
रुस र अमेरिकाबीचको तनाव बढ्दै गएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया सरकारको लडाकु विमान र ड्रोनलाई खसालेपछि अाक्रोसित बनेको रुसले अमेरिकालाई युद्धको चेतावनी दिइरहेको छ ।
यसक्रममा रुसी लडाकु विमानले अमेरिकी विमानलाई अाकाशमै लखेटेको छ । अन्य देशलाई उत्तजित बनाउँदै अमेरिकी विमान अाकाशमा उड्ने क्रममा बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानलाई रुसी विमानले लखेटेको हो । निकै खतराको दुरी पाँच फिट भन्दा नजिककैबाट रुसी विमानले अमेरिकी विमान ‘आरसी–१३५’ लाई लखेटेको थियो ।
अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण लखेट्नु परेको रुसी सेनाले बताएको छ । मस्कोस्थित रुसी सञ्चारमाध्यमका अनुसार रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएपछि रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।
रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेपछि रुस झन् अाक्रोसित बनेको हो । अाफ्नो लडाकु विमानलाई रुसले लखेटेको खबरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तनावमा रहेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

- काठमाडौं ।
उद्दारमा जुटेका पाँच सैनिक पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउने क्रममा सैनिकको मृत्यु भएको हो ।
बंगलादेशको दक्षिण पूर्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।
पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्दार कार्यमा समेत कठिनाई भएको बताइएको छ ।
बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।
वर्षा अझै केही दिन लम्बिन सक्ने मौसमविदहरुले चेतावनी दिएका छन् ।
- एजेन्सी ।
भारतमा एक सन्काहा पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सामान्य विवादमा आक्रोशित बनेका राम सेवक नाम गरेका श्रीमानले खुर्पाले हानी आफ्नी श्रीमती उषाको टाउको छिनालेर हत्या गरेका हुन्।
खुर्पाले हानेर श्रीमतीको टाउको काटिसकेपछि उनि आफै प्रहरीको शरणमा पुगेका छन् । भारतिय प्रहरीका अनुसार उनि खुर्पाले काटेर छुट्टिएको श्रीमतीको टाउकोसहित प्रहरीको शरणमा पुगेका हुन् ।
बारीमा तरकारी काट्न गएका बेला श्रीमती उषासँग झगडा परेपछि सेवकले त्यही रिसमा गर्दनमा खुर्पा प्रहार गरेको बताइएको छ । लगत्तै आत्तिएर उनि डराउँदै छिनिएको टाउको सहित प्रहरीकोमा पुगेको बताइएको छ ।

कजाकिस्तानको अस्तानमा आयोजना हुन लागेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनले आफू त्यसतर्फ प्रस्थान गर्नुअघि जारी गरेको बिज्ञप्तिमा आफू सो सम्मेलनमा सहभागी हुन र त्यहाँ आउनुहुने सबै नेताहरुसँग भेटघाट र अन्तरक्रियाका लागि आतुर रहेको जानकारी दिएका छन् ।
साथै सो सम्मेलनमा आफूले र त्यहाँ सहभागी नेताहरुले गर्ने छलफलले भारतको आर्थिक विकास र आतङ्कवादका विरुद्धमा भारतले जारी राखेको सङ्घर्षमा सहयोग पुग्ने धारणा राखे ।
प्रधानमन्त्री मोदीले सो वक्तव्यमा भनेका छन् – सो सम्मेलनमा सहभागिताले भारतको आर्थिक विकास, अरु देशसँग सडक सञ्जालले जोड्ने कुरामा भारतलाई फाइदा पुग्ने अपेक्षा मैले गरेको छु ।
यस संगठनमा भारत पनि सदस्य छ । उनले यस संगठनको महत्वको बारेमा उल्लेख गर्दै यस संगठनले विश्वको करिब ४० प्रतिशत जनसङ्ख्याका साथै विश्वको अर्थतन्त्रको करिब २० प्रतिशत भाग ओगट्ने बताए ।

