- काठमाडौँ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान दिन जाँदा मुलुकभर ४ जनाको ज्यान गएको छ ।
बिहान मतदान सुरु हुन बितिकै झापाको दमकमा मतदान गर्नका लागि लाइनमा बसेका ८२ बर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको थियो ।
त्यस्तै मतदानका लागि लाइनमा आउँदै गर्दा पाल्पाको बगनासकाली गाउँपालिका– ६ अन्तर्गत यम्घाको लाम्दीमा ६२ वर्षीया कृष्णकुमारी कुमाल र यम्घाको अरनिको आधारभूत विद्यालय केन्द्रमा मतदानकालागि आउँदै गर्दा ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ।
त्यस्तै उदयपुरमा मतदान गरेर फर्कदै गरेका ७० बर्षीय शेरीलाल चौधरीको मृत्यु भएको हो ।
२०७४ असार १४ गते प्रकाशित
केही मानिस असाध्यै घुम्छन् । नीतिज्ञानका अनुसार अधिक भ्रमण गर्ने व्यक्ति छिट्टै बुढा हुन्छन् । साधुसन्तहरू वर्षभरि वनपर्वत घुम्थे तर चतुर्मासको अवधिमा कुनै एक स्थानमा बसेर ध्यान लगाउँथे अनि हरिचर्चा गर्थे ।
सृष्टि सञ्चालनका लागि मैथुन आवश्यक क्रिया हो । शास्त्रहरूमा यसलाई गृहस्थ आश्रमको अभिन्न अंग मानिएको छ । तर अत्यधिक मैथुन गर्ने मान्छे समयअघि नै बुढो हुन्छ अनि उसको तागत र सुन्दरता समेत नष्ट हुन्छ ।
वीर्य संरक्षण र ब्रह्मचर्य पालनलाई महत्व दिनुपर्छ । परिश्रमको फल मीठो हुन्छ र मनमुताबिक सफलता पाउनका लागि परिश्रम गर्नुपर्छ ।
शारीरिक क्षमतालाई ध्यानमा राखेर परिश्रम गर्नू भनी शास्त्रले बताएको छ । यसो नगर्दा तागत र जवानी नष्ट हुन्छ । भगवानलाई खुशी बनाउन धेरै मानिस व्रत र उपवास गर्छन् ।
शास्त्रमा पनि यसलाई महत्व दिइएको छ । तर शरीरले थाम्नसक्ने जत्ति मात्र उपवास गर्नुपर्छ । तन स्वस्थ भए मन स्वस्थ हुन्छ अनि हरिभजन गर्न सकिन्छ ।
मासु रक्सी जस्ता नशाको सेवन गर्ने मानिस रोगले ग्रस्त भएर समयअगावै वृद्ध हुन पुग्छन् ।
पञ्जाब केशरी
- काठमाडौं ।
रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ ।
मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।
२०७४ असार १४ गते प्रकाशित
- झापा ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान गर्न लाइन बसेका एक वृद्धाको मृत्यु भएको छ । झापामा विहान सात बजेबाट शुरु भएको मतदानमा सहभागी एक वृद्धको मृत्यु भएको छ ।
झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
मतदानका लागि लाइनमा उभिदा बेहोस भइ ढलेका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए।
२०७४ असार १४ गते प्रकाशित
- इटहरी ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत एमाले नेता सुवासचन्द्र नेम्बाङले विहानै मतदान गरेका छन् । उनले इलामको बालमन्दिर केन्द्रमा मतदान गरेका हुन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ्ग इलामको बाल्मन्दिर केन्द्रमा मतदान गरेका छन्। उता सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् ।
