
- आश तमु, पोखरा ।
पोखरामा महिला पत्रकार आस्था नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङमा जाँदा सञ्चारकेन्द्र डटकमकी पोखरा संवाददाता नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित सञ्चार केन्द्र डटकमकी संवाददाता आस्था सञ्चारकर्मीसंग कुरा गर्दै प्रहरीले आफ्नो क्यामेरा खोसी अपशव्द समेत प्रयोग गरेको बताइन ।
टेण्डर प्रकिया खारेजीको माग गर्दै ३७ औ दिनसम्म आन्दोलनमा रहेका व्यापारीहरु र प्रहरी वीच भनाभन भइरहेको तस्बिर र भिडियो लिईरहेकी पत्रकार आस्था नेपालीमाथि वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले दुर्व्यवहार गरेका हुन् ।
निरीक्षक शर्माले आस्थाको क्यामेरा खोस्न खोजेका थिए । सस्तो बजारमा चोरी डकैती गरेर भाग्दै गरेका एक युवालाई व्यापारीहरुले आफ्नो नियन्त्रणमा लिन खोज्दा प्रहरीले आफ्नो भ्यानमा हाली लैजादै गरेको भिडियो खिच्दा हात-पात भएको आस्थाले बताइन् ।
पत्रकार नेपालीले आफु पत्रकार हो भनी कार्ड देखाउदा पनि प्रहरीले 'त पत्रकार हो वा होइन मलाई के थाहा' भन्दै हातपात गरेका थिए।
निरीक्षक बसन्त शर्मा गृहमन्त्री जनादर्न शर्माका भतिज भएको बुझिएको छ। शर्मा पोखरा आए लगतै स्थानीयहरुले निरीक्षकको बोली चाली र व्यवहार राम्रो नभएको गुनासो गर्न थालेका छन्।
इमान्दार मिडियाले जनायो कडा आपत्ती
यसतै इमान्दार मिडिया प्रा.लि काठमाडौँद्वारा सञ्चालित अनलाइ समाचार पोर्टल सञ्चार केन्द्र डटकमकि पोखरा संवाददाता आस्था नेपालीमाथि शनिबार पोखरामा प्रहरीले गरेको दुर्व्यवहारप्रति प्रालिका अध्यक्ष कमल बुढाले कडा आपत्ती जनाएका छन् ।
उनले भनेका छन् स्वतन्त्र प्रेसमाथिको यस प्रकारको हमलाले गणतान्त्रिक सरकारको चरित्र उदांगीएको छ । हामी यस्ता क्रियाकलाप तुरुन्त रोक्न माग गर्दछौ ।
राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई यसरी प्रहरीले निशाना बनाइनु निकै निकृष्ट र फासिवादी शैली भएको भन्दै बुढाले प्रहरीको यस प्रकारको रबैयाले स्वतन्त्र प्रेसको घाटी निमोठ्न खोजेको महसुस भएको बताएका छन्।
त्यस्तै प्रा.लि.की सञ्चालक तथा अनलाइन पोर्टलकी सम्पादक दिया चन्दले पनि घटनाको निन्दा एबंम घोर भत्सना गरेकी छन् ।
क्रान्तिकारी पत्रकार संगठनको आपत्ति
सञ्चार केन्द्र डटकमकि पत्रकार आस्था नेपालीमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहारको क्रान्तिकारी पत्रकार सङगठनले आपत्ति जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरीका प्रमुख ओम हमालले उक्त घटनाको घोर निन्दा गरेका छन् ।
हामीसंग कुरा गर्दै आफ्नो संगठनकी सदस्य समेत रहेकी पत्रकार आस्था नेपालीमाथि भएको दुर्व्यवहार प्रती क्रान्तिकारी पत्रकार सङगठनले कडा आपत्ति जनाएको हमालले बताए।
भिडियो
२०७४ साउन २१ गते प्रकाशित
भिडियो
२०७४ साउन २१ गते प्रकाशित

- काठमाडौँ ।
गत बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचन मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार कपिलवस्तुका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
बुधबार बिहान मत सार्बजनिक परिणाममाअनुसार कपिलवस्तुका कपिलवस्तु र वाणगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
कपिलवस्तुको मेयरमा नेपाली कांग्रेसका किरणसिंह स्वतन्त्र उम्मेदवार रामदास गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी लक्ष्मी कसौधन विजयी भएकी छन्।
वाणगंगा नगरपालिकामा एमाले उम्मेदवार विमला घिमिरेलाई पराजित गर्दै कांग्रेसका मंगलप्रसाद थारु मेयरमा विजयी भएका छन्। उपमेयरमा भने एमालेका चक्र अर्याल विजयी भएका छन्।
२०७४ असार २१ गते प्रकाशित

