी गरिवी न्युनिकरण गर्ने

घ) अवसरको सृजना, क्षामता अभिवृद्धी र सामाजिक संरक्षण गर्ने

ङ) पाँचपोखरी थाङपालका जनताहरुलाई गुणस्तरीय सामाजिक सेवाहरु उपलब्ध गराउने 

६. प्राथामिकताका क्षेत्रहरु

क) सडक र स्थानीय पुर्वाधारहरु 

ख) शिक्षा स्वस्थ्य खानेपानी र सरसफाई

ग) जनसहभागिता सहितको जल विधुत उत्पादन

घ) कृषि, पर्यटन, उधोग वन र सिचाई

ङ) भुकम्पपछीको पुर्ननिमार्ण तथा एकिकृत वस्तीसहितको नवनिमार्ण

च) सेवाप्रवाह सुशासन र भ्रष्टचार नियन्त्रण

आदरणिय सभाध्यक्षज्यु,

७. अब म आर्थिक वर्ष ०७४।७५ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दछु । 

“सडक सुधार र विस्तार समग्र पाँचपोखरी थाङपाल विकासको आधार”

८. मुख्य सडकहरु ः 

ड्ड मेलम्ची भोताङ सडकलाई पाँचपोखरी मार्ग नामाकरण गरी आधुनिक र सुरक्षित मार्गको रुपमा विकास र विस्तार गरिने छ । भने मापदण्डमा तोकिएको ३२ मिटरलाई चार लेनमा विस्तार गर्दै सडकको स्तर उन्नती गरिनेछ । 

ड्ड मेलम्ची–पाँङसिङ खोला–बाँसखर्क–वरुवा–बोलगाउँ याङग्री सडकलाई पर्यटन मार्गको रुपमा विस्तार गरी चार लेन स्तरमा विस्तार गरिनेछ भने यस सडकको नाम आमा याङग्री मार्ग नामाकरण गरिनेछ । 

ड्ड हिमाली क्षेत्रको आर्थिक समाजिक विकास गर्न हिमाली मार्ग घुम्तीचुली चक्रपथ लागर्चे–नाम्लाङ–लेखर्क–गुन्सा–कोट–भोताङ–वरुवा–बासखर्क–लागर्चे पाँचवर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरी कार्य आरम्भ गर्ने ।

ड्ड महादेव खोला–गाईपाईला–टार–गुन्सा सडकलाई चार लेनमा निर्माण गर्दै स्तर उन्नती गरिनेछ । 

ड्ड तिपेनी–भुजुङगे–गुरुङटोल–नाम्लाङ–गोव्रे सडकलाई २ लेनको रुपमा स्तर उन्नती गरिनेछ , खाल्टे खोला–लागर्चे–लप्से–ओर्खनी २ लेनको सडक सुधार गरिनेछ , अँधेरीखोला–तुसारघ्याङ–ग्याल्दार–खसेर–सेर्माथाङ सडक निर्माण गरिने, आमा याङग्री–ल्यागाङ–ग्याङखक –वाङदाङ डाले याङग्रीे सडक निमार्ण गरिने, सेर्माथाङ–साल्मे–वोलगाउँ सडक निमार्ण गरिने, गुन्डेगाङ–आलुङ नालुङ–चिन्डेखर्क सडक निमार्ण गरिने, वरुवा–माकल–चिलाउने – सडक निमार्णका लागि आवश्क तयारी गरिने, मजुवा –गोरपाङ–कृषी सडक निर्माणका लागि आवश्क तयारी गरिने, धापडाँडा–हाँिडखोला –देवीथान –लेखर्क मोटर वाटो निमार्ण गरिने, फयाफुल्ला–स्याले–चिलाउने कृषी सडकलाई २ लेनको रुपमा रुपान्तरण गरिने, मिगाउ–कुल्दी–नागपोखरी कृषी सडक निमार्णका लागि आवश्क तयारी गरिने, लागर्चे–भोटेनाम्लाङ –गाउँपालिका जोडने सडक निर्माणका लागि आवश्क तयारी गरिने, याङग्री–सुनचौर–मैखर्क– ग्याङखर्क– रिपार सडक निर्माणका लागि आवश्क तयारी गरिने, वेत्रावती चौरी जोड्ने मोटर बाटो निमार्ण गरिने, गुन्सा –सुर्के–च्योच्यो डाँडा सडक निर्माण सम्पन्न गरिने, चिन्डे–जतन मोटर बाटोको २ लेनमा स्तर उन्नती गरिने, तिपेनी–घुम्लेपाखो –याङग्रीखोर मोटर बाटोे २ लेनमा स्तर उन्नती गरिने, चिन्डे–देउराली–वडा कार्यालय २ लेनमा स्तर उन्नती गरिन, वरुवा–स्योरो बेसी– धाप सडक निमार्ण गरिने, तिपेनी–लप्से–भन्ज्याङ डाँडा सडक निमार्ण गरिने, भोताङ–गुम्बा सडक निमार्ण गरिने, छिम्ती–हबेली सडक निमार्ण गरिने, चारघरे–सोले मोटर बाटो निर्माण गरिने, मानेखर्क–नागीघ्याङ–नागीडाँडा सडक स्तर उन्नती गरिने, मिलन चोक–जुरानटोल सडक स्तर उन्नती, गरिने छ ।

- यस गाउँपालिका भित्र रहेका विभिन्न टोल तथा वस्तीहरुलाई सडकसँग जोडने योजना बनाएको छु भने नक्सामा उल्लेखित सबै ठाउँहरुमा भित्री सडकहरु निमार्ण गरिनेछ । 

