
- काठमाडौं ।
रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ ।
मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।
२०७४ असार १४ गते प्रकाशित

- झापा ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान गर्न लाइन बसेका एक वृद्धाको मृत्यु भएको छ । झापामा विहान सात बजेबाट शुरु भएको मतदानमा सहभागी एक वृद्धको मृत्यु भएको छ ।
झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
मतदानका लागि लाइनमा उभिदा बेहोस भइ ढलेका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए।
२०७४ असार १४ गते प्रकाशित

- काठमाडौं ।
माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन्।
प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।
को-को जाने भए मन्त्रीमण्डलमा
माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ ।
यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।
त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।
कसलाई के जिम्मा ?
माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन ।
२०७४ असार ५ गते प्रकाशित

- सोलुखुम्बु ।
स्थानीय तह निर्वाचन नजिकै जाँदा पुर्बी नेपालमा एमाले भित्र विवाद बढ्दै गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका एमालेमा बागी उम्मेदवार उठेपछि विवाद बाहिर आएको हो ।
एमाले सोलुखुम्बुका पुराना बामपंथी नेता लोचनकुमार शर्मा कटेलले नेचासल्यान गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् ।
नेकपा एमाले सोलुखुम्बुको संस्थापक नेता समेत रहेका शर्मा नेचासल्यान गाउँपालिकामा जनताले पत्याएका पुराना नेताभित्र पर्छन ।
एमाले सोलुखुम्बुले पार्टी उपाध्यक्ष डुफकुमार बास्तोलालाई गाउँ पालिका अध्यक्षको उम्मेद्वारी घोषणा गरेपछि विवाद बढेको हो ।
एमाले नेता रविन्द्र अधिकारीको उपस्थितिमा उम्मेदवार चयन गरिएपछी पार्टीले निरंकुशता लादेको भन्दै शर्मा रुष्ट बनेका थिए ।
तल्लो तहको सुझाब र जनभावना विपरीत पार्टीले निर्णय गरेको भन्दै शर्माले सोमबार नेचाबिहिबारे बजारमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका छन् ।
२०७४ जेठ २९ गते प्रकाशित
२०७४ जेठ २९ गते प्रकाशित

- सर्लाही।
सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनताले आइतबार संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् ।
संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पुनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेका हुन् ।
सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए।
मधुवन गोटको खडक खण्डमा जनताले गाडी तेर्साएर, काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थिए।
गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थिए ।
प्रहरी स्कटिङमा यादव सभा स्थल पुगेपछि स्थानियहरुले कालो झण्डा लिएर सभामा प्रवेश गर्दा दोहरो झडप भएको थियो । सभा स्थलमा केही बेर दोहोरो ढुङ्गा हाना हान समेत भएको थियो ।
प्रदर्शनकारीहरूले माईक लगाएर अध्यक्ष यादवको बिरोध गर्नुका साथै यादवको कार्यक्रममा लगाएको माईकको तार काटिदिएपछि कार्यक्रम केही बेर अवरोध भएको थियो ।
झडप भएलगतै प्रहरीले बिरोध गरिरहेका प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।
कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् ।
आक्रमणबाट गाडीको सिशाहरु फुटेका छन्। कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका छन्।
प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।
२०७४ जेठ २८ गते प्रकाशित

