
- एजेन्सी।
ग्रीसको दोस्रो ठूलो सहर हो थेस्सालोनिकीमा एउटा ठुलो बम भेटिएको छ । यहाँका जनतालाई वर्षैंदेखि उनीहरु मृत्युको मुखमा बाचिरहेका छन् भन्ने कुरा थाहा थिएन। यहाका बासिन्दाको ज्यान लिने एउटा २ सय २६ किलोको बम यो सहरको एक ग्यास स्टेशनमुनि पुरिएको थियो।
यदि यो बम पड्किएको भए सिंगो सहर नष्ट हुन्थ्यो। फेब्रुअरी २०१७ मा यहाँ ७२ वर्ष पुरानो बम भेटिएको हो । जसको तौल करिब २ सय २६ किलो थियो।
यो बम सहरको मध्यभागमा रहेको ग्यास स्टेशनमा भेटिएको थियो । स्टेशनको फ्युल ट्यांक मर्मतको काम भइरहेको बेला उक्त बम भेटिनासाथ सहरको १.२ माइलको परिभिधित्रका सबै मानिसहरुलाई अन्यत्र सारियो।
त्यसपछि ग्रीक आर्मीले बम डिफ्युज गरेको छ। बम डिफ्युजिङ टिमकका अनुसार यो बम विश्वयुद्धको समय खसालिएको अनुमान गरिएको छ ।





अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ।
विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन्। उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ।’
उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए ।
यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन्। कान्तिपुरमा यो खबर छ।