- धाप साविक २ – डुडगौरो– आले– हरिवोले गोरेटो बाटा ३ मिटरमा कायम गरिनेछ ।

- मापदण्ड अनुरसारका ठुला सडकहरु ४ लेनमा र साना सडकहरु २ लेनमा घटाईनेछ । 

- गोरेटो बाटो ३ मिटरमा कायम गरिनेछ । 

पुल पुलेसाहरु ः

ड्ड तिपेनी डयामसाईट–बाँसखर्क, माकल–वरुवा, चिनियाँ–बाँसखर्क, हात्तिढुङ्गा–थाङपालधाप, याङग्री–भोताङ, छिम्ती–डुखाङ, थाङपालकोट–गुन्सा, थाङपालधाप–भोटेनाम्लाङ, भोटेनाम्लाङ–लागर्चे जोड्ने पक्कि पुल निमार्ण गरिनेछ । 

- माईखर्क, तासिप्पा, गुफा डाँडा, निक्ताता, ग्याल्सीन, तौगुखोला, चित्रेखोला, चारघट्टे, लप्सेसिउरेनी, सोले कोटगाउँ, गाते, छेपारेखोला, महादेवखोला थुम्की, वाम्राङ खोला, फन्दालाङ खोला, छुम्वेर खोला, मेलम्ची खोला गुन्सा, स्थानहरुमा झुलुङगे पुल निमार्ण गरिनेछ । 

आदरणिय सभाध्यक्षज्यु,

“कृषिमा भर परी आर्थिक विकास र रोजगारी”

९. आर्थिक वृद्धीका लागि कृषिको आधुनिकीकरण ः 

- कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धी गर्ने स्पष्ट मार्ग चित्रका साथ आगामी आर्थिक वर्ष देखी कृषि आधुनिकिकरण परियोजना कार्यन्यवनमा ल्याउने व्यवस्था मिलाएको छु । कृषि उत्पादन आत्म निर्भर हुने उद्देश्यका साथ कार्यन्यवन गरिने यो विषेश परियोजनाका लागि आवश्यक रकम व्यवस्था गरिनेछ । यो परियोजनाको कार्यन्वयनबाट दुई वर्षभित्र स्थानीय उत्पादन आलु, मुला, मासु र अलैची पाँच वर्षभित्र स्याउ, सुन्तला कफि, चिया, मकै र कादोमा आत्म निर्भर पाँचपोखरी थाङपाल हुने विश्वास लिएको छु । 

- परियोजना कार्यन्यवनका लागि कृषि भुमीको उर्भरा शक्ति र वालि उत्पादन क्षामताको आधारमा विशिष्ठकृत कृषि उत्पादन क्षेत्रहरु निर्धारण गरिनेछ । नेपाल सरकार गाउँपालिका निजी क्षेत्र, सहकारी र कृषि उद्यमीहरुको सहभागितामा यी क्षेत्रहरुमा कृषि उत्पादन प्रशोधन र वजारीकरणको कार्यक्रम संचालन गरिनेछ । 

-यस परियोजना अन्र्तगत विशिष्ठकृत कृषि उत्पादनको क्षेत्रलाई पकेट क्षेत्रको रुपमा निमार्ण योजना रहेको छ । यसमा खास गरी साना व्यवसायीक कृषि उत्पादन पकेट क्षेत्रहरुमा उन्नत र गुणस्तरीय विउ वेर्ना र विरुवा सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाईनेछ । र प्राङगारिक मल बनाउने तालिम गराई आधुनिक कृषि ज्ञान तथा प्राविधक सेवा उपलब्ध गराईनेछ ।

- कृषकहरुलाई विउ एवं वालि संरक्षण र माटो परिक्षणका सेवाहरु उपलव्ध गराइनेछ । माटो परिक्षण गरि उर्वंरा शक्ति र सोे माटोमा खेती गर्न उपयुक्त बालीको विवरण सहितको माटो परिक्षण कार्ड कृषकहरुलाई उपलब्ध गराइने छ ।

- प्राङागारिक मल कारखाना र जैविक विषादी उत्पादन केन्द्र स्थापना गर्ने योजना बनाएको छु ।

- तोकिएको क्षेत्रमा तोकिएको बालीको तोकिएको मात्रा वा सो भन्दा बढी उत्पादन गर्ने कृषक, कृषि उद्यमी,कृषि सहकारीहरुलाई प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान प्रदान गर्ने व्यस्था मिलाईने छ । 

- गुन्सा,थाङपालकोट,नागी,लागर्च, ओखरेनी, भोताङ, लेखर्क र वरुवामा हिमाली आलु र मुला उत्पादन कार्यक्रम संचालन गर्ने योजना बनाएको छु । भने धाप, नाम्लाङ, बाँसखर्क र लागर्चेमा धान प्रवद्धन कार्यक्रम संचालन गरिनेछ । आगामी ५ वर्ष भित्र गाउँपालिकालाई अर्गानिक कृषि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना लिएको छ । 

- बाँसखर्क चिया खेतीलाई विस्तार गर्दै बाँसखर्क, बरुवा, भोताङ, लागर्चे र भोटेलाम्लाङ लाई एकिकृत रुपमा विकास प्रवद्धन र संरक्षण गरिनेछ ।

- कृषि जडिबुटी अनुसन्धान तथा प्राविधिक केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । 

