
- आश तमु,पोखरा ।
समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकस्थित सस्तोबजार पुगेकी इमान्दार मिडिया प्रालिद्वारा संचालित सञ्चार केन्द्र डट कमकी संवाददाता नेपालीमाथि निरीक्षक शर्माले दादागिरी शैली देखाउँदै गत २१ गते दुर्व्यवहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र क्रान्तिकारी पत्रकार संगठन नेपालका गण्डक - धौलागिरी व्युरो संयोजक ओम हमालसहित मंगलबार सामुदायिक सेवा केन्द्र पोखरा शान्तिवनस्थित कार्यालयमा भएको छलफलका क्रममा निरीक्षक शर्माले गल्ति स्वीकार गर्दै माफी मागेका छन् ।
छलफलका क्रममा अध्यक्ष श्रेष्ठ र संयोजक हमालले भविस्यमा यस्ता कार्य नगर्न सुझाव दिएका थिए । पीडित पत्रकार नेपालीले यस विवादलाई समाप्त गर्न आफू तयार रहेको बताएपछि दुर्व्यवहार गर्ने प्रहरी निरीक्षक शर्मा, पीडित पत्रकार नेपालीसहित बैठक बसेको थियो । त्यसक्रममा शर्माले अबदेखि यस्ता गल्ति र कमीकमजोरीहरु नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सस्तो बजार टेण्डर प्रकिया खारेजीको माग गर्दै ३७ औ दिनसम्म आन्दोलनरत व्यापारीहरु र प्रहरीबीच भनाभन भइरहेको तस्बिर र भिडियो लिईरहेकी पत्रकार नेपालीमाथि वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले रिपोर्टिंघङ निस्तेज लगाउदै क्यामेराे खाेसेका थिए ।
यस्तै महिला पत्रकारमाथि भएको यस प्रकारको दुर्व्यवहारप्रति इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले कडा आपत्ती जनाएका थिए । 'स्वतन्त्र प्रेसमाथिको यस प्रकारको हमलाले गणतान्त्रिक सरकारको चरित्र उदांगीएको छ । हामी यस्ता क्रियाकलाप तुरुन्त रोक्न माग गर्दछौ ।' उनले भनेका थिए ।
राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई यसरी प्रहरीले निशाना बनाइनु निकै निकृष्ट र फासिवादी शैली भएको भन्दै बुढाले प्रहरीको यस प्रकारको रबैयाले स्वतन्त्र प्रेसको घाटी निमोठ्न खोजेको महसुस भएको बताएका थिए ।
त्यस्तै प्रा.लि.की सञ्चालक तथा अनलाइनलकी सम्पादक दिया चन्दले महिला पत्रकारहरुमाथि घटेको यस प्रकारको घटनाको निन्दा एबंम घोर भत्सना गरेकी थिइन् । प्रेस स्वतन्त्रताको खिल्ली उडाउन खोज्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई थियो । प्रहरीबाटै महिला पत्रकारमाथि यस्तो दुर्व्यवहार हुनु लज्जास्पद भएको उनको भनाई थियो ।
निरीक्षक शर्मा गृहमन्त्री जनार्दन शर्माका भतिज हुन् । गृहमन्त्रीकै पावर लगाएर २ महिना अघि उनि बैदाम प्रहरी प्रमुख बनेर गएका थिए । पावर र सोर्सफोर्स लगाउन आउनेहरु खबरदार भन्दै गृह सम्हाल्न पुगेका मन्त्रीले अहिले भने आफन्तलाई सरुवा बढुवा गर्न कुनै कसर बाकि नराखेको स्रोतको भनाई छ । पत्रकार नेपाली पोखरास्थित बिग एफएमकी रिपोर्टर समेत हुन् ।
यो पनि पढ्नुहोस्
२०७४ साउन २५ मा प्रकाशित ।

