
- काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
सरकार गठन गर्नु पुर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लागेकी हुन्। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
सरकार गठन गर्नु पुर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लागेकी हुन्। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
२०७४ जेठ २ गते प्रकाशित

- चितवन,२५ वैशाख ।
चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।
आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले सोमबारदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।
यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।
अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ ।
उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् ।
उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन् । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।
अघिल्लो महिनामा यहाँ सुक्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको उनको भनाइ छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ ।

- काठमाडौँ २५ वैशाख ।
किंग्स इलाभेन पञ्जाबको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ । आइतबार राति भएको खेलमा पराजित भएपछि पञ्जाबको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको हो ।
मोहालीमा भएको खेलमा गुजरात लायन्सले पञ्जाबलाई ६ विकेटले हराएको हो । पञ्जाबले प्रस्तुत गरेका एक सय ९० रनको लक्ष्य गुजरातले दुई बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो । गुजरातका लागि ड्वेन स्मिथले ७४, सुरेश रैनाले ३९ र दिनेश कार्तिकले नटआउट ३५ रन बनाए ।
पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षतिमा हासिम अम्लाको १ सय ४, शन मार्सको ५८ रन मद्दतले १ सय ८९ रन बनाएको थियो । तर हार टार्न भने सकेनन् । ११ मध्ये ६ खेल हारेको पञ्जाब अंक तालिकाको पाँचौ स्थानमा छ । चौथो स्थानको हैदराबाद पञ्जाबभन्दा ३ रनले अघि छ ।

काठमाडौं, २४ वैशाख ।
एक भारतीय नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई विना कैंची कपाल काटिदिन्छन् ।
उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् । टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनी बताउँछन् ।
ती व्यक्तिका अनुसार कपाल काट्नुपूर्व ग्राहकको टाउकोमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउनुपर्छ । त्यसपछि हातमा लाइटर राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनुपर्छ ।
डेली मेलका अनुसार हिजोआज ती नाईको सैलुनमा असामान्य तरिकाले कपाल काट्न आउनेको भन्दा हेर्नेको बढी भिड लाग्ने गरेको छ ।
ती व्यक्तिले एकपटक आगोले कपाल पोलेर काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आगो लगाउँछन् र काइँयोले कपाल मिलाउँछन् । यो प्रक्रिया ग्राहकको इच्छाअनुसार कपाल कति छोटो बनाउने, त्यसमा भर पर्ने उनी बताउँछन् ।

ग्राहकको सन्तुष्टिअनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काटेका हुन् । उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने बताए । उनले भने, ‘आफ्ना ग्राहकहरुमा नयाँ खालको सन्तुष्टि देख्दा खुशी लाग्छ ।’
भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरीएको अहिलेसम्मकै यो यो पहिलो घटना मानिए पनि यसअघि मैनबत्तीको सहायताले कपाल काट्ने प्रचलन भने शुरु भैसकेको छ ।
गुलवारग्स शहबाद गाँउमा रहेको दर्शाथ अफ राज मेन्स पार्लरले मैनबत्तीको सहायताले कपाल काट्न शुरु गरेको हो ।
यस पार्लरले विगत ६ वर्षदेखि लामो कपालहरु टुक्राउन मैनबत्तीको सहायता लिइएको उल्लेख गरेको छ । सँधै बत्ती गइरहने समस्याले गर्दा मैनबत्तीको प्रयोगले कपाल काट्ने विचार आएको पार्लरले उल्लेख गरेको छ ।

एजेन्सी । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।
यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः
१) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
२) तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।
३) श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।
४) तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स (पूर्व प्रेमी)का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।
५) श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।
६) महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।