- एजेन्सी
गत वर्ष चुनावी अभियानका दौरान ट्रम्पले देशको तेल र कोइला कम्पनीहरुलाई सहयोग गर्ने वाचा गरेका थिए ।
विपक्षीहरुले भने सम्झौताबाट बाहिरिनुलाई विश्वको मुख्य चुनौतीबाट अमेरिकी नेतृत्व भागेको संज्ञा दिएका छन् ।
पेरिस सम्झौतामा अमेरिकासहित १८७ जना राष्ट्रहरुले विश्वको बढ्दो तापक्रमलाई २ डिग्री सेल्सियसभन्दा कम राख्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । यस सम्झौतामा सिरिया र निकारागुवाले मात्र हस्ताक्षर गरेको थिएन ।
ह्वाइट हाउसको रोज गार्डनमा सम्बोधन गर्दै ट्रम्पले पेरिस सम्झौतालाई अमेरिकालाई कमजोर पार्ने सम्झौता रहेको बताए ।
यो सम्झौताले चीन र भारतजस्ता देशहरुलाई मात्र फाइदा पुग्ने बताउँदै उनले यसबाट अमेरिकालाई कुल ग्राहस्तमा ३० खर्ब अमेरिकी डलर घाटा हुने र ६५ लाखले रोजगारीको अवसर गुमाउने बताए ।

- नयाँ दिल्ली ।
सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।
केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् ।
कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन् ।

- एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवनको नजिकै बम बिस्फोट हुँदा ६५ जनाको ज्यान गएको छ।
घटनामा ३ सय ६५ गम्भीर घाइते भएका छन्। बिस्फोट निकै शक्तिशाली रहेको बताइएको छ। काबुल प्रहरी प्रवक्ता बशीर मुजाहिदका अनुसार बिस्फोट जर्मनी दूतावासको गेट नजिकै गराइएको थियो। यहाँ अन्य देशका दूतावाससहित महत्वपूर्ण कार्यालय पनि उपस्थित छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले घटना लगत्तै ६७ जना घाइतेलाई अस्पताल भर्ना गराइएको बताएका छन्। घटनाका प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै पजवक न्युज एजेन्सीले लेखेको छ, बिस्फोट जर्मनी दूतावास र विदेशी शैन्य शिविर नजिकै भएको थियो। विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन।
२०७४ जेठ १७ मा प्रकाशित ।

एजेन्सी ।
गल्फ सुपरस्टार टाइगर उड्स पक्राउ परेका छन्। उनलाई अमेरिकाको फ्लोरिडास्थित जुपिटरका प्रहरीले अत्याधिक मदिरा र ड्रग्स सेवन गर्दै गाडी चलाएको आरोपमा पक्राउ गरेको हो।
सोमबार बिहान स्थानीय समयअनुसार बिहान ७ बजेर ४८ मिनेट जाँदा पक्राउ परेका १४ पल्टका मेजर गल्फ विजेता ४१ वर्षीय टाइगर उड्सको नाम पाम वीचस्थित काउन्टी जेलमा उनको नाम दर्ता गरिएको थियो।
उनलाई नीजि मुचुल्काकामा हस्ताक्षर गरेर १० बजेर ५० मिनेटमा छुट्न सफल भएका थिए। गत फेब्रुअरीमा टाढामा समस्या देखिएपछि उनले दुबई डेजर्ट क्लासिकबाट आफ्नो नाम फिर्ता लिएका थिए। त्यसपछि उनी गल्फ प्रतियोगितामा देखा परेका छैनन्।
२०७४ जेठ १६ मा प्रकाशित ।

- काठमाडौं ।
लिंकन काउन्टीको ग्रामिण इलाकाका तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको उक्त घटनाको दोषीका आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। स्थानीय समाचारमाध्यमका अनुसार कारी गडबोल्ट नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेहरुमा विलियम डर नामका प्रहरीका साथै तीन पुरुष र चार महिला छन्।
प्रहरी डर र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो। त्यस्तै ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएका छन्। आरोपीमाथि हाल मुद्दा भने दायर नभएको र प्रहरीले प्रमाण खोजिरहेको समाचारमाध्यमले जनाएका छन्।
- एजेन्सी ।
सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
यस दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १४६ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष पछिको सबभन्दा भयङ्कर भएको बताइएको छ।
समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन्।
उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।
यस प्रकोपमा मारिएका १२२ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मात्र मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन्। उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको थियो।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ।
संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन्।
श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो। अहिले भएको बर्षात्ले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ।
श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो। त्यस वर्ष परेको भीषण वर्षात्ले दुइसय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए।
गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो।