२०७४ असार १४ गते प्रकाशित
काठमाडौं ।
रुस र अमेरिकाबीचको तनाव बढ्दै गएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया सरकारको लडाकु विमान र ड्रोनलाई खसालेपछि अाक्रोसित बनेको रुसले अमेरिकालाई युद्धको चेतावनी दिइरहेको छ ।
यसक्रममा रुसी लडाकु विमानले अमेरिकी विमानलाई अाकाशमै लखेटेको छ । अन्य देशलाई उत्तजित बनाउँदै अमेरिकी विमान अाकाशमा उड्ने क्रममा बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानलाई रुसी विमानले लखेटेको हो । निकै खतराको दुरी पाँच फिट भन्दा नजिककैबाट रुसी विमानले अमेरिकी विमान ‘आरसी–१३५’ लाई लखेटेको थियो ।
अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण लखेट्नु परेको रुसी सेनाले बताएको छ । मस्कोस्थित रुसी सञ्चारमाध्यमका अनुसार रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएपछि रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।
रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेपछि रुस झन् अाक्रोसित बनेको हो । अाफ्नो लडाकु विमानलाई रुसले लखेटेको खबरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तनावमा रहेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
- दार्जिलिङ ।
दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् ।
दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति मोर्चालाई केही दिनको समय दिइएको छ । तर गोर्खाल्याण्डको माग गर्दै विगत केही दिनदेखिको अनिश्चितकालिन पहाड बन्दको कार्यक्रम यथावत राखिने उक्त बैठकले निर्णय गरेको बैठकमा सहभागी एकजना नेता पी अर्जुनले जानकारी दिए ।
गोर्खाल्याण्डको मागका विषयमा छिटै दार्जिलिङको सर्वदलीय टोली दिल्ली जाने उक्त बैठकले निर्णय गरेको उहाँले जानकारी दिए । उनले भने, ‘जिटिएको व्यवस्था खारेज नहुन्जेल गोर्खाल्याण्डको माग अगाडि नबढ्ने देखिएको हुनाले उक्त व्यवस्था खारेज गर्ने बैठकले निर्णय गरेको हो ।’
उनले दार्जिलिङबाट सेना र पुलिसको ज्यादती बन्द हुनुपर्ने बताए । बैठकबारे बताउँदै पी अर्जुनले भने, ‘हामी शान्ति चाहन्छौं । तर सुरक्षाकर्मीको बर्बता बन्द हुनुपर्छ । जथाभावी दार्जिलिङबासीलाई पक्राउ गर्ने काम बन्द गरिनुपर्छ ।’ उनले दार्जिलिङमा गरिएको इन्टरनेट सेवासमेत सुचारु गरिनुपर्ने बताए ।
दार्जिलिङमा भएको सर्वदलीय बैठकले आगामी जुन २२ तारेख सिलिगुडीमा पश्चिम बंगाल सरकारले बोलाएको बैठकमा नेपालीभाषीहरुको कुनै पनि दल सहभागी नहुने निर्णय गरेको छ । तर आगामी २४ तारेख नेपाली भाषीहरुका दलहरुको सर्वदलीय बैठक भने आयोजना गरिएको बताइएको छ ।
गोर्खाल्याण्डको मागलाई देशव्यापी बनाउन ‘अल इन्डिया कोअर्डिनेसन कमिटि फर गोर्खाल्याण्ड’ गठन गरी भारतमा बसोबास गर्ने नेपालीभाषीलाई उक्त मागमा गोलबन्द गराउने निर्णयसमेत उक्त बैठकले गरेको छ ।
