
यो गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर र कोशिश क्षेत्रीको सङ्गीत रहेको छ। गीतमा शब्द निर्देशक दिनेश राउतले नै लेखेका हुन्। भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन्।
यसअघि गायिका मीनाको स्वरको 'लुट २' मा समावेश ‘ठमेल बजार’ गीत पनि करोडको सूचीमा परिसकेको छ। नेपालमा करोड नाघ्ने गीतहरु प्राय: फिल्मकै छन्।
'वडा नं. ६' को 'सुर्केथैली खै' पहिलो पटक करोड भ्युज पाउने गीत हो। त्यसयता 'छक्का पन्जा' फिल्मको 'पूर्व पश्चिम रेल', 'लुट २' को ‘ठमेल बजार’ हुँदै 'काले दाइ' सम्म आइपुग्दा सबै नृत्यप्रधान गीत नै बढी हिट भएका छन्।
फिल्मबाहिरको करोड नाघ्ने एक मात्र गीत 'सुन साइँली' हो, जुन परिवार र मायालुलाई छोडेर परदेशिनु पर्ने बाध्यतामा आधारित विषय समेटिएको विरही गीत हो।
फिल्मबाहिरको करोड नाघ्ने एक मात्र गीत 'सुन साइँली' हो, जुन परिवार र मायालुलाई छोडेर परदेशिनु पर्ने बाध्यतामा आधारित विषय समेटिएको विरही गीत हो।
‘काले दाइ’ कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो राजेश श्रेष्ठले खिचेका हुन्। पर्व जेठ १२ गते सार्वजनिक हुनेछ।

असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर हुने निर्माता रावलले बताए ।
निर्माता रावल र अभिनेता श्रेष्ठसँगै सन्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जापानमा बस्दै आएका ईश्वर श्रेष्ठ र सुवास लामिछानेले वर्ल्ड प्रिमियरको चाँजोपाँजो मिलाएका हुन् । श्रेष्ठ र लामिछानेले फिल्मको लगानीमा पनि साझेदारी गरेका छन् ।
मे १४ अर्थात् वैशाख ३१ गते जापानी समयअनुसार साँझ साढे ५ बजे टोकियोस्थित नकानो जेरो हलमा ‘सायद २’ को प्रिमियर हुनेछ ।
जहाँ नेपालबाट गएको टोलीले उपस्थिति जनाउने छ । टोलीले जापानी दर्शकसँग बसेर फिल्म हेर्नेछ ।फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।
दुर्गिस फिल्मस्को व्यानरमा बनेको यो फिल्ममा सुशीलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील
रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतको अभिनय रहेको छ ।

करिष्मा कपूरका पूर्व पति संजय कपूरले प्रिया सचदेवासँग विवाह गरेका छन् । संजयपछि अब करिष्माका प्रेमी संदीप तोसनीवालकी श्रीमती आश्रितासँग सम्बन्धविच्छेदका लागि तयार भएको खबर सार्वजनिक हुन थालेको छ ।
यस्तोमा अब चाँडै नै करिष्मा– संदीप चाँडै नै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्नसक्ने कयास लगाइएको छ ।
संदीपकी श्रीमती आश्रिता उनलाई सम्बन्धविच्छेद दिनका लागि तयार भएकी छिन् । यसका लागि आश्रिता सुरुमा तयार थिइनन् ।
पहिला आश्रिताले एलमुनीको रुपमा प्रत्येक महिना ८ लाख भारुको माग गरिरहेकी थिइन् । तर अब दुई पार्टीबिच अन्ततः कुरा मिलेको बताइएको छ ।
आश्रितालाई दुई करोड भारु र दुई छोरीहरुका लागि तीन–तीन करोडको लम्प–सम अमाउन्ट दिइने बताइएको छ । छोरीहरुको कस्टडी आश्रितासँगै हुनेछ । दिल्लीको जुन घरमा उनी दुई सन्तानसँगै बसिरहेकी छिन्, त्यो पनि उनले नै पाउनेछिन् ।
संदीप र आश्रिताको विवाह सन् २००३ मा भएको थियो । दुबैका दुई छोरीहरु छन् । जेठी ११ वर्षकी र कान्छी ६ वर्षकी छिन् । करिष्मा र संजय कपुरको विवाह पनि सन् २००३ मा भएको थियो भने सम्बन्धविच्छेद सन् २०१६ मा । यो जोडीका पनि दुई सन्तान छन् ।
– एजेन्सी