- काठमाडौं ।
दोश्रो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सम्पन्न भएको ३३४ स्थानीय तहमा भएको निर्वाचनमध्ये अहिलेसम्म २९२ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ ।
बाकी रहेको ४२ स्थानीय तहको मतगणना जारी रहेकाले नतिजा आउन बाँकी रहेको ४२ स्थानमध्ये एमालेले २६ स्थानमा अग्रता कायम राखेको छ भने नेपाली काँग्रेसले ९ तथा नेकपा माओवादी केन्द्रको दुई स्थानमा अग्रता छ ।
यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता लिएका छन् भने संघीय समाजवादी फोरम र राप्रपाको एक एक स्थानमा अग्रता छ ।
हेर्नुहोस् मतगणना जारी रहेको स्थानमा को अगाडि ?
कञ्चनपुर
१.कृष्णपुर नगरपालिकामा एमालेका कर्णबहादुर थापाको अग्रता
२.पुनर्वास नगरपालिकामा एमालेका जीवनराम थापाको अग्रता
३.बेलौरी नगरपालिकामा एमालेका पल्लवराज भट्टको अग्रता
४.भीमदत्तनगर नगरपालिका काँग्रेसका पदम बोगटीको अग्रता
कैलाली
५.घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रका लक्ष्मण चौधरीको अग्रता
६.धनगढी उपमहानगरपालिकामा स्वतन्त्र गोपाल हमालको अग्रता
७.लुम्की चुहा नगरपालिका एमालेका महादेव बजगाईँको अग्रता
कपिलवस्तु
८.कपिलवस्तु नगरपालिकामा काँग्रेसका किरण सिंहको अग्रता
९. वाणगंगा नगरपालिकामा काँग्रेसका मंगलप्रसाद थारुको अग्रता
१०. बुद्धभूमिनगरपालिकामा एमालेका रुपेशकुमार श्रेष्ठको अग्रता
११. महाराजगञ्ज नगरपालिकामा काँग्रेसका अब्दुल कलाम खाँको अग्रता
दाङ
१२. तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डेको अग्रता
बाँके
१३. कोहलपुर नगरपालिकामा एमालेका लुटबहादुर रावतको अग्रता
१४. खजुरा गाउँपालिकामा एमालेका किस्मत कक्षपतिको अग्रता
रुपन्देही
१५. बुटवल उपमहानगरपालिकामा एमालेका शिवप्रसाद सुवेदीको अग्रता
१६. लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र मनमोहन चौधरीको अग्रता
१७. सिद्धार्थ नगरपालिकामा एमालेका हरि अधिकारीको अग्रता
१८.कोटहीमाई गाउँपालिकामा स्वतन्त्र बालकृष्ण तिवारीको अग्रता
१९.सियारी गाउँपालिकामा एमालेका सियारी चौधरीको अग्रता
झापा
२०. विर्तामोड नगरपालिकामा एमालेका ध्रुव शिवाकोटीको अग्रता
२१. मेची नगरपालिकामा एमालेका विष्णु प्रसाईँको अग्रता
२२. अर्जुनधारा नगरपालिकामा एमालेका हरि रानाको अग्रता
२३.भद्रपुर नगरपालिकामा एमालका जीवन श्रेष्ठको अग्रता
२४. दमक नगरपालिकामा एमालेका रोमनाथ ओलीको अग्रता
२५.शिबसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शेर्माको अग्रता
२६. गौरादह नगरपालिकामा एमालेका मदन अधिकारीको अग्रता
२७. गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठको अग्रता
२८. बुद्धशान्ति गाउँपालिकामा एमालेका चिन्तन पाठकको अग्रता
मोरङ
२९. विराटनगर महानगरपालिका काँग्रेसका भीम पराजुलीको अग्रता
३०. पथरी शनिश्चरे नगरपालिकामा एमालेका दीलिपकुमार राईको अग्रता
३१. रंगेली नगरपालिकामा माओवादी केन्द्रका दीलिपकुमार अग्रवालको अग्रता
३२. बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदीको अग्रता
३३. सोनवर्षी नगरपालिकामामा काँग्रेसका कालीप्रसाद दासको अग्रता
३४. उर्लाबारी नगरपालिकामा काँग्रेसका खंगबहादुर फागोको अग्रता
३५. धनपालथान गाउँपालिकामा एमालेका मुसहरु मण्डलको अग्रता
३६. जहदा गाउँपलिकामा संघीय समाजवादी फोरमका कैलाशप्रसाद मण्डलको अग्रता
सुनसरी
३७ इटहरी उपमहानगरपालिकामा एमालेका द्वरिकालाल चौधरीको अग्रता
३८. धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बाको अग्रता
३९. बराह नगरपालिकामा एमालेका निलम खनालको अग्रता
४०. कोशी गाउँपालिकामा काँग्रेसका ऐयुब अन्सारीको अग्रता
उदयपुर
४१. त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरीको अग्रता
४२. बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्कीको अग्रता