१०. किसान सामाजिक सुरक्षा ः

- गाउँपालिका कृषि समिति गठन गिरिने छ । किसानहरुको सहभागितामा किसानहरु कै लागि सामाजिक सुरक्षा कोष स्थापनाको संभाव्यता अध्ययन गरिने छ । 

११. पशुपंछीजन्य उत्पादन ः

- आगामी १ वर्ष भित्र कुखुरा, गाई भैसी पाल्ने किसानहरुलाई अभिमुखिकरण तालिम कार्यक्रम संचालन गरिनेछ । 

- अबको आगामी ५ वर्षमा दुग्घजन्य उत्पादनको विविधीकरण गरी दुग्घजन्य पदार्थको पकेट क्षेत्र घोषणा गरिनेछ । 

- पशुपालनलाई व्यवसायिकरण गर्न किसानहरुलाई प्रोत्साहन गरिने छ ।

- उच्च पहाडी र हिमाली क्षेत्रहरुमा चौरी, भेडावाख्रा, उत्पादन वृद्धी गरिनेछ भने अनुसन्धान उत्पादन र तालिमको व्यवस्था गरी किसानहरुलाई उद्यमी बनाउन प्रोत्साहन गरिनेछ । 

- हिमाली पथ मार्ग भएका क्षेत्रमा होमस्टे र ग्रामिण क्षेत्रका परिवारहरुलाई आन्तरिक खपत एवं पाहुना सत्कारका लागि उपलब्ध हुने गरी लोकल कुखुरा पालन कार्यक्रम संचालन गर्न कुखुराका चल्ला ह्याचरी र खोर निमार्ण गर्न किसानहरुलाई विशेष प्रोत्साहन गर्ने योजना बनाएको छु ।

- व्यवस्थित वधशाला निमार्ण गर्न व्यवसायिकहरुलाई प्रोत्साहन गरिनेछ ।

१२. वन तथा जडिबुटी व्यवस्थापन ः

- प्राकृतिक जडीबुटीको अत्याधिक दोहन रोकी दिगो संकल्प र व्यवस्थापन गर्न प्रवद्धनात्मक कार्यक्रम संचालन गरीने ।

ड्ड जडिबुटी एवं गैरकाष्ठ प्रजातीको उत्पादन प्रशोधन र वजारीकरणका लागी पकेट क्षेत्र निर्धारण गरिनेछ । पहाडी क्षेत्रमा पाईने लप्सी, चिउरी र उच्च हिमाली क्षेत्रमा टिमुर, लोठसल्ला, चिराईतो, लोक्ता जस्ता विषेश प्रकार जडीबुटी व्यवसाय उत्पादन बृद्धी गर्न किसानहरुलाई ज्ञान, सीप प्रविधी उपलब्ध गराईनेछ । 

- भुमी तथा जलाधार संरक्षण र वृक्षा रोपणको माध्याम बाट प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गरीने छ । जलाधार संरक्षण एवं व्यवस्थापनका कार्यक्रमहरुमा व्यपक जनसहभागिता परिचालन गरिने छ । प्राकृतिक तालतलैयाहरुको संरक्षण तथा व्यवस्थापन गरिनेछ । 

- वन डढेलो लगाउने अपराधीहरुलाई कडा कानुनी कारवाही गरिनेछ । वन डढेलो नियन्त्रणमा उल्लेखनिय योगदान पुराउने व्यक्तीहरुलाई पुरस्कार तथा सम्मान गरिनेछ । 

- यस गाउँपालिकामा जडिबुटी अनुसन्धान उत्पादन र प्रशोधन उधोग स्थापनाका लागी अध्ययन गरिनेछ । 

- “कवुलियती वन जनताको धन” कार्यक्रमलाई सबै वडाहरुमा विस्तार गरिनेछ । कवुलियती वनमा जिविकोपार्जन, वन तथा वातावरण संरक्षण, क्षामता विकास, पशुपालन, फलफुल खेती, र अलैची खेती लगाएत अन्य ग्रामिण वित्तिय परिचालनका कार्यक्रहरु संचालन हुने छन । 

- निजी वन विकास प्रवद्धन कार्यक्रम ८ वटै वडाहरु संचालन गरिनेछ । निजी वन, नर्सरी र वनजन्य उद्यमलाई सहयोग गरिनेछ । 

- सामुदायिक वनलाई व्यवस्थित गरिनेछ भने लाङटाङ राष्ट्रिय निकुन्ज र वफर जोनले भेटेको क्षेत्रमा वन सम्बन्धी ऐन, कानुन अनुसार अगाडी बढिनेछ । 

- वनभित्र वन्यजन्तु संरक्षण क्षेत्रको निमार्ण गर्ने लक्ष्य लिएकोछ । 

१३. सिचाई ः

- कृषि क्षेत्रमा उत्पादन वृद्धी गरी जनताहरुको जिवन स्तर उकास्न यस गाउँपालिका भित्रका प्रत्येक वडाहरु आवश्यक तथा संभाव्यता अनुसारको सिचाई योजना तथा आयोजना संचालन गरिनेछ । 

आदरणिय सभाध्यक्षज्यु,

१४. उधोगको विकास र जनसहभागिता ः

- गाउँपालिका र जनताको सहभागिता सहित संभावित स्थानहरुमा जल विधुत गृह निमार्ण गर्ने योजना बनाएको छु । 

