
- हेटौडा ।
हेटौडा-काठमाडौं जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण भइरहेको कान्तिलोकमार्गमा मोतिदान कन्ट्रक्नसले जिल्लाकै नमुना पिच गर्न सुरु गरेको छ ।
देशका मुख्य राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन लोकमार्ग परेपनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आइरहेको थियो ।
हेटौडा–काठमाडौं जोड्ने कान्तिलोकमार्गको पहिलो पिच हेटौडाको चुच्चेखोलाबाट सुरु गरिएको छ । काठमाडौं जोड्ने मार्गको दोस्रो अन्तर्गत गर्ने चुच्चेखोलादेखि जितपुरभन्ज्याङसम्मको कूल १५.५ किमि खण्डमा मोतिदान कन्ट्रक्सनले काम गरिरहेको छ ।
सो कन्ट्रक्नसले अन्तर्राष्ट्रिय गुणस्तरको पिच गर्ने कार्य सुरु गरेको प्रबन्ध निर्देशक विकास गौतमले बताए । गौतमका अनुसार डिभिजन सडक कार्यालयका प्रतिनिधिहरुको रोहवरमा अन्तर्राष्ट्रियस्तरको पिच गरिएको छ।
उक्त सडकमा दोहोरो भारबाहक सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने बाक्लो पिच राखिएको छ । पिच गर्नको लागि आवश्यक अलकत्राको तापक्रम समेत व्यवस्थापन गरिएको गौतमले बताए ।
कम्पनीले पिचको गुणस्तर न्यून हुन नदिन कम्पनीको तर्फबाट समेत इन्जिनियर खटाएर काम गरिरहेको छ । उक्त सडक पिच गर्नको लागि २ ग्रेडर, २ लोलर ४ वाटर ट्याङ्क, २ ट्रीभेटर, १ वटा पेवर्क, १०० जना दक्ष जनशक्ति परिचालन गरिएको छ ।
डिभिजन सडक कार्यालयका इन्जिनियर रमेश कुमार पाण्डेले अनुगमन गरिरहेको आयोजना जतिसक्दो चाँडो सम्पन्न गर्न लक्ष्यसाथ अघि बढिरहेको गौतमले बताए ।
कामको गुणस्तरबारे स्थानीय समेत खुशी भएका छन् । हेटौँडा–६ उत्सव चौलागाईले बताए । सडक आयोजना निर्माणले मकवानपुरको दुर्गम क्षेत्रमा समेत औद्योगिकरणको सम्भावना अगाडि आएको भन्दै स्थानीयबासी समेत खुशी भएका छन् ।
२०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले काम गरिरहेका छन् ।
२०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौँडादेखि मकवानपुरगढीसम्म चालु आव ०७३÷०७४ मै कालोपत्रे गरिने योजना छ ।

- काठमाडौँ ।
त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।

- धनगढी ।
बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर निर्माणमा केही समस्या उत्पन्न भएको थियो । सो क्षेत्रमा बसोवास गराइएका १६ मुक्तकमैया परिवारलाई नजिककैको काटाँक्षे गाउँमा जग्गा खरिद गरी पुनःस्थापित गराइएछि मूलनहर निर्माणमा देखिएको समस्या समाधान भएको छ ।
मुक्तकमैयालाई प्रतिपरिवार दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मुक्तकमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूलनहरको रेखाङ्कन भएको, तथा निर्माणस्थलमा परेका रुख कटानीका लागि गर्नुपर्ने प्रक्रियामा भएको ढिलाइलगायत कारण आयोजना तोकिएको समय आव २०७३÷७४ मा निर्माण सम्पन्न गर्न ढिलाइ भएको सो आयोजनाका इन्जिनियर मनिस महर्जनले बताए । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको उक्त आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण पूरा गरेको छ ।
इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिनको अधिकांश काम पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहरलगायत काम भइरहेको छ । आव २०७४÷७५ को अन्त्यसम्ममा निर्माण पूरा भई नहरमार्फत् पानी दिने लक्ष्य रहेको इन्जिनियर महर्जनले बताए ।
सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम पूरा भएको छ । मूलनहर निर्माणको दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको रहेको छ ।
आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिपुर, नारायणपुर, मुनुवा गाविसको झन्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । नेपाल सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदान समेत गरी रु १२ अर्ब ६३ करोड २१ लाखको लागतमा सो आयोजना निर्माण भइरहेको हो
२०७४ जेठ १७ मा प्रकाशित ।

