
- काठमाडौँ ।
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको छ।
समाज कल्याण परिषद लैनचौरमा एक कार्यक्रमबीच भएको यस “एकिकृत विकास कार्यक्रम नेपाल” नामक परियोजना सम्झौतामा कतार च्यारिटीको तर्फबाट कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिब र समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले हस्ताक्षर गरेका छन।
पाँच बर्षिय परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, जिविकोपार्जन, र उद्यमशिलताका कार्यक्रमहरु रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिबले बताएका छन।
'परियोजनाले सिपमुलक व्यावसायिक तालिमबाट युवाहरु मा क्षमता विकास गर्दै स्वरोजगार र उद्यमशिलताका लागि साना तथा मझौला व्यवसाय स्थापनामा सहयोग गर्ने, साथै स्वास्थ्य, सरसफाई तथा खाने पानी परियोजनाले आवस्यकता बमोजिम संस्थागत तथा घरायसी खाने पानीका सुविधाहरुमा सहयोग गर्ने उद्देश्य लिएको छ ' कतार च्यारिटीका डाइरेक्टर साकिबले बताए।
कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको परिषदका सदस्य सचिव भट्टले बताए। अरब मुलुकको गैह्र सरकारी संस्था नेपाल बिधिवत रुपमा सरकार संग अनुमति लिएर काम गर्न लागेको यो पहिलो संस्था भएको परिषदले जनाएको छ ।
शैक्षिक संस्थामा सुरक्षित र स्वस्थ वातावरणका लागि यो परियोजना केन्द्रित रहेको कतार च्यारिटीका परियोजना व्यवस्थापक इर्शाद शेखले बिजपाटीलाई बताएका छन।'
कतार च्यारिटीको सामुदायिक पुर्वाधार विकासका कार्यक्रमहरुले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सम्पन्नताका लागि बिशेष ध्यान दिने छ' च्यारिटीका व्यवस्थापक शेखले भने।
यस परियोजनाले गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथ बालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग समेत गर्ने उनले बताए।
यस परियोजनाले गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथ बालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग समेत गर्ने उनले बताए।
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
२०७४ जेठ २४ गते प्रकाशित
२०७४ जेठ २४ गते प्रकाशित

कतार ।
नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार ( नयाँ शक्ति कतार ) को जनजाती विभागको अधिबेशन यहि जुन २७ मा गर्ने हुने भएको छ ।
मे १९ मा २०१७ दोहाको नेपाली भान्सा घरको रेस्टुरेन्टमा बसेको बैठकले अधिवेशनको मिती तय गरेको
जनजाती विभाग संयोजक दिलिप लोप्चनले बताए ।
विभागको बैठक नयाँ शक्ति कतारका सम्योजक बि बि खरालको प्रमुख अतिथ्यमा बसेको हो । बैठकले १५ सदस्य अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
अधिवेशनलाई भब्यरुपमा सम्पन्न गर्न प्रमुख अतिथिमा जनजाती विभागले नयाँ शक्ति पार्टी नेपालका संघीय मामिला सम्यन्त्रका संयोजक नेता पर्शुराम तामाङ र बिशेष अतिथिमा बेलायत स्थित नेता कर्म पहाडीलाई बोलाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सम्पुर्ण जनजाती नेताहरुलाइ अधिवेशन सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट खट्न आग्रह गर्दै कतार पार्टी पदाधिकारीले सचिबमा राम सेन्जेल र नबिराज खानलाई जिम्मेवारी दिने निर्णय गरेकोमा स्वागत गरेको छ।
यस्तै पार्टी भित्रको अराजकता बिरुद्ध जनजाति विभाग मौन नबस्ने बताउदै नयाँ शक्ति कतारलाई अझ शशक्त सुदृढ र मजबुत गराउने निर्णय गरेको छ ।

- विजय थापा,वाशिंगटन डिसी ।
गत मे १४ तारिख बाल्टिमोरमा दि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिका (एएनए )ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ ।
उत्सवको मुख्य उद्देश्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनर्जीवन दिने, बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने तथा विशेष कार्यक्रम तथा रोमान्चक कार्यक्रमको घोषणा गरिने पूर्व जानकारी गराए अनुसार एएनए का पदाधिकारीले बिशेष जानकारी गराए ।
यसको साथै कोष वृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त भेलामा डिसी महानगर क्षेत्रका बिभिन्न व्यक्तित्वहरु ,संघ संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजक तथा पदाधिकारीहरुले आफ्नो मन्तब्यको साथै उपस्थित बिभिन्न व्यक्तिहरुले शुभकामनाको साथै सुझाव दिएका थिए ।
कार्यक्रममा एएनएका अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएकोले युवाहरुलाई तयार हुन् आग्रह गर्दै अमेरिकामा जन्मेका दोश्रा पुस्ता लाई लक्षित विशेष कार्यक्रम ल्याएर उनीहरुलाई नेपालको सेवा गराउने समेत गर्ने बताए । अधिकारीले अगाडी भने एएनए संग म्यापिङ्ग दि रुट्स (मार्ग को नक्शा बनाउने) भन्ने कार्यक्रम को सोचमा रहेको बताए ।
महावाणिज्य दूत प्रेम राजा महतले झन्डै १० बर्ष पछि बाल्टिमोरमा हुन् लागेको सम्मेलनलाई शुभकामना दिंदै सबै जना एक जुट हुन् आग्रह गरे । बाल्टिमोर एएनए सम्मेलनका सम्मेलन संयोजक विजय श्रेष्ठले सबै एक जुट हुनु पर्ने भन्दै सबैले होस्टेमा हैसे गर्न आग्रह गरे ।
यसै गरि एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले डिसी महानगर क्षेत्रका सबै वर्ग तथा नेपाली समुदायलाई एएनए युनिटी गाला (एकता समारोह)लाई सहयोग गर्ने र सद्भाव देखाउने सबैलाई कृतज्ञता ज्ञापन गरे ।
यसको साथै सन् १९८३ मा स्थापित एएनएले निर्वाचन आगामी जुन महिना भित्र समेत गर्ने भएको छ भने एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि )को नेतृत्वमा ३ समिति समेत गठन गरिएको छ । कार्यक्रम नेपाल हाउस चमेना गृहमा भएको थियो ।