- लधु तथा घरेलु उधोगहरुलाई प्रवद्धन गर्ने कार्यक्रम अन्र्तगत सचेतना, सीप विकास, उपयुक्त प्रविधि वजार विकास जस्ता क्रियाकलापहरु संचालन गरिनेछ । 

- लघु, घरेलु, साना र मझौला उधोगहरुको प्रवद्धन गर्न स्थानीय स्रोत साधन र सीपको आधारमा स्थानीय माग अनुसार वस्तु उत्पादन गर्न आवश्यक प्रविधि व्यवस्थापन र वजार प्रवद्धनमा क्षामता विकास गरिनेछ । 

- खानी तथा खनिजजन्य वस्तुहरुको मौज्दात पहिचाहन गरी खानी ईन्भेष्ट्री तयार गरिने छ । त्यसका आधारमा खानी तथा खनिजजन्य उधोगमा लगानी गर्न निजी क्षेत्रहरुलाई प्रोत्साहन गरिनेछ साथै जनताको लगानीलाई प्राथामिकता दिईने छ 

- जनताको सहभागिता सहित गाउँपालिकाले क्रेसर उधोग संचालनमा ल्याउने उद्देश्य लिएकोछ । 

१५. श्रम तथा रोजगार व्यवस्थापन ः

- आन्तरिक तथा वैदेशिक रोजगारीका लागी सीपयुक्त जनशक्ती तयार गर्न सीप विकास तालीमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ । 

- औपचारीक माध्यमबाट विप्रेशन आप्रवाह हुने कार्यक्रम विषेश प्रोत्साहन गरिनेछ । 

ड्ड अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको पञ्जिकरण गर्ने कार्य गरिनेछ । उनीहरुको सीप परिक्षण गरी योग्याताको प्रमाण पत्र प्रदान गर्ने व्यवस्था मिलाईने छ । वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरुको सीप कार्य दक्षता परिक्षण गरी प्रमाण पत्र सहित रोजगारीको पहल गरिनेछ । 

“पर्यटन क्षेत्रको सुधार आर्थिक उन्नतीको आधार”

१६. पर्यटन विकास ः

- हिमाल आरोहीहरुलाई दृष्टिगत गरी दोर्जे लाक्पा हिमाली क्षेत्रमा उद्वार तथा तालिम केन्द्र निमार्ण गरिनेछ भने च्योच्यो डाँडामा हिमाली हाई अल्टिच्युट तालिम केन्द्र निमार्ण गर्ने उद्देश्य लिएकोछ ।

- यस गाउँपालिकाको वडा नं ५ गुन्सामा सबै जातजाती भाषा भाषी रहन सहन रितीरिवाज साहित्य र परम्परा झल्कने गरी संकृतिक संग्रालय निमार्ण कार्य अघी बढाईने छ । 

- यहाँ रहेका विभिन्न धार्मिक पर्यटकिय र ऐतिहासिक महत्व रहेका ठाउँ र वस्तुहरुलाई एकिकृत रुपमा विकास प्रवद्धन र संरक्षण गरिनेछ । 

- नयाँ पर्यटकिय गन्तव्यहरुको पहिचाहन गरिने छ, र पर्यटकीय सडक, पथ यात्रा मार्गको रेखाङकन अवलोकन गर्न आवश्यक व्यवस्था मिलाईनेछ । 

- ऐतिहासिक तथा धार्मिक स्थल आमा याङग्री र पाँचपोखरीमा रन्जु(केवुलकार) यातायातको संभावित अध्ययन अनुसन्धान गर्न केही रकम विनियोजन गरिएको छ । 

- च्योच्यो डाँडा, नागी डाँडा र झुल्केलाई एकिकृत पर्यटकिय गन्तव्यका रुपमा विकास गरिनेछ । 

- यस गाउँपालिका वडा नं ४ थाङपालकोटमा ३ तारे स्तरको होटल निमार्ण गर्ने उद्देश्य लिएकोछ । 

- नागी डाँडा, च्योच्यो डाँडामा प्याराग्लाईडिङ संचालनमा ल्याउन अध्ययन परिक्षण गरिनेछ । 

- ड्रयागन गुफा, भोताङ हवेली, अमिलो पानीलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिनेछ । 

- यसै आर्थिक वर्ष देखी भोताङ–पाँचपोखरी म्याराथुन प्रतियोगिता आयोजना गरिनेछ । 

- बाँसखर्क र लेखर्क, च्योच्यो डाँडामा भ्यु टावर निमार्ण गरिनेछ ।

- गुन्सामा रक क्लाईमिङ सेन्टर स्थापना गरिनेछ । 

- नागी डाँडा, ओखरेनीमा होमस्टे संचालन गरिनेछ । 

- शैलुङगेश्वरी महादेवथान धार्मिक पर्यटकिय क्षेत्रको रुपमा प्थापना गरिनेछ । 

“शैक्षिक क्षेत्रको सुधार पाँचपोखरी थाङपाल भविश्यको अधार”

१७. जनताको पहुँचमा सर्वसुलभ शिक्षा ः

- आधारभूत शिक्षालाई अनिवार्य निशुल्क शिक्षा बनाईने छ । भने माध्यमिक शिक्षालाई क्रमस अनिवार्य तथा निशुल्क बनाईने छ । 

- विद्यालयमा वालवालिकाको पहुँच विस्तार गर्न अध्यायन अध्यापनको गुस्तरमा सुधार ल्याउन र व्यवस्थापकिय संरचनालाई जवाफदेही पार्दशी र सुदृढ बनाउन आगामी आर्थिक वर्ष देखी विद्यालय क्षेत्र विकास कार्यक्रम संचालन गरिनेछ । 