बैठकमा सहभागी नेपाली भाषीका दलका नेताले अहिले चलिरहेको आन्दोलन कुनै जात विशेषको नभइ राज्य सरकारको आन्दोलनलाई दमन गर्ने नीति विरुद्ध भएको बताएका छन् ।
बैठक चलिरहँदा बैठकस्थल बाहिर स्थानीयबासीले गोर्खाल्याण्डको पक्षमा चर्का नाराबाजी गरेका थिए । बैठकमा केन्द्र सरकारको नेतृत्व गरेको दल भारतीय जनता पार्टीसमेत सहभागी भएको बताइएको छ । तर उक्त बैठकमा राज्य सरकारको नेतृत्व गरिरहेको त्रिणमूल कंग्रेस भने सहभागी भएन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
सन् २०११ मा नेपाली भाषी बहुल क्षेत्र दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ गठन भएको हो । दार्जिलिङमा बिकासका काम गर्नका लागि भनेर उक्त व्यवस्था केन्द्र सरकार, राज्य सरकार र त्यो बेलाको गोर्खाल्याण्ड आन्दोलनको नेतृत्वकर्ता गोर्खा जनमुक्ति मोर्चावीच त्रिपक्षीय सहमति भएर लागु भएको थियो ।
२०७४ असार ७ गते प्रकाशित
- काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौँ महानगर भित्रका जेष्ठ नागरिकलाई १२ हजार बृध भत्ता दिने निर्णय गरेका छन् ।
चुनावी अभियानको क्रममा काठमाडौं महानगरपालिकाभित्र बस्ने जेष्ठ नागरले पाउँदै अाएको भत्तामा वृद्धि गर्ने प्रतिवद्धता जनाएका थिए ।
बिद्यासुन्दरको प्रतिबद्दता अनुसार मंगलबार बसेको कार्यापालिकाको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ नागरिकहरुलाई १२ हजार दिने निर्णय गरेको हो । यसअघि १० हजार दिइदै अाइएको थियो ।
त्यसैगरी बैठकले काठमाडौँका सडकमा सवारी भीड तथा प्रदूषण नियन्त्रण गर्न भूकम्पपीडितका लागि १५ सय ट्याक्सी थप्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ भने थोत्रा ट्याक्सी हटाउन माग अनुरोध गरेको छ।
यस्तै काठमाडौँ भित्र मिटरमा नहिँड्ने ट्याक्सीमाथि कारबाहीका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले चालु आर्थिक वर्षभित्रै कार्यक्रम सन्चालन गर्ने गरी प्रत्येक वडाका फुटपाथमा ढुंगा छाप्न निर्देशन दिएको छ ।
२०७४ असार ७ गते प्रकाशित
- कल्पना चिलवाल
अाजसम्म
हामीले चिनेकाे
सबैभन्दा ठुलाे
शत्रु हाे सरकार
जसले
अाफ्नाे प्रत्येक अवतारमा
पुरानै शासनकाे
नयाँ जाल बुन्छ र
अधिकारकाे जलराशीबाट
सर्लक्क झिकेर
हामीलाई सिद्रा बनाँछ
जुन सिद्रा
राजनीतिक सङ्कटकालमा सरकार
सुप बनाएर पिउँछ र
प्रत्यागमित शक्तिले
फेरि हामीमाथि पुरानै ढर्राकाे शासन गर्छ
जुन शासन
कहिले काेर्रा , कहिले जेल र कहिले बन्दुक बन्छ
र हामीमाथि बर्सन्छ
याे भूमिमा
श्री ३ र श्री ५ का
काेर्रा परेकाे ज्यानले
बहुदलमा फेरि
उस्तै ताडना पाउँछ
भाेकाे पेटमा
गणतन्त्रले पनि
केही चाराे नहाल्दा
अल्पायुमा नै प्राणपखेरू
भूर्र उडेर जान्छ
सरकार
एउटा भाइलाई बर्दीमा पाल्छ र
अर्को भाइलाई बिद्रोही बनाएर
गाेली ठाेक्न लगाउँछ
सरकार
चाैरीकाे गर्दनबाट
रगत झिकेजसरि
कुरूप व्यवस्थाकाे भाँडाेमा
मानव रगत भर्छ
जुन रगत
कहिले सहिदको ज्यानबाट झिक्छ
