- एजेन्सी ।
भारतमा एक सन्काहा पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सामान्य विवादमा आक्रोशित बनेका राम सेवक नाम गरेका श्रीमानले खुर्पाले हानी आफ्नी श्रीमती उषाको टाउको छिनालेर हत्या गरेका हुन्।
खुर्पाले हानेर श्रीमतीको टाउको काटिसकेपछि उनि आफै प्रहरीको शरणमा पुगेका छन् । भारतिय प्रहरीका अनुसार उनि खुर्पाले काटेर छुट्टिएको श्रीमतीको टाउकोसहित प्रहरीको शरणमा पुगेका हुन् ।
बारीमा तरकारी काट्न गएका बेला श्रीमती उषासँग झगडा परेपछि सेवकले त्यही रिसमा गर्दनमा खुर्पा प्रहार गरेको बताइएको छ । लगत्तै आत्तिएर उनि डराउँदै छिनिएको टाउको सहित प्रहरीकोमा पुगेको बताइएको छ ।

एजेन्सी ।
चीनकी एक बृद्धा आफ्नो टाउकोमा पलाएको अनौठो सिङबाट हैरान छिन् । एक सिंगे गैडाको खागजस्तो देखिने ट्युमर उनको निधारको एकापट्टि ठडिएको छ, जसका कारण उनको सामाजिक जीवनमा निकै कष्टकर बनेको छ ।
अहिलेको सिङ ठडिएको ठाउँमा करिब ८ वर्षअघि लियाङ जिउहेनको एउटा कालो कोठी जस्तो दाग थियो । दाग चिलाउँदैै गयो उनी बारम्बार कन्याउन थालिन् ।
समस्या बढ्दै गएपछि उनको परिवारले एउटा स्थानीय जडिबुटीमार्फत उपचार गर्यो । उनलाई बिस्तारै निको भए जस्तो देखियो । सामान्य चासोका साथ परिवारले सो जडिबुटीको प्रयोग गरिरह्यो ।
दुई वर्षअघि त्यो कोठी जस्तो घाउ फुट्यो र त्यहीबाट एउटा सानो सिङ पलाउन थाल्यो । सुरुमा त यसको आकार कान्छी औलाको जस्तै थियो ।
लम्बाई त्यस्तै एक इन्च जति थियो । पेन्सनर वृद्धाका छोरा वाङ झाओजुन भन्छन्, ‘हामी अस्पताल गयौं, तर चिकित्सकले किन बढेको हो भन्ने विषयमा पत्ता लगाउन नै सकेनन् । ’
झाओजुन अगाडि थप्छन्, ‘अस्पताल गयो भने घर फर्किन्न कि भन्ने डरले मेरी आमा अस्पताल जान नै मान्नु हुन्नथ्यो ।’
तर सो सिङ त्यति लामो भएर नबढ्ने जस्तो लागेपछि परिवारले यसप्रति क्रमशः कम चासो देखायो । यसै वर्षअघि वाङ झाओजुनले आमाको कपाल कोर्दै गर्दा उनको हात अकस्मात सिङमा ठोकियो ।
त्यसपछि पहिल्यकै ठाउँमा अर्को सिङ पलाएर आयो र यो यति तीब्र रुपमा बढ्यो की ६ महिनामा पाँच इन्च लामो र दुई इन्चको चौडाई भयो ।
उनको निधारमा पलाएको बस्तुको आकार र रंग ठ्याक्कै जनावरको सिङ जस्तो छ । तर, सिङ वरपरको छाला रातो रातो देखिन्छ र यसबाट बारम्बर रगत आउने गर्छ । आफ्नो अवस्थाबारे ८७ वर्षीय सिउहेन भन्छिन्, ‘अहिले मलाई केबल पीडा भइरहेको छ । पीडाका कारण कतिपय अवस्थामा त निन्द्राबाट नै व्युझिन्छु ।’
उनको समस्यालाई चिकित्सकहरुले कुटेनियस (छालाको सिङ) को रुपमा पहिचान गरेका छन् । यस सिङलाई शल्यक्रियाबाट हटाउन सकिने तर बिरामीमा शारिरिक तन्दुरुस्ती हुनुपर्ने चिकित्सकको राय छ । तर सिङ निरन्तर बढ्दै जाँदा यो क्यान्सरतर्फ उन्मुख हुने त होइन भनि चिकित्सकहरुले चिन्ता देखाएका छन् ।-

चरम गरिबीमा बाँचिरहेका भारतका एक आदिवासी परिवारले बाँच्नकै लागि आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारतीय रुपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ ।
भारतको अगरतलादेखि १७० किलोमिटर टाढा रहेको धलाइ जिल्लाको गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् ।
बीबीसीले उल्लेख गरेअनुसार भारतमा पछिल्ला १५ दिनमा आफ्नै सन्तान बेचिएको यो दोस्रो घटना हो ।
यसअघि, सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो ।
उक्त बालकका बाबु खनाजाँय रियांगले आफूले बेच्न नमानेको तर, उनकै आमाले २०० भारुमा बेचिदिएको बताए ।
स्थानीय बाल कल्याण विकास परियोजनाका अधिकृत आविद हुसैनले घटनाकाबारेमा जानकारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा बालक फिर्ता ल्याउने बताए ।
‘युनाइटेड न्यूज अफ इन्डिया’ समाचार संस्थाकाअनुसार धलाइ जिल्ला कार्यालयले घटना बाहिर आएपछि छानबिन समिति गठन गरेकोे छ ।