- आधारभुत शिक्षाको सुश्चितता, निरन्तरता र सिकाई उपलब्धिमा सुधार ल्याउन लक्षित वर्ग क्षेत्र र विपन्न समुहका वालवालिकाहरुलाई प्रोत्साहनमुलक सुविधाहरु एकिकृत रुपमा उपलब्ध गराउने योजना लिएको छु । 

- उच्च हिमाली तथा पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीहरुमा वालविकास विद्यालय विस्तार गरिनेछ । 

- यस गाउँपालिकामा प्राविधिक विश्व विद्यालय स्थापना गर्नका लागी संभाव्यताको अध्ययनका लागी रकम विनियोजन गरेकोछु ।

- गाउँपालिकाको केन्द्र नजिक रहेको थाङपालधाप माविलाई स्नातक तह सम्मको क्याम्पस बनाउन तत्काल प्रक्रियाहरु अगाढी बढाईनेछ । 

- गुरुकुल र गुम्बा शिक्षालाई शैक्षिक मुलधारमा ल्याउन प्रवद्धन गरिनेछ भने आधारभुत तहमा स्वेच्छिक मातृभाषा कक्षा संचालन गरिनेछ । 

- अध्ययन अध्यापनका सम्पुर्ण चरणहरुमा सामाजिक लेखापरिक्षण गरि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई जवाफदेही बनाईनेछ । 

- सामुदायिक र संस्थागत विद्यालयको अध्ययन अध्यापनको गुणस्तरमा रहेको विभेद हटाउन शैक्षिक गुणस्तरमा सुधार कार्यक्रम अभियानको रुपमा संचालन गरिनेछ । सामुदायिक विद्यालयको अध्यापन क्रमस अंग्रजी माध्यामबाट गर्ने व्यवस्था विषेश अभियान संचालन गरिनेछ । 

- आयुर्वेद, चिकित्सा पद्धतीको विकासको प्रवद्धनका लागी आयुर्वेद्ध प्राविधिक विद्यालय स्थापना अभियान सुरु गरिनेछ । 

- एक घर एक स्नातकको अभियान संचालन गरिनेछ ।

- सेवा अवधी हेरी स्थायी शिक्षकहरुलाई विषेश सुविधा दिई विदाई गरिनेछ ।

- सामुदायिक विद्यालयका शिक्षकहरुका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउने अभियान संचालन गरिनेछ । 

- गाउँपालिकामा उत्कृष्ठ छात्र छात्राहरु स्नातकोत्तर र विद्यावारिधी गरेका विद्यार्थीलाई, गाउँपालिकामा उत्कृष्ट शिक्षकलाई र लामो समय शिक्षा क्षेत्रमा योगदान पुराउनु हुने शिक्षकहरुलाई सम्मान गरिनेछ । 

- खुल्ला तथा वैकल्पिक विद्यालयहरु मार्फत विद्याल वाहिर रहेका विद्याल जाने उमेरका सबै वालवालिकाहरुलाई शिक्षाको दायरामा ल्याई निरन्तर रुपमा शिक्षा हासिल गर्ने सुनिश्चितता गरिनेछ । भने विद्यालय छाड्ने दर न्युन गरिनेछ । 

आदरणिय सभाध्यक्षज्यु,

१८. स्वास्थ्य सेवामा जनताको पहुँच ः

- कुनै पनि जनताले आर्थिक अभावमा आधारभुत स्वास्थ्य उपचारबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्न आगामी ३ वर्ष भित्र पाँचपोखरी थाङपाल वासी स्वास्थ्य विमा गर्ने योजना बनाईनेछ । 

- प्राकृतिक चिकित्सालाई वैकल्पिक उपचार विधिको रुपमा विकस गरिनेछ । योगलाई सबै जनताको जिवनचर्याको अभिन्न अंग वनाउने अभियान सुरु गरिनेछ । 

- “रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम” भन्ने नारा सहित विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी चेतना जगाउने मुख्य पात्रको रुपमा स्थापित गर्दै विभिन्न विद्यालय मार्फत यस अभियानलाई अगाडी बढाईने छ र यो गैरसरकारी संस्थाहरुको साझेदारीमा हुनेछ । 

- महिला स्वास्थ्य स्वयम सेविकाहरुको सामाजिक योगदानको कदर गर्दै उनीहरुलाई विषेश प्रोत्साहनको व्यवस्था गरिनुको साथै उनीहरुले गर्ने स्वास्थ्य कार्यलाई प्रभावकारी बनाउन प्राथामिक उपचार सामाग्रीको व्यवस्था मिलाईनेछ । 

- स्वास्थ्य क्षेत्रमा आवश्यता अनुसार केही रकम विनियोजन गरेकोछु । 

- सबै वडाहरुमा वर्थिङ सेन्टर निमार्ण योजना बनाएको छु ।

- दिर्घ रोगीहरुको सहयोगका लागि आवश्यक व्यवस्था गरिनेछ । 

- प्रत्यक वडाहरुमा महिलाको आङ खस्ने समस्या, परिवार नियोजन, क्षयरोग जस्ता स्वास्थ्य समस्याको स्क्रिनिङ तथा स्वास्थ्य शिविरको व्यवस्था गरिनेछ ।

- आवश्यकताको आधारमा गाउँघर क्लिनिक संचालनको लागी भवन निमार्णलाई व्यवस्थापन गरिनेछ । 