- तनहुँ ।
सरकारले तनहुँका चारवटा नगरपालिका तथा छवटा गाउँपालिकाका लागि रु तीन अर्ब ५९ करोड विनियोजन गरेको छ । सबैभन्दा बढी ब्यास नगरपालिकाका लागि रु ६३ करोड ४७ लाख ८६ हजार बजेट छुट्टयाएको छ ।
यस्तै भानु नगरपालिकामा रु ४९ करोड १४ लाख ५३ हजार, शुक्लागण्डकी नगरपालिकामा रु ४३ कारेड ६३ लाख ४२ हजार र भिमाद नगरपालिकामा रु ३८ करोड ९० लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिकाका लागि रु २४ करोड ६९ लाख ६३ हजार, ऋषिङ गाउँपालिकाका लागि रु ३७ करोड ६ लाख ९७ हजार, घिरिङ गाउँपालिकाका लागि रु २७ करोड ६९ लाख ९४ हजार, देवघाट गाउँपालिका लागि रु २४ करोड ८३ लाख ८८ हजार, बन्दीपुर गाउँपालिकाका लागि रु २५ करोड ४२ लाख ९६ हजार र म्याग्दे गाउँपालिकाका लागि रु २४ करोड ८३ लाख ८८ हजार विनियोजन गरिएको छ ।
२०७४ जेठ १७ मा प्रकाशित ।

- काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।
सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ।
यसका लागि सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ताबाट १५ अर्ब, बैदेशीक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने उल्लेख गरेको छ ।
यो बजेट ४ खर्ब ६१ अर्ब न्यून हुने भएको छ ।
यसमध्ये बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाइने भएको छ र बाँकी रकम चालु आवमा बचतमा रहेको नगद मौज्दातबाट जुटाइने उल्लेख छ ।
२०७४ जेठ १५ मा प्रकाशित

- काठमाडौं।
संबैधानिक व्यवस्था अनुसार आज सरकारले आर्थिक बर्ष ०७४/७५ को बजेट सार्वजनिक गर्दैछ ।
आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने बजेट झण्डै १३ खर्बको हुनेछ ।
योजना आयोगले १२ खर्व ६ अर्बको बजेट सिलिङ दिएपनि यस वर्षको बजेट त्यो भन्दा केही बढी हुने भएको हो । अर्थ मन्त्रालय श्रोतका अनुसार राष्ट्रिय गौरवका योजनालाई बजेट अभाव हुन नदिन बजेट विनियोजन गर्दा केही बढेको हो ।
ठूला जलविद्युत आयोजना, रणनीतिक सडक र विभिन्न राजमार्ग निर्माणका लागि प्रयाप्त बजेट छुट्याएकाले पनि बजेटको आकार बढेको अर्थमन्त्रालय उच्च श्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएपछि बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तराता दिएको बताइएको छ ।
बजेटमा स्थानीय तहलाई समेत प्राथमिकतामा राखिएको बुझिएको छ । सरकारले बजेट विनियोजना गर्दा प्रत्यक गाउँपालिकालाई ५ देखि ६० करोडसम्म र नगरपालिकालाई १५ करोड देखि २ अर्ब रुपैँयाँसम्म उपलव्ध गराइने व्यवसथा मिलाइएको छ ।
त्यस्तै यस वर्षको बजेटमा कर्मचारीको तलव नबढ्ने भएको छ । गत बर्ष २५ प्रतिशतले तलव बढेको थियो । त्यस्तै भूकम्पपछिको पुन:निर्माणमा यस बर्ष डेढ खर्व बजेट छुट्याइएको छ । पुन:निर्माणमा गत बर्ष एक खर्व ४० अर्व छुट्याएको थियो ।

- काठमाडौं।
सरकारले हुलाकी राजमार्गमा १० नयाँ सहर बनाउने भएको छ । मध्यपहाडी राजमार्गमा निर्माण भइरहेका सहर जस्तै हुलाकी मार्गमा पनि आधुनिक सहर निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयका अनुसार हुलाकी राजमार्गको ३ किमि दायाँ–बायाँ सहर बनाइने छ ।
जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल–जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानी सहर निर्माणको क्षेत्र छनोट गरेको सहरी विकास मन्त्रालय प्रवक्ता डा. रमेशप्रसाद सिंहले जानकारी दिए । १ हजार ७ सय ९२ किमि लामो हुलाकी राजमार्ग पूर्व झापामा सुरु भएर पश्चिम कञ्चनपुर पुगेर टुंगिन्छ ।
७ प्रदेशमध्ये ४ वटामा नयाँ सहर निर्माण गरेर व्यवस्थित बस्ती बसाउने उनले बताए । ‘पहाड र तराईबाट बसाइँसराइ गरेर आउन सक्छन्,’ उनले भने, ‘यी सहरलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गरिनेछ ।’
प्रदेश १ मा झापाको गौरीगन्ज र मोरङको रंगेली, प्रदेश २ मा बाराको गढिमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा–सरपल्लो, प्रदेश ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट, प्रदेश ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा सहर विकास गरिने सिंहले बताए ।
‘हुलाकी राजमार्गले २० जिल्ला जोडेको छ, ती जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक सहर निर्माण गर्न जरुरी छ,’ उनले भने, ‘बढ्दो सहरीकरणको आवश्यकतालाई मध्यनजर गरेर यो अवधारणा अघि सारेका हौं ।’ हुलाकी राजमार्गले तराईका सहरहरूलाई जोड्ने एक प्रमुख राजमार्ग विकसित भए तापनि यसको वरिपरिका बस्तीको आधुनिकीकरण गर्न अनिवार्य भएको सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले बताए ।
मन्त्रालयका अनुसार नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सुरु भइसकेको छ । दुई वर्षभित्र सम्पूर्ण सहरको डीपीआर तयार पारेर ५ वर्षभित्र न्यूनतम पूर्वाधार सहरका रूपमा विकास गरिनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ।