कहिले गरिबकाे करबाट लिन्छ
कहिले पसिनाकाे रिमिट्यान्सबाट बटुल्छ
कहिले देशकाे सम्पदा लुटेर थुपार्छ
र अाफ्नाे अतृप्त रक्त प्यास बुझाउँछ
यी सब
कुशासन बदल्छु भनेर
जाे जाे सिँहदरबार गए
सपाट ती अाफै बदलिएर
सनातनी सरकारजस्तै भए
याे देशमा
कहिल्यै
अमृत बन्न नसकेको
हाम्रालागि बीस हाे
सरकार
अाजसम्म
हामीले चिनेको
सबैभन्दा ठुलाे
शत्रु हाे सरकार ।
- हेटौडा ।
हेटौडा-काठमाडौं जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण भइरहेको कान्तिलोकमार्गमा मोतिदान कन्ट्रक्नसले जिल्लाकै नमुना पिच गर्न सुरु गरेको छ ।
देशका मुख्य राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन लोकमार्ग परेपनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आइरहेको थियो ।
हेटौडा–काठमाडौं जोड्ने कान्तिलोकमार्गको पहिलो पिच हेटौडाको चुच्चेखोलाबाट सुरु गरिएको छ । काठमाडौं जोड्ने मार्गको दोस्रो अन्तर्गत गर्ने चुच्चेखोलादेखि जितपुरभन्ज्याङसम्मको कूल १५.५ किमि खण्डमा मोतिदान कन्ट्रक्सनले काम गरिरहेको छ ।
सो कन्ट्रक्नसले अन्तर्राष्ट्रिय गुणस्तरको पिच गर्ने कार्य सुरु गरेको प्रबन्ध निर्देशक विकास गौतमले बताए । गौतमका अनुसार डिभिजन सडक कार्यालयका प्रतिनिधिहरुको रोहवरमा अन्तर्राष्ट्रियस्तरको पिच गरिएको छ।
उक्त सडकमा दोहोरो भारबाहक सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने बाक्लो पिच राखिएको छ । पिच गर्नको लागि आवश्यक अलकत्राको तापक्रम समेत व्यवस्थापन गरिएको गौतमले बताए ।
कम्पनीले पिचको गुणस्तर न्यून हुन नदिन कम्पनीको तर्फबाट समेत इन्जिनियर खटाएर काम गरिरहेको छ । उक्त सडक पिच गर्नको लागि २ ग्रेडर, २ लोलर ४ वाटर ट्याङ्क, २ ट्रीभेटर, १ वटा पेवर्क, १०० जना दक्ष जनशक्ति परिचालन गरिएको छ ।
डिभिजन सडक कार्यालयका इन्जिनियर रमेश कुमार पाण्डेले अनुगमन गरिरहेको आयोजना जतिसक्दो चाँडो सम्पन्न गर्न लक्ष्यसाथ अघि बढिरहेको गौतमले बताए ।
कामको गुणस्तरबारे स्थानीय समेत खुशी भएका छन् । हेटौँडा–६ उत्सव चौलागाईले बताए । सडक आयोजना निर्माणले मकवानपुरको दुर्गम क्षेत्रमा समेत औद्योगिकरणको सम्भावना अगाडि आएको भन्दै स्थानीयबासी समेत खुशी भएका छन् ।
२०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले काम गरिरहेका छन् ।
२०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौँडादेखि मकवानपुरगढीसम्म चालु आव ०७३÷०७४ मै कालोपत्रे गरिने योजना छ ।
- काठमाडौं ।
माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन्।
प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।
को-को जाने भए मन्त्रीमण्डलमा
माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ ।
यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।
त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।
कसलाई के जिम्मा ?
माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन ।
२०७४ असार ५ गते प्रकाशित
- काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोका बुबाको निधन भएको छ ।
महतोको बुबा एक सय वर्षीय खोभारी महतोको सोमबार बिहान सर्लाहीस्थितनिवासमा निधन भएको राजपाका नेता केशव झाले जानकारी दिए ।
बाबुको निधन भएको खबर थाहा पाउनेवित्तिकै राजेन्द्र महतो सर्लाहीतिर प्रस्थान गरेका छन् । राजेन्द्र महतोका बाबु खोभारी महतोको अन्तिम दाहसंस्कार आजै गरिनेछ ।
सर्लाहीको बागमतीस्थित कर्माहीया घाटमा दिउँसो एक बजे अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको नेता झाले जानकारी दिए ।
यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो । खासगरी बैबाहिक जीवनमा यौन सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ ।
यौनिकरुपमा सन्तुष्ट हुने जोडीहरु जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः
राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।
२ सँधै नशामा रहनुः
यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीः
यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगः
यदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ । यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस् ।
५ राति अवेर सम्म कामः
कार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ । शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ ।
राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ ।यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ ।
- लण्डन ।
भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ ।
आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो ।
जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो ।
भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए ।
कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो ।
उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे । अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हाले ।
पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्डे बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए । आजमले ४६ रनको योगदान दिए ।
खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।
- काठमाडौँ ।
सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित विगतमा जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहका ३ जनालाई सिआइबीले पक्राउ गरेको हो ।
विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ ।
सञ्चार सेट र पेस्तोल समेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए ।
एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।
नाटकीय शैलीमा यसरी गर्थे अपहरण
सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए ।
आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु¥याइन् ।
फ्ल्याटमा पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए ।
दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी कुटपिट गरेका थिए । पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए ।
जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए ।
त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् ।
त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् ।
युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ
प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन्। उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् ।
शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् ।
तत्कालै पेस्तोल र हत्कडी बोेकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे ।
उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।
