सहकर्मी महिला पत्रकार आस्था नेपालीमाथि प्रहरीद्वारा दुर्व्यवहार (भिडियो सहित)

  • आश तमु, पोखरा ।
पोखरामा महिला पत्रकार आस्था नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङमा जाँदा सञ्चारकेन्द्र डटकमकी पोखरा संवाददाता नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । 

इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित सञ्चार केन्द्र डटकमकी संवाददाता आस्था सञ्चारकर्मीसंग कुरा गर्दै प्रहरीले आफ्नो क्यामेरा खोसी अपशव्द समेत प्रयोग गरेको बताइन ।

टेण्डर प्रकिया खारेजीको माग गर्दै ३७ औ दिनसम्म आन्दोलनमा रहेका व्यापारीहरु र प्रहरी वीच भनाभन भइरहेको तस्बिर र भिडियो लिईरहेकी पत्रकार आस्था नेपालीमाथि वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले दुर्व्यवहार गरेका हुन् । 

निरीक्षक शर्माले आस्थाको क्यामेरा खोस्न खोजेका थिए । सस्तो बजारमा चोरी डकैती गरेर भाग्दै गरेका एक युवालाई व्यापारीहरुले आफ्नो नियन्त्रणमा लिन खोज्दा प्रहरीले आफ्नो भ्यानमा हाली लैजादै गरेको भिडियो खिच्दा हात-पात भएको आस्थाले बताइन् ।

पत्रकार नेपालीले आफु पत्रकार हो भनी कार्ड देखाउदा पनि प्रहरीले 'त पत्रकार हो वा होइन मलाई के थाहा' भन्दै हातपात गरेका थिए। 

निरीक्षक बसन्त शर्मा गृहमन्त्री जनादर्न शर्माका भतिज भएको बुझिएको छ। शर्मा पोखरा आए लगतै स्थानीयहरुले निरीक्षकको बोली चाली र व्यवहार राम्रो नभएको गुनासो गर्न थालेका छन्।


इमान्दार मिडियाले जनायो कडा आपत्ती

यसतै इमान्दार मिडिया प्रा.लि काठमाडौँद्वारा सञ्चालित अनलाइ समाचार पोर्टल सञ्चार केन्द्र डटकमकि पोखरा संवाददाता आस्था नेपालीमाथि शनिबार पोखरामा प्रहरीले गरेको दुर्व्यवहारप्रति प्रालिका अध्यक्ष कमल बुढाले कडा आपत्ती जनाएका छन् ।

उनले भनेका छन् स्वतन्त्र प्रेसमाथिको यस प्रकारको हमलाले गणतान्त्रिक सरकारको चरित्र उदांगीएको छ । हामी यस्ता क्रियाकलाप तुरुन्त रोक्न माग गर्दछौ ।

राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई यसरी प्रहरीले निशाना बनाइनु निकै निकृष्ट र फासिवादी शैली भएको भन्दै बुढाले प्रहरीको यस प्रकारको रबैयाले स्वतन्त्र प्रेसको घाटी निमोठ्न खोजेको महसुस भएको बताएका छन्।

त्यस्तै प्रा.लि.की सञ्चालक तथा अनलाइन पोर्टलकी सम्पादक दिया चन्दले पनि घटनाको निन्दा एबंम घोर भत्सना गरेकी छन् ।

क्रान्तिकारी पत्रकार संगठनको आपत्ति 

सञ्चार केन्द्र डटकमकि पत्रकार आस्था नेपालीमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहारको क्रान्तिकारी पत्रकार सङगठनले आपत्ति जनाएको छ ।

संगठनका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरीका प्रमुख ओम हमालले उक्त घटनाको घोर निन्दा गरेका छन् । 

हामीसंग कुरा गर्दै आफ्नो संगठनकी सदस्य समेत रहेकी पत्रकार आस्था नेपालीमाथि भएको दुर्व्यवहार प्रती क्रान्तिकारी पत्रकार सङगठनले कडा आपत्ति जनाएको हमालले बताए।

भिडियो

२०७४ साउन २१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More