- आश तमु, पोखरा ।
पोखरामा महिला पत्रकार आस्था नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। सस्तो बजारमा भईरहेको आन्दोलनको रिपोर्टिङमा जाँदा सञ्चारकेन्द्र डटकमकी पोखरा संवाददाता नेपालीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित सञ्चार केन्द्र डटकमकी संवाददाता आस्था सञ्चारकर्मीसंग कुरा गर्दै प्रहरीले आफ्नो क्यामेरा खोसी अपशव्द समेत प्रयोग गरेको बताइन ।
टेण्डर प्रकिया खारेजीको माग गर्दै ३७ औ दिनसम्म आन्दोलनमा रहेका व्यापारीहरु र प्रहरी वीच भनाभन भइरहेको तस्बिर र भिडियो लिईरहेकी पत्रकार आस्था नेपालीमाथि वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले दुर्व्यवहार गरेका हुन् ।
निरीक्षक शर्माले आस्थाको क्यामेरा खोस्न खोजेका थिए । सस्तो बजारमा चोरी डकैती गरेर भाग्दै गरेका एक युवालाई व्यापारीहरुले आफ्नो नियन्त्रणमा लिन खोज्दा प्रहरीले आफ्नो भ्यानमा हाली लैजादै गरेको भिडियो खिच्दा हात-पात भएको आस्थाले बताइन् ।
पत्रकार नेपालीले आफु पत्रकार हो भनी कार्ड देखाउदा पनि प्रहरीले 'त पत्रकार हो वा होइन मलाई के थाहा' भन्दै हातपात गरेका थिए।
निरीक्षक बसन्त शर्मा गृहमन्त्री जनादर्न शर्माका भतिज भएको बुझिएको छ। शर्मा पोखरा आए लगतै स्थानीयहरुले निरीक्षकको बोली चाली र व्यवहार राम्रो नभएको गुनासो गर्न थालेका छन्।
इमान्दार मिडियाले जनायो कडा आपत्ती
यसतै इमान्दार मिडिया प्रा.लि काठमाडौँद्वारा सञ्चालित अनलाइ समाचार पोर्टल सञ्चार केन्द्र डटकमकि पोखरा संवाददाता आस्था नेपालीमाथि शनिबार पोखरामा प्रहरीले गरेको दुर्व्यवहारप्रति प्रालिका अध्यक्ष कमल बुढाले कडा आपत्ती जनाएका छन् ।
उनले भनेका छन् स्वतन्त्र प्रेसमाथिको यस प्रकारको हमलाले गणतान्त्रिक सरकारको चरित्र उदांगीएको छ । हामी यस्ता क्रियाकलाप तुरुन्त रोक्न माग गर्दछौ ।
राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई यसरी प्रहरीले निशाना बनाइनु निकै निकृष्ट र फासिवादी शैली भएको भन्दै बुढाले प्रहरीको यस प्रकारको रबैयाले स्वतन्त्र प्रेसको घाटी निमोठ्न खोजेको महसुस भएको बताएका छन्।
त्यस्तै प्रा.लि.की सञ्चालक तथा अनलाइन पोर्टलकी सम्पादक दिया चन्दले पनि घटनाको निन्दा एबंम घोर भत्सना गरेकी छन् ।
क्रान्तिकारी पत्रकार संगठनको आपत्ति
सञ्चार केन्द्र डटकमकि पत्रकार आस्था नेपालीमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहारको क्रान्तिकारी पत्रकार सङगठनले आपत्ति जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरीका प्रमुख ओम हमालले उक्त घटनाको घोर निन्दा गरेका छन् ।
हामीसंग कुरा गर्दै आफ्नो संगठनकी सदस्य समेत रहेकी पत्रकार आस्था नेपालीमाथि भएको दुर्व्यवहार प्रती क्रान्तिकारी पत्रकार सङगठनले कडा आपत्ति जनाएको हमालले बताए।
भिडियो
२०७४ साउन २१ गते प्रकाशित
भिडियो
२०७४ साउन २१ गते प्रकाशित

- झापा ।
झापाको गौरीगञ्ज गाउँपालिकामा राप्रपा बिजयी भएको छ । गाउँपालिकामा अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका हुन् ।
उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।
उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याएका छन् ।
योसँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित जित हात पारेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।
२०७४ असार २१ गते प्रकाशित