२०७४ असार ३ गते प्रकाशित
सोसल नेटवर्किंङ साइट फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।
फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामाग्रीहरु पस्किनेछ ।
फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ ।
साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्वीरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।
अर्थात् यदि तपाइँले फेसबुकमा कसैले राखेको तस्वीर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाइँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाइँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्वीर पनि देखाइदिनेछ ।
तर यदि तपाइँले कुनै तस्वीर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाइँको न्यूजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बनद गर्नेछ ।
विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ । यद्यपि, फेसबुकले आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
एजेन्सी
- काठमाडौं ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।
घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।
घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।
- काठमाडौं ।
उद्दारमा जुटेका पाँच सैनिक पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउने क्रममा सैनिकको मृत्यु भएको हो ।
बंगलादेशको दक्षिण पूर्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।
पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्दार कार्यमा समेत कठिनाई भएको बताइएको छ ।
बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।
वर्षा अझै केही दिन लम्बिन सक्ने मौसमविदहरुले चेतावनी दिएका छन् ।
- काठमाडौं ।
पूर्वयुवराज्ञी हिमानी शाहलगायत उनका छोराछोरीले मंगलबार आफ्नो वंशीय कुलदेवको पूजा गरेका छन् । उनीहरु पूजा लगत्तै मंगलबारै पोखरा पुगेका छन् ।
पूर्वयुवराज्ञीसँगै आएका छोरा हृदयन्द्र शाहको ब्रतबन्ध पछि कुल मन्दिरमा गर्नुपर्ने पूजाका लागि शाह छोराछोरीसहित स्याङ्जाको कालिगण्डकी गाउँपालिका अन्र्तगत आलमदेवी मन्दिर गएका थिए ।
उनिहरुले आलमदेवी मन्दिरमा करिब एक घण्टा आलमदेवीको पूजा गरेका थिए । आजको अन्नपूर्णमा खबर छ ।
अछाम ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् ।
देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् ।
२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भए पनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।
लामो समयसम्म कांग्रेसमा योगदान पु¥याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमलबजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । सिफारिसपछि १४ वैशाखदेखि काठमाण्डु बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे । देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने । तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो । त्यसपछि बिच्किएका हुन् सुरेन्द्र ।
काठमाण्डुमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए । उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए ।
‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन, तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने ।
‘माओवादी द्वन्द्वकालमा सर्वस्वहरण हुँदा पनि ज्यान बचाएर पार्टीले दिएको जिम्मेवारी परा गरेँ, जनताको घरआँगनबाट बाहिर गइन, दुःख र सुखमा साथ दिएँ, तर पार्टीले मूल्यांकन गरेन, पार्टीको निर्णयले कांग्रेसका इमान्दार कार्यकर्ताको मनमा पनि चोट लागेको छ, उहाँहरुले बागी भएपनि उम्मेदवारी दिन आग्रह गरेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ सुरेन्द्रले भने ।