- काठमाडौं ।
रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ ।
मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।
२०७४ असार १४ गते प्रकाशित

- इटहरी ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत एमाले नेता सुवासचन्द्र नेम्बाङले विहानै मतदान गरेका छन् । उनले इलामको बालमन्दिर केन्द्रमा मतदान गरेका हुन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ्ग इलामको बाल्मन्दिर केन्द्रमा मतदान गरेका छन्। उता सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् ।
२०७४ असार १४ गते प्रकाशित

- काठमाडौँ ।
सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित विगतमा जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहका ३ जनालाई सिआइबीले पक्राउ गरेको हो ।
विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ ।
सञ्चार सेट र पेस्तोल समेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए ।
एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।
नाटकीय शैलीमा यसरी गर्थे अपहरण
सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए ।
आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु¥याइन् ।
फ्ल्याटमा पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए ।
दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी कुटपिट गरेका थिए । पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए ।
जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए ।
त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् ।
त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् ।
युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ
प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन्। उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् ।
शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् ।
तत्कालै पेस्तोल र हत्कडी बोेकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे ।
उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।
२०७४ असार ३ गते प्रकाशित

- सोलुखुम्बु ।
स्थानीय तह निर्वाचन नजिकै जाँदा पुर्बी नेपालमा एमाले भित्र विवाद बढ्दै गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका एमालेमा बागी उम्मेदवार उठेपछि विवाद बाहिर आएको हो ।
एमाले सोलुखुम्बुका पुराना बामपंथी नेता लोचनकुमार शर्मा कटेलले नेचासल्यान गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् ।
नेकपा एमाले सोलुखुम्बुको संस्थापक नेता समेत रहेका शर्मा नेचासल्यान गाउँपालिकामा जनताले पत्याएका पुराना नेताभित्र पर्छन ।
एमाले सोलुखुम्बुले पार्टी उपाध्यक्ष डुफकुमार बास्तोलालाई गाउँ पालिका अध्यक्षको उम्मेद्वारी घोषणा गरेपछि विवाद बढेको हो ।
एमाले नेता रविन्द्र अधिकारीको उपस्थितिमा उम्मेदवार चयन गरिएपछी पार्टीले निरंकुशता लादेको भन्दै शर्मा रुष्ट बनेका थिए ।
तल्लो तहको सुझाब र जनभावना विपरीत पार्टीले निर्णय गरेको भन्दै शर्माले सोमबार नेचाबिहिबारे बजारमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका छन् ।
२०७४ जेठ २९ गते प्रकाशित
२०७४ जेठ २९ गते प्रकाशित

- काठमाडौँ ।
मध्यराति सुतिरहेको अवस्थामा सामाना साँस्कृतिक टोलीका ८ जना कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आइतबार लाजिम्पाटस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामामा सामनाका आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरि, राजन, दिवाकर, राम, प्रभात र राहुललाई प्रहरीले गिरप्तार गरेको हो ।
जनसाँस्कृतिक महासंघले आफ्नो मातहतमा रहेको सामानाका ८ जनलाई प्रहरीले बिना कारण सुतिरहेको अवस्थामा गिरफ्तार गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै जनसाँस्कृतिक महासंघका नेता खेम थपलियाले सामनाका ८ जनालाई सुतिरहेकै अबस्थामा मध्यराति गिरप्तार गरी प्रहरीले मानव अधिकारको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।
यता प्रहरीले भने कलाकारहरुलाई किन गिरपतार गरियो भन्ने बारेमा कुनै अधिकारिक जानकारी दिएको छैन ।
जनसाँस्कृतिक महासंघले आफ्नो मातहतमा रहेको सामानाका ८ जनलाई प्रहरीले बिना कारण सुतिरहेको अवस्थामा गिरफ्तार गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै जनसाँस्कृतिक महासंघका नेता खेम थपलियाले सामनाका ८ जनालाई सुतिरहेकै अबस्थामा मध्यराति गिरप्तार गरी प्रहरीले मानव अधिकारको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।
यता प्रहरीले भने कलाकारहरुलाई किन गिरपतार गरियो भन्ने बारेमा कुनै अधिकारिक जानकारी दिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जन साँस्कृति महासंघ अन्तरगत सामना परिवारको टोली लाजिम्पाटस्थित एक घरमा सामुहिकरुपमा बस्दै आएको थियो ।

