
- काठमाडौं ।
रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ ।
मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।
२०७४ असार १४ गते प्रकाशित

- झापा ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान गर्न लाइन बसेका एक वृद्धाको मृत्यु भएको छ । झापामा विहान सात बजेबाट शुरु भएको मतदानमा सहभागी एक वृद्धको मृत्यु भएको छ ।
झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
मतदानका लागि लाइनमा उभिदा बेहोस भइ ढलेका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए।
२०७४ असार १४ गते प्रकाशित

- काठमाडौं ।
माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन्।
प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।
को-को जाने भए मन्त्रीमण्डलमा
माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ ।
यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।
त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।
कसलाई के जिम्मा ?
माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन ।
२०७४ असार ५ गते प्रकाशित

अछाम ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् ।
देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् ।
२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भए पनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।
लामो समयसम्म कांग्रेसमा योगदान पु¥याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमलबजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । सिफारिसपछि १४ वैशाखदेखि काठमाण्डु बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे । देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने । तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो । त्यसपछि बिच्किएका हुन् सुरेन्द्र ।
काठमाण्डुमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए । उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए ।
‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन, तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने ।
‘माओवादी द्वन्द्वकालमा सर्वस्वहरण हुँदा पनि ज्यान बचाएर पार्टीले दिएको जिम्मेवारी परा गरेँ, जनताको घरआँगनबाट बाहिर गइन, दुःख र सुखमा साथ दिएँ, तर पार्टीले मूल्यांकन गरेन, पार्टीको निर्णयले कांग्रेसका इमान्दार कार्यकर्ताको मनमा पनि चोट लागेको छ, उहाँहरुले बागी भएपनि उम्मेदवारी दिन आग्रह गरेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ सुरेन्द्रले भने ।
उनी २०४९ सालमा निर्विरोध गाविस अध्यक्ष भएका थिए । २०५४ सालमा भने उठेनन् । अहिले स्थानीय समितिले उनलाई मेयरमा सिफारिस ग-यो । देउवा आफ्नो पुरानो साथी पनि भएकाले टिकट पाउनेमा उनी निश्चिन्त थिए । देउवाले पनि अर्को विकल्प नभएको भनेपछि उनी झनै हौसिएका थिए । ‘कि त मलाई सुरुमै हुँदैन, टिकट दिँदैनौं भनेको भए मैले जनता र कार्यकर्तालाई त्यहीअनुसार कुरा गर्न सक्थेँ, मेरो सबै तयारी पनि भयो अनि टिकटचाहिँ जनाधार नभएको व्यक्तिलाई दिइयो, जानाजानी यस्तो अन्याय कसरी सहनु ?’ उनले आक्रोश पोखे ।
पत्रकार सम्मेलनमा उनले देउवाप्रति पनि आक्रोश पोखे । ‘देउवा संकटमा रहेका बेला मैले निःस्वार्थ सहयोग गरेँ, तर देउवाले गुण देखेनन्,’ सुरेन्द्रले भने । उनी २०६२ सालमा अछाम जिल्लाको कांग्रेस पार्टी उपसभापति समेत भएका थिए । हाल उनी महासमिति सदस्य छन् ।राजधानी दैनिकमा खबर छ ।
२०७४ जेठ ३१ मा प्रकाशित ।

- सोलुखुम्बु ।
स्थानीय तह निर्वाचन नजिकै जाँदा पुर्बी नेपालमा एमाले भित्र विवाद बढ्दै गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका एमालेमा बागी उम्मेदवार उठेपछि विवाद बाहिर आएको हो ।
एमाले सोलुखुम्बुका पुराना बामपंथी नेता लोचनकुमार शर्मा कटेलले नेचासल्यान गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् ।
नेकपा एमाले सोलुखुम्बुको संस्थापक नेता समेत रहेका शर्मा नेचासल्यान गाउँपालिकामा जनताले पत्याएका पुराना नेताभित्र पर्छन ।
एमाले सोलुखुम्बुले पार्टी उपाध्यक्ष डुफकुमार बास्तोलालाई गाउँ पालिका अध्यक्षको उम्मेद्वारी घोषणा गरेपछि विवाद बढेको हो ।
एमाले नेता रविन्द्र अधिकारीको उपस्थितिमा उम्मेदवार चयन गरिएपछी पार्टीले निरंकुशता लादेको भन्दै शर्मा रुष्ट बनेका थिए ।
तल्लो तहको सुझाब र जनभावना विपरीत पार्टीले निर्णय गरेको भन्दै शर्माले सोमबार नेचाबिहिबारे बजारमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका छन् ।
२०७४ जेठ २९ गते प्रकाशित
२०७४ जेठ २९ गते प्रकाशित

- ललितपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको चुनावपछि एमाले सरकारमा जाने खुलासा गरेका छन् ।
एमालेबाट प्रदेश नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिहरुलाई ललितपुरमा सोमबार संबोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न नसक्ने दावी गरे । अहिले कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो चुनावपछि कसैले नसक्ने उनले जिकिर छ गरे ।
‘कांग्रेस–माओवादी मिलेर हामीलाई प्रतिपक्षमा राखेका छन् । चुनाव पछि कसले मिलेर प्रतिपक्षमा राख्दोरहेछ ?’ उनले भने ‘अब तपाईहरुको गाडी धेरै गुड्दैन । दुई चार महिना गुड्ने हो ।’ एमाले नेतृत्वमा सरकार बनेपछि युरेनियम प्रशोधन गर्ने पनि उनले बताए । ‘हामीसँग युरेनियम छ । हाम्रा छिमेकी मित्रले चित्त नदुखाउन् चाहिन्छ भने किने हुन्छ’ उनले भने, ‘अहिले सेनालाई जिम्मा दिएको छ । सरकार बनेपछि युरेनियम निकाल्छौं ।’

- काठमाडौं ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका छन् । दुवै छोरा उम्मेदवार बनेपछि आमा मायादेवीले निवार्चन नै बहिष्कार घोषणा गरेकी छन्।
नयाँ पत्रिका दैनिकका अनुसार रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइ एकै पदमा उठेपछि परिवारमा भने कसलाई भोट दिने भन्ने सकस परेको छ ।
‘कान्छाले आएर उम्मेदवार बनेको सुनायो, एकै पदमा नउठ भनेको मानेनन्,’ आमा मायादेवीले भनिन्, ‘पक्षपात गर्न मिलेन , बरु भोट दिन नै जान्नँ ।’ उनीहरुका ६५ वर्षीय जेठा दाजु चन्द्रप्रसादले दुवै भाइहरु उम्मेदवार बनेपछि अलमलमा परेको बताए ।
२०७४ जेठ २९ गते प्रकाशित

- सर्लाही।
सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनताले आइतबार संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् ।
संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पुनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेका हुन् ।
सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए।
मधुवन गोटको खडक खण्डमा जनताले गाडी तेर्साएर, काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थिए।
गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थिए ।
प्रहरी स्कटिङमा यादव सभा स्थल पुगेपछि स्थानियहरुले कालो झण्डा लिएर सभामा प्रवेश गर्दा दोहरो झडप भएको थियो । सभा स्थलमा केही बेर दोहोरो ढुङ्गा हाना हान समेत भएको थियो ।
प्रदर्शनकारीहरूले माईक लगाएर अध्यक्ष यादवको बिरोध गर्नुका साथै यादवको कार्यक्रममा लगाएको माईकको तार काटिदिएपछि कार्यक्रम केही बेर अवरोध भएको थियो ।
झडप भएलगतै प्रहरीले बिरोध गरिरहेका प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।
कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् ।
आक्रमणबाट गाडीको सिशाहरु फुटेका छन्। कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका छन्।
प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।
२०७४ जेठ २८ गते प्रकाशित

- सोलुखुम्बु ।
ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनलाई जनसरकारको निर्वाचन भएको बताएका छन् ।
जनताका प्रतिनिधिले सरकार चलाउनुपर्छ भन्दा कांग्रेस एमालेले मानेनन्
सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुले जनयुद्धको समयमा सञ्चालन गर्न खोजेको जनसरकार पनी अहिले स्थानीय तह सरकार जस्तै भएको बताएका छन् ।
उनले भने ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो ।'
प्रचण्डले यो निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा नभएर जनताले जितेको बताएका छन् । 'गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् ।' उनले भने ।
आफ्नो सरकारले नमूनायोग्य काम गरेको दाबी
यस्तै प्रचण्डले चुनौतिपूर्ण समयमा बनेको आफ्न्नो नेतृत्वको सरकारले नमूनायोग्य काम गरेकोबताएका छन् । उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं ।'
आफु प्रधानमन्त्री नभएको भए देशमा यी ७ कुरा सम्भब थिएन
प्रचण्डले आफु प्रधानमन्त्री भएका कारण देशमा ७ वटा महत्वपूर्ण कुराहरु भएको बताएका छन्। उनले आफु प्रधानमन्त्री भएका कारण देशको राष्ट्रिय एकता जोगिएको बताएका छन्।
आफु प्रधानमन्त्री भएकै कारण नेपालमा फास्ट ट्रयाक बन्ने बाताबरण बनेको, भारत र चीनबीच सन्तुलित सम्बन्ध बनेको, १८ घण्टासम्मको लोडसेडिङ अन्त्यभएको, ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५%पुगेको, विकास आयोजनाहरुले तिब्रता पाएको, विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गरेको बताएका छन्।
यस्तै प्रचण्डले आफिहरुले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएको बताएका छन् । आफु प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों नराखेको बताएका छन् ।
प्रदेश र संघमा माओवादी पहिलो पार्टी बन्छ
प्रचण्डले अबको ध्यान पार्टी निर्माणमा दिने र प्रदेश तथा सङ्घको निर्वाचनसम्म माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेको बताएका छन्। उनले अरुले कुहेको पीठो बेचिरहेका र आफुले गुणस्तरीय चामल बेचिरहेको हुनाले जनताले माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने बताएका छन् ।
सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताए ।
जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कांग्रेस एमाले परित्याग गरी १ सय बढी माओवादीमा प्रवेश
यस्ती सोलुखुम्बुको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राई र एमालेबाट टेकबहादुर राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।

संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पाटीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेका छन् । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको नयाँ पत्रिकामा खबर छ ।