लन्डनको ट्राफलगर स्क्वायरमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउन आइतबार करीब पाँच सय नेपालीहरु भेला भएका थिए।
भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएको आयोजकहरुले बताए।
बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। बुद्ध फाउण्डेसन युके, लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र कपिलवस्तु समाज युकेको सहकार्यमा बुद्ध जयन्ती मनाइएको थियो।
ब्रिटेनका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले विश्व आतंकवादले त्रसित भइरहंदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उल्लेख गरे ।
ब्रिटेनको लेबर पार्टीकी पूर्व सांसद सीमा मल्होत्राले विश्व शान्तिकालागि बुद्धको सन्देश अरु बढी सान्दर्भिक भएको बताइन्। उक्त अवसरमा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए।
कार्यक्रमका क्रममा सूर्यास्तको समयमा नेपालको नक्साको आकृतिभित्र दीप प्रज्वलन गरिएको थियो। भूतपूर्व गोर्खा सैनिकका परिवारसहित ब्रिटेनका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु कार्यक्रममा सहभागी हुन लण्डन पुगेका थिए।

- भूपराज बस्याल,युएई ।
स्थानीय चुनावमा भाग लिन प्रबासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।
चुनाव र बुद्ध जयन्तीलाई मध्यनजर गर्दै मे ५ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।
नेपालको महत्त्वपूर्ण चुनावमा प्रबासमा रहेका नेपालीहरुलाइ पनि भोट हाल्न नेपाल जानको लागि एयरलाइन्सले यस्तो विशेष ब्यबस्था गरेको पौडेलकाे भनाइ छ । अन्य समय भन्दा विशेष छुट सहित एघार सय दिराममा आउने जाने दुई तर्फि टिकटको ब्यबस्था गरेको उनले बताए ।
दुबई ट्रमिनल २ बाट आइतबार,सोमबार ,बुधबार र शुक्रबार नेपालकोलागि एयलान्सले उडान भर्दै आएको छ भने उडानको समयमा खाना पानीको ब्यबस्था जहाजमा गरिएको छ ।

कतारमा स्थापित नेपाली व्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘क्यापिटल पुलिस’ को थुनामा राखिएको छ ।
दुबईबाट फर्किने क्रममा उनलाई हमाद विमानस्थलबाट पक्राउ गरिएको हो । कतारमा उनले सञ्चालन गर्दै आएको ‘कतार मेड सर्भिस कम्पनी’ क्लिनिङको क्षेत्रमा स्थापित छ ।
झन्डै एक दशकदेखि व्यवसायी गदै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए । उनले ‘स्टाफ सोर्स इन्टरनेशन’ मार्फत कतार एयरवेजलाई कामदार आपुर्ति गर्थे । त्यस वापत एयरवेजले प्रति कामदारको कमिसन दिने गर्छ ।
श्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । कतार मेड सर्भिसमा नेपाली र फिलिपिनो गरी दुई सयभन्दा बढी क्लिनर महिला कामदार छन् ।
उनीहरुलाई कतारी, वेलायती लगायतका घरमा सफाई गर्न पठाउने गरिन्छ । कम्पनीले एक घण्टा बापत ५० रियाल (करिव १५ सय रुपैयाँ) लिने गरेको छ ।
नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सृजना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ ।
उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपुर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन् ।
श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरीकलाई जिम्मा दिइएको छ ।
कतारमा कार्यरत नेपाली ब्यबसायीहरुका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो । श्रेष्ठको परिवारले यसबारे केही बताएको छैन । चेकमा उल्लेख भएको रकम बुझाएर उनी बाहिर निस्कने प्रयासमा छन् ।
बेलायती राहदानी बोकेको हुनाले यस प्रकरणलाई नेपाली दूतावासले हेरेको छैन । श्रेष्ठ कतारमा आउँदा बेलायतमा होटल व्यवसायी थिए । उनी हङकङबाट वेलायत गएका थिए ।

यसअघि शेर्पा, रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए ।
मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारमान श्रेष्ठ र निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ ।
उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।
कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ ।
उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।
कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ ।
सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए ।
कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ ।

अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ ।
सजाय पाउने नेपालीको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अरवीक दैनिक अलरैयाका अनुसार उनले बिजनेस र कतार आउने भिसा बिक्री गरेको थियो ।
ती नेपालीले एक बर्षको अवधीमा दुई सय आगमन भिसा चार लाख रियाल (एक करोड ८० लाख रुपैया)मा विक्री गरेको अनुसन्धानमा खुलेको वताइएको छ ।

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् ।
यस्तै हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौं।
यस्तै हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौं।
फोन नम्बरः
मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।
जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।
वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।
रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।
क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।
आफ्नो बसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।
आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।
छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।
परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।
बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।
लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

स्विटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ।
समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण शमसेर राणाका नाति सिंहलाई समितिको गरिमामय सल्लाहकार पदमा चयन गरेका हुन् ।
नवनियुक्त सल्लाहकारको सक्रियता तथा सुझाव, सर सल्लाहबाट यस समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने विश्वास गरे ।