मानिसले पिउने बियरमा मानवमूत्र मिसाइने गरेको तथ्य सार्वजनिक भएको छ । डेनमार्कको बियर कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँग मानवमूत्र निषेचित (फर्टिलाइज्ड) गरिएको बताएको हो ।
कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्र्सट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको ‘रोयर्टस’ समाचार संस्थालाई बताएको छ । त्यसबाट ६० हजार बोतल बियर उत्पादन गरिएको जनाइएको छ ।
उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ ।
कम्पनीका म्यानेजर हेनरिक भांगले सुरुमा यस विधिबाट बियर उत्पादनप्रति आलोचना गर्नेहरु धेरै भएको बताए ।

उनले भने–‘अहिले मानिसहरुमा त्यस्तो धारणा छैन, हामीले कसरी मानवमूत्रलाई पुनः प्रयोग गर्छौं भन्ने जानकारी गराएपछि मानिसहरुले सकरात्मकरुपमा लिए ।’
‘अहिले विश्वमा थुप्रै बियर कम्पनीहरुले मानवमूत्र जौबाट बनेको पदार्थमा निषेचित गरी उत्पादन गरिरहेका’ जनाइएको छ ।
तर, मानिसहरुले गर्ने नकरात्मक टिप्पणी तथा आलोचनाका कारण यस विधिलाई उनीहरुले गोप्य राख्ने गरेको कम्पनीले उल्लेख गरेको छ ।
भिडियो हेर्नोस्

भारतमा ‘शहन्शाह’ नाम गरेको चार वर्षको मुर्रा जातको एउटा गोरुको मूल्य ४० करोड रुपैयाँ (२५ करोड भारु) राखिएको छ ।
हरियाणा कृषि तथा कृषक कल्याण विभागले फरिदावाद जिल्लाको सुरजकुन्डमा आयोजना गरेको तीनदिने ‘एग्री लिडरसिप समिट २०१७’मा सबैभन्दा बढी आकर्षण बनेको उक्त गोरुको मूल्य २५ करोड भारु रहेको गोरुमालिकले बताएका हुन् ।
दिदवारी गाउँमा दूधडेरी चलाउने नरेन्द्र सिंहले पालेको शहन्शाह नाम गरेको उक्त गोरुको लम्बाइ पाँच फिट १० इन्च रहेको छ ।

सिंहकाअनुसार उक्त गोरुले सन् २०१६ मासमेत उत्तर प्रदेशभरिको पशुमध्ये सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेकोे थियो ।
उक्त गोरुको आमाले अझैसम्म दैनिक २७ लिटर दूध दिइरहेको सिंहले बताए । उनकाअनुसार शहन्शाहले दैनिक १० लिटर आमाको दूध र आधा लिटर घिउ खाने गर्दछ ।
सिंहले केहि वर्षपछि शहन्शाहको वीर्य बेचेरमात्र वार्षिक ५० लाख भारु कमाइ हुने बताएका छन् ।
उक्त गाउँमा अर्को किसानको त्यही जातको ‘रस्तम’ नाम गरेको शहन्शाहभन्दा केहि जेठो गोरु रहेको बताउँदै उनले भने–‘अहिले रस्तमको मालिकले रस्तमको वीर्य बेचेरमात्रै वार्षिक ५० लाख भारु कमाइरहेका छन् ।’ (एजेन्सी)

एजेन्सी
मेट्रो सेन्ट जेम्स – सिड्नीको एक फ्रेन्च थिम्ड क्याफे विगत एक महिना अगाडि मात्र सञ्चालनमा आएको हो तर यो कम समयमा भएपनि निकै लोकप्रिय बनेको छ । यसको लोकप्रियताको मुख्य जड भनेको सरल प्रचारको माध्यम–कफी खाइसकेपछि पैसाको सट्टा चुम्बन दिने– लाई मान्नै पर्ने हुन्छ ।
ठट्टा गरिएको होइन । जुन महिनाका लागि जो मानिसले बिहान ९ बजेदेखि ११ बजेसम्म कफी खान्छन् भने उनीहरुले उक्त कफी खाइसकेपछि पैसा नभई चुम्बनको माध्यमबाट चुक्ता गर्न सक्छन् । ‘हामीहरुले रोमान्सलाई फेरी ल्याएका छौँ । आफ्नो पार्टनरलाई हाम्रो क्याफेमा बिहान ९ बजेदेखि ११ बजेभित्रको समयमा ल्याउनुहोस् र कफी अर्डर गरिसकेपछि किसले आश्चर्य बनाउनुहोस् ।
हामी तपाईंहरुको पैसा स्विकार गर्दैनौँ, मात्र तपाईंको चुम्बन, ’ उक्त क्याफेको फेसबुक पेजमा लेखिएको छ । मेट्रो क्युट प्रोमोसनल भिडियोमा एकजना वेटरका अनुसार,‘हामी तपाईंहरुलाई हेरिरहेका हुन्छौँ । यो चुम्बन साँचो हुनुपर्दछ, मायाले भरिएको चुम्बन । यदि चुम्बन झुटो भएको खण्डमा म थाहा पाइहाल्छु । म एक प्रकारको विशेषज्ञ नै हो भन्दा पनि हुन्छ, त्यसकारण नो चिटिङ ।’