१९. खानेपानी सरसफाई तथा वातावरण ः

- आगामी २ वर्ष भित्र सबै वडाहरुलाई आधारभुत खानेपानी र सरसफाई सेवा उपलब्ध गराईनेछ । 

- केही वडाहरुमा र वजार क्षेत्रहरुमा उपभोक्तसँगको लागत साझेदारीमा कार्यन्वयन भई रहेका खानेपानी तथा सरसफाई आयोजनाहरुलाई निरन्तरता दिईनेछ । 

- खानेपानी सुरक्षा योजना लागु गरी शुदृढीकरण प्रणाली सहितका खानेपानी गुणस्तर सुधार आयोजनाहरु संस्थागत गरिनेछ । 

- खानेपानीको स्रोतको पहिचाहन र संरक्षण गरी हरेक वडाहरुमा एक घर एक धारा निमार्ण गर्ने लक्ष्य लिएकोछ । 

- धुँवामुक्त गाउँ पालिका निमार्ण अभियान तिव्र बनाईनेछ । त्यसका लागी सुधारिएको चुलो कार्यक्रम तत्काल अघी बढाईनेछ । 

- जलवायु परिर्वतनबाट पर्नसक्ने प्रतिकुल असरहरुलाई न्युनिकरण गर्ने कार्यक्रम अघि बढाईनेछ । 

- प्रत्यक वडाहरुमा ५ वर्षभित्र एक एक वडा सुविधा सम्पन्न सार्वजनिक भवन (पाहुना घर) निमार्ण गरिनेछ । 

- प्राकृतिक विपत् व्यवस्थापनलाई समेत बजेट विनियोजन गरिनेछ । 

- भुक्ष्य तथा वाडी पहिरो रोगथामका लागी आवश्यक पुर्व तयारी गरिनेछ । 

२०. युवा तथा खेलकुद ः

- आगामी ५ वर्षभित्र सबै वडाहरुमा नयाँ खेल मैदान निमार्ण गरिनेछ । 

- विद्यालयस्तर देखि नै योजनावद्ध रुपमा खेलाडीहरुको उत्पादन र विकास सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा गाउँपालिका स्तरको रनिङसिल्ड प्रतियोगिताको आयोजना गरिनेछ ।

- युवाहरुलाई उद्यमशिल बनाई रोजगारी र आय आर्जनका अवसरहरु सृजना गर्ने उद्देश्यले सबै वडाहरुमा नमुना कार्यक्रम संचालन गर्न केही बजेट व्यवस्थापन गरिएकोछ । 

- राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने खेलाडीहरुलाई पुरस्कृती गरिनेछ । 

- खेलकुद क्षेत्रमा योगदान दिनु हुने सम्पुर्ण अग्ज खेलाडीहरुलाई सम्मान गर्न केही रकम विनियनेजन गरिएकोछ । 

२१. सूचना तथा संचार, प्रविधी र विधुत, ः

- सामुदायिक सूचनाका लागी ँः रेडियोको स्थापना गरिनेछ ।

- मोवाईल नेटवर्क नटिप्ने टोल वस्तीहरुमा अभिलम्ब सेवा उपलब्ध गराउन विभिन्न टेलिकम कम्पनीहरु सँग छलफल अघी बढाईनेछ । 

- सम्पुर्ण सरकारी कार्यालय, विद्यालय लगाएतका ठाउँहरुमा इन्टरनेट सेवा संचालन गरिनेछ ।

- जनताहरुको राय र सुझाबका लागी विभिन्न ठाउँहरुमा पत्रमञ्जुषा राखिनेछ । 

- गाउँपालिकालाई अँध्यारोमुक्त क्षेत्र घोषणा गर्ने योजना बनाएको छु ।

- यस गाउँपालिकामा रहेका सबै काठेपोल विस्थापन गरी फलामे पोल स्थापित गरिनेछ । 

- गाउँपालिकाका मुख्य सडकहरुमा सौर्यवत्तिको व्यवस्था गरिनेछ । 

- विधुत नपुगेका टोल वस्तीहरुमा १ वर्ष भित्र विधुत पुराउने र राष्ट्रिय प्रशारण लाइन नजोडिएका टोल वस्तीहरुमा आगामी ३ वर्ष भित्र जोड्ने 

२२. लक्षित वर्ग ः

- महिलाहरुको व्यवसायिक क्षामता विकासको लागी सीप विकास र अभिमुखीकरण सम्बन्धी तालिम संचालन गरिनेछ । 

- जेष्ठ नागरिकहरुको जिवनलाई सहज र सृजनशिल बनाउन, जेष्ठ नागरिक मञ्च निमार्ण गरिनेछ । भने सत् संगत तथा हेरचाह केन्द्र बनाईनेछ । 

- विभिन्न संघ संस्थाका कार्यालयहरु अपाङ्गमैत्री बनाईनेछ । 

- वालवालिका हेरचाह केन्द्र तथा चिल्ड्रेन पार्क निमार्ण गरिनेछ ।

- जेहेन्दार तथा असाहय वालवालिकाहरुको लागी छात्रवृतीका लागी अक्षय कोषको स्थापना गरिनेछ । 

- अन्य लक्षित वर्गहरुको गाउँपालिका स्तरमा आवश्यकता अनुसार आय आर्जन क्षामता विकास र सृर्जनशिलताका लागी केही बजेट विनियोजन गरिएकोछ । 