- काठमाडौं ।
आफ्नो सन्तानको खुशीका लागि आफ्नो सारा खुशी त्याग्न सक्ने आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत ‘आमा’ रिलिज भएको छ ।
गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको ‘आमा’ बोलको गीतको भिडियो आमाको मुख हेर्ने दिनको अबसर पारेर सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीतमा गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, पत्रकार तथा कलाकार भोला तिमल्सिना, अमृता खनाल र बालकलाकार रिदम सुवेदिको मन छुने अभिनय रहेको छ । भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्वको भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको पत्रकार भोला तिमिल्सीनाले बताए ।
पत्रकारीतासंगै कलाकारीतालाई अगाडी बढाईरहेका तिमिल्सीनाले यसअघि पनि थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।
भिडियो हेर्नुहोस्
गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको ‘आमा’ बोलको गीतको भिडियो आमाको मुख हेर्ने दिनको अबसर पारेर सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीतमा गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, पत्रकार तथा कलाकार भोला तिमल्सिना, अमृता खनाल र बालकलाकार रिदम सुवेदिको मन छुने अभिनय रहेको छ । भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्वको भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको पत्रकार भोला तिमिल्सीनाले बताए ।
पत्रकारीतासंगै कलाकारीतालाई अगाडी बढाईरहेका तिमिल्सीनाले यसअघि पनि थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।
भिडियो हेर्नुहोस्

लोक गायक सर्बिन बोगटीको नयाँ लोक गीत तिम्रो रातो गाला बजारमा आएको छ । माओवादी पूर्व लडाकु समेत रहेका बोगटीले जनवादी कला क्षेत्रबाट फड्को मार्दै ब्यबसायिक संगीत क्षेत्रमा हात हालेका छन् ।
जन्म दिने जन्म भुमि आमा छोडी आए
अभाबको जिन्दगी फेर्न म परदेशी भए
स्वर्णिम शाहीको सब्द रचनामा रहेको देउडा ठाडो भाकाबाट ब्यबसायिक गायनमा प्रवेश गरेका बोगटीले हालसम्म २ दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
माओवादी आन्दोलनले जन्माएको एक जनवादी गायक लडाकु फौज हुदैं पुन; कलाकारिता क्षेत्रमा आएपछि पछिल्लो पटक युवा पुस्ताहरु माझ फरक प्रकारको गायकको पहिचान बनाउन सफल भएका छन् ।
देउडा, लोक, पुर्बेली र आधुनिक गीतमा समेत स्वर दिइसकेका गायक बोगटीले हालै बजारमा ल्याएको लोक गीतमा युवा पुस्तामा देखिने मायाँ प्रेमलाई दर्शाउन खोजिएको छ ।
नेपाली लोक संगीतमा छाडापन भित्रियो भनेर आलोचना भइरहेको बेला यस प्रकारको मौलिख गीत संगीतले नेपाली कला संगीत क्षेत्रको संरक्षण गर्न मदत गर्ने गायक बोगटीको भनाइ छ ।
समयले पर्खिन्न कहिलै नै जे गर्नु छ गर अहिले नै तिर्मो रातो गाला धेरै फुर फुर नगर बैश त्यसै जाला भन्ने भाव व्यक्त भएको गीतले बजार लिने आशा बोगटीले गरेका छन् ।
पूर्णकला बिसी र सर्बिन बोगटीको स्वरमा रहेको यो गीतमा सब्द संगीत सुरत बिस्टको रहेको छ । बीबी अनुरागिले एरेन्ज गरेको गीतको भिडियोमा मोडल पार्वती राइ र संकर बिसीले अभिनय गरेका छन् । आर एन सी म्यूजिक प्रालि.द्वारा मिर्मित यो गीत म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ।
विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन्। उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ।’
उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए ।
यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन्। कान्तिपुरमा यो खबर छ।