उनी २०४९ सालमा निर्विरोध गाविस अध्यक्ष भएका थिए । २०५४ सालमा भने उठेनन् । अहिले स्थानीय समितिले उनलाई मेयरमा सिफारिस ग-यो । देउवा आफ्नो पुरानो साथी पनि भएकाले टिकट पाउनेमा उनी निश्चिन्त थिए । देउवाले पनि अर्को विकल्प नभएको भनेपछि उनी झनै हौसिएका थिए । ‘कि त मलाई सुरुमै हुँदैन, टिकट दिँदैनौं भनेको भए मैले जनता र कार्यकर्तालाई त्यहीअनुसार कुरा गर्न सक्थेँ, मेरो सबै तयारी पनि भयो अनि टिकटचाहिँ जनाधार नभएको व्यक्तिलाई दिइयो, जानाजानी यस्तो अन्याय कसरी सहनु ?’ उनले आक्रोश पोखे ।
पत्रकार सम्मेलनमा उनले देउवाप्रति पनि आक्रोश पोखे । ‘देउवा संकटमा रहेका बेला मैले निःस्वार्थ सहयोग गरेँ, तर देउवाले गुण देखेनन्,’ सुरेन्द्रले भने । उनी २०६२ सालमा अछाम जिल्लाको कांग्रेस पार्टी उपसभापति समेत भएका थिए । हाल उनी महासमिति सदस्य छन् ।राजधानी दैनिकमा खबर छ ।
२०७४ जेठ ३१ मा प्रकाशित ।
- काठमाडौं ।
नेपालमा गत वर्षभन्दा तीन दिनअगाडि मनसुन सुरु भएको छ । गत वर्ष १५ जुनमा नेपालमा प्रवेश गरेको मनसुन यस वर्ष भने १२ जुनमा नै नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘गत वर्ष पाँच दिन ढिलो गरी १ असार अर्थात १५ जुनमा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको थियो,’ महाशाखाका मौसमविद समीर श्रेष्ठले भने, ‘यस वर्ष सामान्य अर्थात १० जुनअघि नै मनसुन प्रवेश गर्ने पूर्वानुमान भए पनि बंगालको खाडीमा मनसुनी वायु रुमलिँदा दुई दिनपछि सर्दै नेपालमा मनसुन प्रवेश गरेको छ ।’ राजधानी दैनिकमा खबर छ ।
नेपालमा विशेष गरी बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने बताउँदै उनले बंगालको खाडीबाट गत साता उत्तरतर्फ सरेको मनसुन सोमबार राति नेपालमा प्रवेश गरेको बताए । उनका अनुसार अबको तीन दिनमा मुलुकभर मनसुन सक्रिय हुनेछ ।
नेपालमा विशेष गरी बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने बताउँदै उनले बंगालको खाडीबाट गत साता उत्तरतर्फ सरेको मनसुन सोमबार राति नेपालमा प्रवेश गरेको बताए । उनका अनुसार अबको तीन दिनमा मुलुकभर मनसुन सक्रिय हुनेछ ।
- काठमाडौं ।
व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन पनि बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ।
सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्काएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो। लामो समयसम्म प्रयोग नगरी थन्काएर राख्दा केही गाडी बिग्रिएका पनि होलान्। नागरिक दैनिकमा ईश्वरी सुवेदीले समाचार लेखेका छन् ।
आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिविालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका १८ वटा नयाँ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी तीनटा कार पनि मंगलबार ल्याइयो ।
सचिवालयले ४९÷४९ लाख रुपैयाँका दरले १२ वटा स्कारपियो जिप र १७÷१७ लाख रुपैयाँ दरमा ६ वटा कार किनेको हो । जेठ १७ गते संसद् सचिवालय र गाडी कम्पनीबीच खरिद सम्झौता भएको थियो। गाडी खरिद बोलपत्रमा ‘युटिलिटी भेइकल’ १२ वटा र ‘ह्याच व्याक’ कार ६ ओटा खरिद गर्ने उल्लेख छ। युटिलिटी भेइकल खरिद ठेक्का अग्नि इन्टरप्राइजेज कम्पनी प्रालि, पानीपोखरी, काठमाडौं र ह्याच व्याक’ कारको ठेक्का सिप्रदी ट्रेडिङ कम्पनी टेकु, काठमाडौंले पाएका थिए ।
अर्थमन्त्रालयबाट बजेट निकास भएपछि सचिवालयले चैत ९ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। संसद् सचिवालयलाई नयाँ गाडी खरिदका लागि अर्थले सात करोड २२ लाख रुपैयाँ निकासा गरेको थियो।
सयभन्दा सवारी साधन सचिवालयमा थन्काएर नयाँ गाडी खरिद गर्दा राज्यमाथि बोझ थपिएको छ। सचिवालयमा अहिले १ सय ६ वटा सवारी साधन छन्, जसमा २२ वटा जगेडामा राखिएको छ। राजनीतिक दलका पदाधिकारी र सहसचिवस्तरका कर्मचारीलाई सवारी नपुगेको भन्दै सचिवालयले गाडी खरिद गर्न अर्थमा गत चैतमा पत्र पठाएको थियो । अर्थमन्त्रालय स्रोतका अनुसार सचिवालयको पत्र प्राप्त हुनासाथ चैतमै सात करोड २२ लाख रुपैयाँ निकासा गरिएको थियो।