- ५ वर्ष भित्र छुवाछुत तथा विभेद मुक्त क्षेत्रको रुपमा विस्तार गर्ने उद्देश्य लिएकोछ । 

२३. बैंक तथा वित्तिय क्षेत्र ः

- गाउँपालिकाको केन्द्रमा क श्रेणीको कुनै बाणिज्य बैंकको शाखा कार्यालय स्थापना । 

- सामाजिक तथा आर्थिक रुपले पछी परेका वर्गलाई सहकारी खेती तर्फ प्रोत्साहित गरिने छ र दलितहरुको परम्परागत पेशालाई व्यवसायिक सहकारीमा संगठित गरी आधुनिक व्यवसायमा रुपान्तण तथा प्रवद्धन गर्न सहकारी मार्फत प्रोत्साहन गरिनेछ । 

- जनताहरुलाई गाई, भैसी, बाख्रा, भेडा, च्याङग्रा, चौरी तथा कुखुरा किन्न सहकारी मार्फत ऋणको व्यवस्था मिलाईनेछ । 

- सहकारी मार्फत मसला, चिया, कफी, अलेची, अदुवा, जडिबुटी, फलफुल तरकारी माछा, मासु, मह र दुध जस्ता कृषि प्रशोधन तथा सामुहिक खेतीका लागी मापदण्डको आधारमा अनुदान दिईनेछ । 

- गाउँपालिका स्तरीय साना किसान सहकारी गठन गरी संचालनमा ल्याईने 

- पशुपंक्षी विमाको व्यवस्था गर्ने लक्ष्य लिएको छ । 

२४. सार्वजनिक सेवा तथा भ्रष्टाचार नियन्त्रण ः

- सार्वजनिक प्रशासनलाई सक्षम, संवेदनशिल, जिम्मेवार, विकास मैत्री र परिर्वतनको संवाहकको रुपमा सेवा गर्न सक्षम संस्थाको रुपमा विकास गरिनेछ ।

- कर्मचारीहरुको कार्यसम्पादन मुल्याङनको आधारमा बढी काम बढी सुविधा कार्यक्रम अन्र्तगत पुरस्कारको व्यवस्था गरिनेछ भने आफ्नो पदीय जिम्मेवारी वहन नगर्ने कर्मचारीलाई दण्डसजायको व्यवस्था गरिनेछ ।

- गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण निकायहरुलाई आफुले प्रदान गरिने सेवाका लागी उत्तरदायी हुनु पर्ने प्रणालीको विकास गरिनेछ । क्षमता, विकास र स्रोत साधनले सम्पन्न गरी सेवा प्रवाह गर्ने निकायहरुको प्रभावकारीता अभिवृद्धी गरिनेछ । भ्रष्टचारमुक्त सदाचारयुक्त र अनुशासित सार्वजनिक सेवाको विकासमा जोड दिइनेछ ।

- जननिर्वाचित प्रतिनीधिहरुलाई समय समयमा सुशासन सम्बन्धी अभिमुखीकरण तालिम दिइनेछ । 

- यस गाउँपालिका भित्र हुने सबै खाले आर्थिक विकास तथा अन्य सामाजिक कार्यक्रमहरु समेत बास्केट प्रणालीको रुपमा गाउँपालिका मार्फत गराईनेछ । 

- सबै वडाहरुमा प्रहरी कार्यालय स्थापनाको लागी जोड् दिईनेछ ।

- गाँउपालिकाद्धारा संचालन हुने योजना तथा कार्यक्रमहरुको प्रभावकारीता बढाउन सम्बन्धीत चालु आ.व.को वैसाख मसान्तभित्र कार्य सम्पन्न गरी भुक्तानी लगी सक्नु पर्नेछ । 

- सार्वजनिक सुनुवाई कार्यक्रम वार्षिक रुपमा अनिवार्य गरिनेछ । 

- आवश्यकताको आधारमा गाउँ पालिका भित्र रहेका सम्पुर्ण कर्मचारीहरुलाई करार थप गरिनेछ । 

- मेललिाप केन्द्रलाई बलियो बनाइनेछ ।

आदरणिय सभाध्यक्षज्यु,

२५. गैरसरकारी संघ–संस्था

- गाउँपालीका भित्र रहेका सम्पुर्ण गैरसरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई स्वागत तथा सम्मानका साथ गाउँपालिकाको अनफ्नो कार्य नीति सँग सम्बन्धीत भई साझेदारी उद्देश्यलाई प्रभावकारी बनाईने नीति अबलम्बन गरीएकोछ । 

- गाँउपालिकाद्धारा संचालित कार्यक्रमको प्रभावकारीता बढाउन परिक्षणको रुपमा म्ब्ब्ीीँँक्ष्ल्(त्च्ब्ब्ब्ब्एएए त्जभयचथ लाई प्राथामिकता दिईनेछ । 

२६. पुर्ननिर्माण ः

- जन अपेक्षा अनुरुप भुकम्प पछीको पुर्ननिमार्णलाई तिव्रता दिईनेछ । निर्धारित समय भित्रै पुर्ननिमार्ण र पुर्नस्थापनाका कार्यहरु सम्मपन्न गरिने विश्वास दिलाउन चाहन्छु । यसका लागी स्रोत र साधनको अभाव नहुने व्यवस्था मिलाउने लक्ष्य लिएकोछु ।

- लाभग्राही सर्वेक्षणबाट पहिचाहन हुने सबै भुकम्प पिडित घरधनीहरुलाई किस्ता वन्दीमा उपलब्ध गराउने घोषणा गरिएको अनुदान रकम सरल तरीकाले उपलब्ध गराउने व्यवस्था मिलाउनेछु ।