- सोलुखुम्बु ।
ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनलाई जनसरकारको निर्वाचन भएको बताएका छन् ।
जनताका प्रतिनिधिले सरकार चलाउनुपर्छ भन्दा कांग्रेस एमालेले मानेनन्
सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुले जनयुद्धको समयमा सञ्चालन गर्न खोजेको जनसरकार पनी अहिले स्थानीय तह सरकार जस्तै भएको बताएका छन् ।
उनले भने ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो ।'
प्रचण्डले यो निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा नभएर जनताले जितेको बताएका छन् । 'गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् ।' उनले भने ।
आफ्नो सरकारले नमूनायोग्य काम गरेको दाबी
यस्तै प्रचण्डले चुनौतिपूर्ण समयमा बनेको आफ्न्नो नेतृत्वको सरकारले नमूनायोग्य काम गरेकोबताएका छन् । उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं ।'
आफु प्रधानमन्त्री नभएको भए देशमा यी ७ कुरा सम्भब थिएन
प्रचण्डले आफु प्रधानमन्त्री भएका कारण देशमा ७ वटा महत्वपूर्ण कुराहरु भएको बताएका छन्। उनले आफु प्रधानमन्त्री भएका कारण देशको राष्ट्रिय एकता जोगिएको बताएका छन्।
आफु प्रधानमन्त्री भएकै कारण नेपालमा फास्ट ट्रयाक बन्ने बाताबरण बनेको, भारत र चीनबीच सन्तुलित सम्बन्ध बनेको, १८ घण्टासम्मको लोडसेडिङ अन्त्यभएको, ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५%पुगेको, विकास आयोजनाहरुले तिब्रता पाएको, विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गरेको बताएका छन्।
यस्तै प्रचण्डले आफिहरुले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएको बताएका छन् । आफु प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों नराखेको बताएका छन् ।
प्रदेश र संघमा माओवादी पहिलो पार्टी बन्छ
प्रचण्डले अबको ध्यान पार्टी निर्माणमा दिने र प्रदेश तथा सङ्घको निर्वाचनसम्म माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेको बताएका छन्। उनले अरुले कुहेको पीठो बेचिरहेका र आफुले गुणस्तरीय चामल बेचिरहेको हुनाले जनताले माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने बताएका छन् ।
सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताए ।
जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कांग्रेस एमाले परित्याग गरी १ सय बढी माओवादीमा प्रवेश
यस्ती सोलुखुम्बुको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राई र एमालेबाट टेकबहादुर राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।

- राजिब चन्द।
काठमाडौँ ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, समर्थक, र शुभ चिन्तकहरुका घर-घरै प्रहरीले छापा मार्न सुरु गरेको छ।
पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइसकेर अर्को चरणको निर्वाचन तयारी भइरहेका बेला निर्वाचन बहिष्कार अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका कार्यकर्ताका घर, कोठामा प्रहरीले खोजी-खोजी छापा मार्न थालेको हो ।
यसै क्रममा कम्युनिष्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य कुवेर घिमिरेको बालुवाटार स्थित कोठामा प्रहरीले छापा मारेको छ ।
घिमिरेले इमान्दार मिडियालाई टेलिफोन गरी दिएको जानकारीअनुसार प्रहरीले उनको कोठामा हतियार रहेको भन्दै छापा मारेको हो ।
प्रहरीले यसरी हतियार राखेको भन्दै कार्यकर्ताका कोठा र घरमा छापा मार्दै जनतामा आतंक मच्चाउन सुरु गरेको घिमिरेको आरोप छ ।
यस्तै आजै प्रहरीले कलंकी क्षेत्रमा रहेका कम्युनिष्ट पार्टी कार्यकर्ताका घर कोठामा छापा मार्दै कार्यकर्ताका परिवारहरुलाई आतंकित पार्ने, र यो पार्टीमा लाग्नु हुन्न भन्दै धम्क्याउने गरेको घिमिरेको आरोप छ ।
२०७४ जेठ १७ गते प्रकाशित

- चितवन।
नेकपा एमालेले आइतबार रातिदेखि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना तुरुन्त सुरु गर्न माग गरेको छ । नेकपा एमाले चितवनले सोमबार पत्रकार सम्मेलन गरी मतगणना सुरु गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा भएको घट्नाको विरोध गर्दै जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न नमिल्ने भन्दै जनमतको कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने बताए ।
यसैबीच एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम भएका बेला गतराति दलकै प्रतिधिले मत्रपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ ।
मतपत्र कसले च्यातेको हो भन्ने प्रष्ट नभएपनि प्रतिश्पर्धी एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई दोष दिइरहेका छन् ।


- चितवन।
आइतबार राती मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना बारे चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले आधिकारिक धारणा सार्बजनिक गरेको छ ।
आयोगले मध्यराति नै एक सूचना प्रकाशित गरी भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।

काठमाडौं ।
पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारुढ माओवादी केन्द्रको परिणाम शुन्य भएको छ ।
माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङर ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका गाउँपालिका प्रमुखमा समेत खाता खोल्न सकेन ।
त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौं, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन ।
माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरि २ मा वडाध्यक्षमात्रै जितेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।
माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङर ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका गाउँपालिका प्रमुखमा समेत खाता खोल्न सकेन ।
त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौं, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन ।
माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरि २ मा वडाध्यक्षमात्रै जितेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।