रोल्पा ।
राज्यको बिकाश योजनाबाट संधै उपेक्षा गरिने जनयुद्दको उद्गम थलो रोल्पा र रोल्पाली जनता बर्तमान माओवादीको गठबन्धन सरकारबाट पुनः आर्को पटक धोका पाएका छन्।
देशमा स्थानीय चुनाव नजिकिदै गर्दा २०७३ फाल्गुन ६ गते रोल्पा महोत्सव कार्यक्रममा पुगेका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बर्तमान अर्थ मन्त्रि कृष्णबहादुर महराले सडक बिकाश र बिस्तारका लागि सार्बजानिक घोषणा गरेको १५ करोड सडक बजेट कटाईएको छ।
लिवाङ, माडीचौर, जिनाबाङ सम्मको साढे ७२ किलोमिटर सडक योजनाको १५ करोड कटौती भएपछी प्रधानमन्त्री प्रचण्ड द्वारा फेरी आर्को पटक धोका भएको हो।
१५ करोड बजेटको योजना बहुबर्सिय सम्झौतागर्न मिल्ने कानुन सम्बद्ध भएको तर हालसम्म अर्थमन्त्रालयबाट कार्यन्वयन गर्न सडक विभागलाई पत्र समेत नकाटेर विभिन्न सड्यन्त्रका बाफ्जुद योजना कटाइएको छ।
अप्ठेरो पर्दा रोल्पालाई सम्झने प्रधानमन्त्री प्रचण्डले केहि समय पहिले रोल्पा महोत्सव उद्घाटन कार्यक्रममा रोल्पाको बिकाशकालागि बजेटको फेहरिस्त सुनाएका थिए। उनले रोल्पामा १ सय १३ सडक निर्माणका लागि ४२ करोड रकम छुट्याइएको रोल्पा महोत्सवको मंचबाटै सार्बजनिक घोषणा गरेका थिए। साथै अन्य स्वस्थ शिक्षा लगातका योजनाहरु पनि सविस्तार गरेका थिए।
उक्त ४२ करोड लागतको सडक निर्माण योजना अन्तगर्त ‘लिवाङ –माडीचौर -जिनाबाङ सडक रोल्पा’ योजनाको लागि मात्रै १५ करोड बजेट छुट्टयाइएको थियो। बहुबर्सिय सम्भावित रणनैतिक सडकको बजेट उप शिर्षक नम्बर ३३७३३५-४ मा बजेट छुट्याइ डिटेल सर्बे समेत भइसकेको थियो।
लिवाङ देखि जिनाबाङ सम्मको सडक बाटोमा राजनीतिक चलखेल र चुनावका कारण कटौती भएको छ। उक्त चलखेलमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्रि कृष्ण महारा समेतको हातरहेको बुझिन्छ।
१० बर्षे जनयुद्दमा रोल्पाली जनताको त्याग तपस्या र बलिदानी द्वारा पुष्पकमल दाहाल प्रचण्डलाई पहिलोपटक रोल्पाली जनताले चुनावमा भोट हालेर जिताएका थिए तर अर्थमन्त्रि कृष्णबहादुर महाराको गृहजिल्ला राज्यको बिकाश योजनाबाट संधै उपेक्षित हुने गरेको छ।
अहिले देशकै दुई सम्मानीय पद उपराष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा रोल्पालीहरु विराजमान छन्। जनयुद्दका सैन्य कमान्डर पासाङ उर्फ नन्द बहादुर पुन उपराष्ट्रपति पदमा र रोल्पाली छोरी उषा उर्फ ओनसरी घर्ति सभामुख जस्तो गरिमामय पदमा सवार गरिरहेका छन्।
वर्तमान देशले रोल्पाली होनहार नेताहरु लाम लगाएको छ, तर बिकाशका लागि छुट्याइएको बजेटलाई रोल्पा नपुग्दै हराई दिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजैदेखि धोका दिदै आएको रोल्पाली जनगुनासो त छदैछ तर यसपाली भने आफ्नै रोल्पाली सुपुत्र तथा अर्थमन्त्री कृष्ण बहादुर महरा समेतले रोल्पाली जनतालाई बजेट भ्रम पार्दै पुनः धोका दिएको जन गुनासो छ।
२०७४ जेठ ६ गते प्रकाशित

- काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो ।
२०७४ जेठ ५ गते प्रकाशित

- काठमाडौँ ।
साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ४.९८ अंकले घटेर १६४४.६ विन्दुमा आइपुगेको छ ।
कुल ६१ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