काठमाडौं, २४ वैशाख ।
एक भारतीय नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई विना कैंची कपाल काटिदिन्छन् ।
उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् । टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनी बताउँछन् ।
ती व्यक्तिका अनुसार कपाल काट्नुपूर्व ग्राहकको टाउकोमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउनुपर्छ । त्यसपछि हातमा लाइटर राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनुपर्छ ।
डेली मेलका अनुसार हिजोआज ती नाईको सैलुनमा असामान्य तरिकाले कपाल काट्न आउनेको भन्दा हेर्नेको बढी भिड लाग्ने गरेको छ ।
ती व्यक्तिले एकपटक आगोले कपाल पोलेर काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आगो लगाउँछन् र काइँयोले कपाल मिलाउँछन् । यो प्रक्रिया ग्राहकको इच्छाअनुसार कपाल कति छोटो बनाउने, त्यसमा भर पर्ने उनी बताउँछन् ।

ग्राहकको सन्तुष्टिअनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काटेका हुन् । उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने बताए । उनले भने, ‘आफ्ना ग्राहकहरुमा नयाँ खालको सन्तुष्टि देख्दा खुशी लाग्छ ।’
भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरीएको अहिलेसम्मकै यो यो पहिलो घटना मानिए पनि यसअघि मैनबत्तीको सहायताले कपाल काट्ने प्रचलन भने शुरु भैसकेको छ ।
गुलवारग्स शहबाद गाँउमा रहेको दर्शाथ अफ राज मेन्स पार्लरले मैनबत्तीको सहायताले कपाल काट्न शुरु गरेको हो ।
यस पार्लरले विगत ६ वर्षदेखि लामो कपालहरु टुक्राउन मैनबत्तीको सहायता लिइएको उल्लेख गरेको छ । सँधै बत्ती गइरहने समस्याले गर्दा मैनबत्तीको प्रयोगले कपाल काट्ने विचार आएको पार्लरले उल्लेख गरेको छ ।

काठमाडौं,२४ वैशाख ।
सन् २०१७ को लागि सबैभन्दा तनावपूर्ण जागिर कुन होला ? काम गर्ने कर्मचारीलाई सबैभन्दा बढी तनाव दिने जागिरको सूची अन्तर्राष्ट्रिय फोर्ब्स म्यागजीनले सार्वजनिक गरेको छ ।
फोर्ब्सका अनुसार क्यारियरकास्टडटकमको सहयोगमा मूख्य ११ ओटा फ्याक्टरलाई आधार बनाएर सबैभन्दा बढी तनावपूर्ण जागिरको सूची सार्वजनिक गरेको हो ।
क्यारियरकास्टले तनाव, भय, बेचैनी, थकान, शारीरिक मागहरु, मृत्यु, असुरक्षा, समय सीमा, यात्राको कठिनाइ र चरम प्रतिस्पर्धासहित ११ ओटा फ्याक्टरहरुको आधारमा बर्गीकरण गरी अध्ययन गरिएको उल्लेख गरेको छ।
क्यारियरकास्टले यी बाहेक अन्य फ्याक्टरहरुमा पनि यी जागिरहरु अति संवेदनशील र खतरापूर्ण रहेको उल्लेख गरेको छ ।

सबैभन्दा बढी तनाव हुने जागिर सेनाको हो । यो पहिलो नम्बरमा परेको छ । यस्तै दोश्रो नम्बरमा अग्नि नियन्त्रक, तेश्रोमा हवाइ पाइलटको जागिर तनावपूर्ण देखिएको छ । यसअघि सबैभन्दा बढी तनाबपूर्ण काम हवाइ पाइलट भएपनि यस वर्ष सेनाको जागिर सबैभन्दा तनावपूर्ण र कठिन भएको हो ।
त्यस्तै, चौथो नम्बरमा प्रहरी अधिकृत, पाँचौमा इभेन्ट कोर्डिनेटर र छैठौँमा समाचारपत्र संवाददाताको जागिर गर्नेहरु बढी तनावमा हुने उल्लेख छ । यी जागिरमा सार्वजनिक रुपमा अरुसँग बढी जिम्मेवार हुनुपर्ने र कामको समयसीमाका कारण धेरैजसो तनावमा बस्नुपर्ने अध्ययनले देखाएको हो ।
यस्तै वरिष्ठ कार्यकारी अधिकृत सातौँ नम्बरमा छ भने आठौँ नम्बरमा जनसम्पर्क अधिकृत, नवौँमा ट्याक्सी चालक र दशौँ नम्बरमा ब्रोडकास्टरहरु रहेका छन् ।