- पुर्ननिमार्णलाई नवनिमार्ण सँग आवद्ध गरिनेछ । नयाँ निमार्ण हुने सार्वजनिक संरचनाहरु गुम्बा मठ, मन्दीरहरुलाई भुकम्प प्रतिरोधी बनाईनेछ । जनताका घर निमार्ण गरीने संरचनाहरुलाई पनी भुकम्प प्रतिरोधी बनाउन प्रोत्साहन गरिनेछ । 

- आगामी ३ वर्षभित्र शिक्षा स्वास्थ्य सँग सम्बन्धी संरचनाहरु र ५ वर्ष भित्र सम्पुर्ण पुर्वाधारहरुको पुर्ननिमार्ण तथा पुर्नस्थापनाको कार्य सम्मपन्न गरिनेछ । 

- पुर्ननिमार्ण भईरहेका वस्तीहरमा एकिकृत सेवा प्रवाहको व्यवस्था मिलाईनेछ । ती वस्तीहरुमा सडक, खानेपानी, विजुली सरसफाई विद्यालय, स्वस्थ्य केन्द्र लगाएतको पुर्वाधारको एकिकृत विकास गरिनेछ । 

- गुनासो फर्म भरेका वास्तविक भुकम्प पिडितहरुलाई पुन सर्वेक्षण गरी अनुदान उपलब्ध गराउन यथाशिघ्र पहल गरिनेछ । 

- भुकम्प पिडितहरुको घरको पुर्ननिमार्णमा सरकारबाट घोषणा गरिएको सहुलिएत ऋणको लागी पहल गरिनेछ । 

२७. भुमि सुधार ः

- गाउँपालिका भित्र रहेको सार्वजनिक जग्गाहरुको खोजी तथा किटान गरी संरक्षण गरिनेछ । 

- गाउँपालिका भित्र रहेका सम्पुर्ण गुठी जग्गाहरुलाई रैकरमा रुपान्तरण गरिने उदेश्य लिइएको छु । 

- छुट दर्तालाई अभिलम्ब कार्यन्वयनमा ल्याउन पहल गरिनेछ । 

२८. बजेट कार्यन्वयनको सम्बन्धमा ः

- राजस्व नीतिका उद्देश्यहरु 

क) लगानी मैत्री कर नीतिको माध्यमबाट आर्थिक समृद्धीको जग बसाल्ने

ख) आर्थिक क्रियाकलाप मैत्रीकर प्रणालीको कार्यन्वयनबाट अर्थतन्त्रलाई गतिशिल बनाउने

ग) व्यापार सहजजिकरण संस्थागत क्षामता अभिवृद्धी र प्रक्रियागत सुधार गरी स्वेच्छिक कर परिचालनमा वृद्धी गर्ने 

- विधुतीय व्यापारीहरुलाई गाउँपालिकाका ेकरको दायराभित्र ल्याउन जोड् दिईने

- आय आर्जन र व्यवसाय गर्ने सबैलाई स्थायी लेखा नम्बर प्रदान गरी कर दातालाई करको दायरामा ल्याउने

- साना तथा मझौला करदाताहरुलाई करको भार कम गरी स्वेच्छिक कर सहभागिता वृद्धी गर्न प्रोत्साहन गर्ने

- करको दायरा विस्तार र कारोवारको विल लिने दिने अनिवार्य गर्ने ।

- सेवाप्रवाहलाई सुरक्षित एवं भरपर्दाे बनाउन विधुतिय कर प्रणालीको विकास गरिनेछ ।

- गाउँपालिकाले जनताको माध्ययमबाट वित्तिय अपराध तथा राजस्व चुहावट नियन्त्रणका लागी सूचना संकलन गर्ने

ड्ड सबै भन्दा बढी कर तथा राजस्व वृद्धी गर्ने वडालाई प्रोत्साहन गरिनेछ । 

सभाध्यक्ष महोदय,

यो नीति कार्यक्रम तथा बजेट कार्यन्वयनबाट हाम्रो गाउँपालिका सामाजिक विकास सँगै समृद्धीको नयाँ चरणमा प्रवेश गर्नेछ र आम पाँचपोखरी थाङपाल वासी सुखी समृद्ध र खुशी हुने विश्वास लिएको छु । 

यो बजेट तर्जुमा गर्दा मार्ग निर्देशन प्रदान गर्नु हुने माननिय व्यवस्थापिका संसदका सदस्यज्यु, आदारणिय गाउँपालिका अध्यक्षज्यु, वडा अध्यक्ष तथा सदस्यज्युहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु, गैर सरकारी संस्थाका प्रतिनीधिहरु, अर्थविद्, विषय विज्ञ, वुद्धीजिबी, नागरीक समाजहरु प्रति आभार व्यक्त गर्न चाहन्छु । साथै आम पाँचपोखरी थाङपाल वासी दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु , 

अन्त्यमा सबै कर दाताहरु गैर सरकारी, सामुदायिक, सहकारी संस्थाहरु तथा पाँचपोखरी थाङपाल वासी दिदीबहिनी दाजुभाईलाई यस अवसरमा हार्दिक आभार प्रकट गर्दै यो गाउँपालिकाको प्रथम बजेटको सफल कार्यन्वयनमा समेत सबै पुर्ण सहयोग पाउँने विश्वास लिएको छु । 

धन्यवाद्

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More