- काठमाडौँ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान दिन जाँदा मुलुकभर ४ जनाको ज्यान गएको छ ।
बिहान मतदान सुरु हुन बितिकै झापाको दमकमा मतदान गर्नका लागि लाइनमा बसेका ८२ बर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको थियो ।
त्यस्तै मतदानका लागि लाइनमा आउँदै गर्दा पाल्पाको बगनासकाली गाउँपालिका– ६ अन्तर्गत यम्घाको लाम्दीमा ६२ वर्षीया कृष्णकुमारी कुमाल र यम्घाको अरनिको आधारभूत विद्यालय केन्द्रमा मतदानकालागि आउँदै गर्दा ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ।
त्यस्तै उदयपुरमा मतदान गरेर फर्कदै गरेका ७० बर्षीय शेरीलाल चौधरीको मृत्यु भएको हो ।
२०७४ असार १४ गते प्रकाशित

- दार्जिलिङ ।
दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् ।
दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति मोर्चालाई केही दिनको समय दिइएको छ । तर गोर्खाल्याण्डको माग गर्दै विगत केही दिनदेखिको अनिश्चितकालिन पहाड बन्दको कार्यक्रम यथावत राखिने उक्त बैठकले निर्णय गरेको बैठकमा सहभागी एकजना नेता पी अर्जुनले जानकारी दिए ।
गोर्खाल्याण्डको मागका विषयमा छिटै दार्जिलिङको सर्वदलीय टोली दिल्ली जाने उक्त बैठकले निर्णय गरेको उहाँले जानकारी दिए । उनले भने, ‘जिटिएको व्यवस्था खारेज नहुन्जेल गोर्खाल्याण्डको माग अगाडि नबढ्ने देखिएको हुनाले उक्त व्यवस्था खारेज गर्ने बैठकले निर्णय गरेको हो ।’
उनले दार्जिलिङबाट सेना र पुलिसको ज्यादती बन्द हुनुपर्ने बताए । बैठकबारे बताउँदै पी अर्जुनले भने, ‘हामी शान्ति चाहन्छौं । तर सुरक्षाकर्मीको बर्बता बन्द हुनुपर्छ । जथाभावी दार्जिलिङबासीलाई पक्राउ गर्ने काम बन्द गरिनुपर्छ ।’ उनले दार्जिलिङमा गरिएको इन्टरनेट सेवासमेत सुचारु गरिनुपर्ने बताए ।
दार्जिलिङमा भएको सर्वदलीय बैठकले आगामी जुन २२ तारेख सिलिगुडीमा पश्चिम बंगाल सरकारले बोलाएको बैठकमा नेपालीभाषीहरुको कुनै पनि दल सहभागी नहुने निर्णय गरेको छ । तर आगामी २४ तारेख नेपाली भाषीहरुका दलहरुको सर्वदलीय बैठक भने आयोजना गरिएको बताइएको छ ।
गोर्खाल्याण्डको मागलाई देशव्यापी बनाउन ‘अल इन्डिया कोअर्डिनेसन कमिटि फर गोर्खाल्याण्ड’ गठन गरी भारतमा बसोबास गर्ने नेपालीभाषीलाई उक्त मागमा गोलबन्द गराउने निर्णयसमेत उक्त बैठकले गरेको छ ।
बैठकमा सहभागी नेपाली भाषीका दलका नेताले अहिले चलिरहेको आन्दोलन कुनै जात विशेषको नभइ राज्य सरकारको आन्दोलनलाई दमन गर्ने नीति विरुद्ध भएको बताएका छन् ।
बैठक चलिरहँदा बैठकस्थल बाहिर स्थानीयबासीले गोर्खाल्याण्डको पक्षमा चर्का नाराबाजी गरेका थिए । बैठकमा केन्द्र सरकारको नेतृत्व गरेको दल भारतीय जनता पार्टीसमेत सहभागी भएको बताइएको छ । तर उक्त बैठकमा राज्य सरकारको नेतृत्व गरिरहेको त्रिणमूल कंग्रेस भने सहभागी भएन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
सन् २०११ मा नेपाली भाषी बहुल क्षेत्र दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ गठन भएको हो । दार्जिलिङमा बिकासका काम गर्नका लागि भनेर उक्त व्यवस्था केन्द्र सरकार, राज्य सरकार र त्यो बेलाको गोर्खाल्याण्ड आन्दोलनको नेतृत्वकर्ता गोर्खा जनमुक्ति मोर्चावीच त्रिपक्षीय सहमति भएर लागु भएको थियो ।
२०७४ असार ७ गते प्रकाशित

- काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौँ महानगर भित्रका जेष्ठ नागरिकलाई १२ हजार बृध भत्ता दिने निर्णय गरेका छन् ।
चुनावी अभियानको क्रममा काठमाडौं महानगरपालिकाभित्र बस्ने जेष्ठ नागरले पाउँदै अाएको भत्तामा वृद्धि गर्ने प्रतिवद्धता जनाएका थिए ।
बिद्यासुन्दरको प्रतिबद्दता अनुसार मंगलबार बसेको कार्यापालिकाको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ नागरिकहरुलाई १२ हजार दिने निर्णय गरेको हो । यसअघि १० हजार दिइदै अाइएको थियो ।
त्यसैगरी बैठकले काठमाडौँका सडकमा सवारी भीड तथा प्रदूषण नियन्त्रण गर्न भूकम्पपीडितका लागि १५ सय ट्याक्सी थप्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ भने थोत्रा ट्याक्सी हटाउन माग अनुरोध गरेको छ।
यस्तै काठमाडौँ भित्र मिटरमा नहिँड्ने ट्याक्सीमाथि कारबाहीका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले चालु आर्थिक वर्षभित्रै कार्यक्रम सन्चालन गर्ने गरी प्रत्येक वडाका फुटपाथमा ढुंगा छाप्न निर्देशन दिएको छ ।
२०७४ असार ७ गते प्रकाशित

- काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोका बुबाको निधन भएको छ ।
महतोको बुबा एक सय वर्षीय खोभारी महतोको सोमबार बिहान सर्लाहीस्थितनिवासमा निधन भएको राजपाका नेता केशव झाले जानकारी दिए ।
बाबुको निधन भएको खबर थाहा पाउनेवित्तिकै राजेन्द्र महतो सर्लाहीतिर प्रस्थान गरेका छन् । राजेन्द्र महतोका बाबु खोभारी महतोको अन्तिम दाहसंस्कार आजै गरिनेछ ।
सर्लाहीको बागमतीस्थित कर्माहीया घाटमा दिउँसो एक बजे अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको नेता झाले जानकारी दिए ।

- काठमाडौँ ।
सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित विगतमा जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहका ३ जनालाई सिआइबीले पक्राउ गरेको हो ।
विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ ।
सञ्चार सेट र पेस्तोल समेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए ।
एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।
नाटकीय शैलीमा यसरी गर्थे अपहरण
सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए ।
आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु¥याइन् ।
फ्ल्याटमा पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए ।
दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी कुटपिट गरेका थिए । पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए ।
जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए ।
त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् ।
त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् ।
युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ
प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन्। उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् ।
शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् ।
तत्कालै पेस्तोल र हत्कडी बोेकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे ।
उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।
२०७४ असार ३ गते प्रकाशित

- काठमाडौं ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।
घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।
घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।

- काठमाडौं ।
पूर्वयुवराज्ञी हिमानी शाहलगायत उनका छोराछोरीले मंगलबार आफ्नो वंशीय कुलदेवको पूजा गरेका छन् । उनीहरु पूजा लगत्तै मंगलबारै पोखरा पुगेका छन् ।
पूर्वयुवराज्ञीसँगै आएका छोरा हृदयन्द्र शाहको ब्रतबन्ध पछि कुल मन्दिरमा गर्नुपर्ने पूजाका लागि शाह छोराछोरीसहित स्याङ्जाको कालिगण्डकी गाउँपालिका अन्र्तगत आलमदेवी मन्दिर गएका थिए ।
उनिहरुले आलमदेवी मन्दिरमा करिब एक घण्टा आलमदेवीको पूजा गरेका थिए । आजको अन्नपूर्णमा खबर छ ।