- सर्लाही।
सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनताले आइतबार संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् ।
संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पुनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेका हुन् ।
सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए।
मधुवन गोटको खडक खण्डमा जनताले गाडी तेर्साएर, काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थिए।
गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थिए ।
प्रहरी स्कटिङमा यादव सभा स्थल पुगेपछि स्थानियहरुले कालो झण्डा लिएर सभामा प्रवेश गर्दा दोहरो झडप भएको थियो । सभा स्थलमा केही बेर दोहोरो ढुङ्गा हाना हान समेत भएको थियो ।
प्रदर्शनकारीहरूले माईक लगाएर अध्यक्ष यादवको बिरोध गर्नुका साथै यादवको कार्यक्रममा लगाएको माईकको तार काटिदिएपछि कार्यक्रम केही बेर अवरोध भएको थियो ।
झडप भएलगतै प्रहरीले बिरोध गरिरहेका प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।
कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् ।
आक्रमणबाट गाडीको सिशाहरु फुटेका छन्। कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका छन्।
प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।
२०७४ जेठ २८ गते प्रकाशित

- सोलुखुम्बु ।
ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनलाई जनसरकारको निर्वाचन भएको बताएका छन् ।
जनताका प्रतिनिधिले सरकार चलाउनुपर्छ भन्दा कांग्रेस एमालेले मानेनन्
सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुले जनयुद्धको समयमा सञ्चालन गर्न खोजेको जनसरकार पनी अहिले स्थानीय तह सरकार जस्तै भएको बताएका छन् ।
उनले भने ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो ।'
प्रचण्डले यो निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा नभएर जनताले जितेको बताएका छन् । 'गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् ।' उनले भने ।
आफ्नो सरकारले नमूनायोग्य काम गरेको दाबी
यस्तै प्रचण्डले चुनौतिपूर्ण समयमा बनेको आफ्न्नो नेतृत्वको सरकारले नमूनायोग्य काम गरेकोबताएका छन् । उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं ।'
आफु प्रधानमन्त्री नभएको भए देशमा यी ७ कुरा सम्भब थिएन
प्रचण्डले आफु प्रधानमन्त्री भएका कारण देशमा ७ वटा महत्वपूर्ण कुराहरु भएको बताएका छन्। उनले आफु प्रधानमन्त्री भएका कारण देशको राष्ट्रिय एकता जोगिएको बताएका छन्।
आफु प्रधानमन्त्री भएकै कारण नेपालमा फास्ट ट्रयाक बन्ने बाताबरण बनेको, भारत र चीनबीच सन्तुलित सम्बन्ध बनेको, १८ घण्टासम्मको लोडसेडिङ अन्त्यभएको, ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५%पुगेको, विकास आयोजनाहरुले तिब्रता पाएको, विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गरेको बताएका छन्।
यस्तै प्रचण्डले आफिहरुले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएको बताएका छन् । आफु प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों नराखेको बताएका छन् ।
प्रदेश र संघमा माओवादी पहिलो पार्टी बन्छ
प्रचण्डले अबको ध्यान पार्टी निर्माणमा दिने र प्रदेश तथा सङ्घको निर्वाचनसम्म माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेको बताएका छन्। उनले अरुले कुहेको पीठो बेचिरहेका र आफुले गुणस्तरीय चामल बेचिरहेको हुनाले जनताले माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने बताएका छन् ।
सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताए ।
जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कांग्रेस एमाले परित्याग गरी १ सय बढी माओवादीमा प्रवेश
यस्ती सोलुखुम्बुको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राई र एमालेबाट टेकबहादुर राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।