अचेल युवती–महिलाहरु हरेक कुरामा पुरुषजतिकै सक्षम छन् । आफूलाई कुनै कुरामा पछाडी परेको मान्दैनन् । आफ्नो कुरा राख्न हिचकिचाउँदैनन् ।
अब कुरा आयो आफ्नो पार्टनरको । पार्टनरका अगाडि आजकालका महिला झनै फ्रेङक हुन्छन् । अब कुरा गरौं महिलाको गोप्य अंगबारे ।
केही कुरामा त शायद हामी भन्न सक्छौ कि महिलाहरु यो विषयमा पुरुषसँग बताउनमा अप्ठेरो मान्छन् । तर, हालै भएको एक सर्वेक्षणमा महिलाहरु आफ्नो गुप्त अंगबारे पुरुषलाई केही कुरा बताउन चाहन्छन् भन्ने पत्ता लागेको छ |
तपाई पनि जान्नुस् महिलाका गुप्तांगबारे ७ कुरा, जो उनीहरु पुरुषलाई भन्न चाहन्छन्ः
१. सम्भोग (यौनसम्पर्क) गरिसकेपछि महिलाहरु खुसी हुन्छन् भन्ने यो कुरा गलत होः
महिलाहरु भन्छन् कि पुरुष सोच्छन् कि महिला सम्भोग गरिसकेपछि खुशी हुन्छिन् । तर, उनीहरुको यो सोच विलकुल गलत छ । किनकि सम्भोगपछि महिलालाई पीडा हुन्छ जो कसैले बुझ्न सक्दैन् ।
२. पुरुषहरु आफ्नै मर्जीले सम्भोग गर्नुः
महिलाहरु भन्छन् कि पुरुषहरु कहिलेपनि हाम्रो इच्छाअनुसार चल्दैनन् । जब उनको मनलाग्यो अर्थात मुड चल्यो त्यही बेला सम्भोग गर्न चाहन्छन् । यस्तो गर्नाले महिलालाई निकै दुःख हुन्छ ।
३. पुरुषलाई गुप्त अंगबारे हुनुपर्छ जानकारीः
एक महिलाले सर्वेक्षणका क्रममा बताइन् कि अधिकांश पुरुषहरुलाई थाहा हुँदैनकी महिलालाई कहाँ छुँदा उत्तेजना हुन्छ । महिलाहरु भन्छन् कि हामी यो सबै कुरा पुरुषलाई बताउन चाहन्छौं तर, उनीहरुको अगाडि केही पनि बोल्ने हिम्मत हुँदैन् ।
४. गलत हो स्तनसँग खेल्नुः
महिलाले भनेका छन् कि उनको स्तनसँग खेल्नाले उनीहरुलाई निकै पीडा हुन्छ । तर, यो कुरा पुरुष जान्दैनन् । र यो कुरा पुरुषका अगाडि भन्न पनि सक्दैनन् ।
५. स्तनको नलीहरुबारे पुरुष जान्दैनन्ः
पुरुषले यस्तो गर्नाले महिलाहरुको स्तनमा समस्या आउछ । जस्तो कि बच्चा जन्मिएपछि स्तनमा दुध नआउनु ।
६. पीरियड्स (महिनावारी) मा हुने दुखाईः
सर्वेक्षणमा महिलाहरुले भने कि पीरियड्सका दिनहरु उनीहरुलागि सबैभन्दा कठिन दिन हुन्छन् । यी दिनहरुमा महिलाहरुलाई सम्भोग गर्ने इच्छा हुँदैन् । तर, पुरुषहरुलाई यी कुराहरु सामान्य लाग्छ र आफ्नो चाहनाअनुसार सम्भोग गर्छन् ।
७. पुरुषसँग गर्न चाहन्छन् यस्तो
महिलाहरुले बताए कि उनीहरु पुरुषहरुसँग यस्तो गर्न चाहन्छन् जो पुरुषहरु उनीसँग गर्छन् । हाम्रो पीडालाई भुलेर मात्र आफ्नो चाहना पूरा गर्छन् । हामीलाई कति समस्या हुन्छ तर, हामी उनका सामुन्ने केही भन्न सक्दैनौं ।
- एजेन्सी ।
भारतमा एक सन्काहा पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सामान्य विवादमा आक्रोशित बनेका राम सेवक नाम गरेका श्रीमानले खुर्पाले हानी आफ्नी श्रीमती उषाको टाउको छिनालेर हत्या गरेका हुन्।
खुर्पाले हानेर श्रीमतीको टाउको काटिसकेपछि उनि आफै प्रहरीको शरणमा पुगेका छन् । भारतिय प्रहरीका अनुसार उनि खुर्पाले काटेर छुट्टिएको श्रीमतीको टाउकोसहित प्रहरीको शरणमा पुगेका हुन् ।
बारीमा तरकारी काट्न गएका बेला श्रीमती उषासँग झगडा परेपछि सेवकले त्यही रिसमा गर्दनमा खुर्पा प्रहार गरेको बताइएको छ । लगत्तै आत्तिएर उनि डराउँदै छिनिएको टाउको सहित प्रहरीकोमा पुगेको बताइएको छ ।
सुर्खेत।
बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका भन्दै ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको छ ।
साथै विश्वविद्यालयले अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति उत्पादन तथा परिपूर्ति गर्न स्तरीय निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
सम्बन्धन नीति–२०७३ र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्द्वारा पारित कायविधि–२०७४ को अधिनमा रही उक्त कार्य अघि बढाइएको छ ।
मल्लका अनुसार “सरकारले १८ मध्ये १० वटा क्याम्पसलाई यसअघि नै स्वीकृति गरिसकेको छ, उक्त स्वीकृति पुँजीगत मात्र भएकाले दरबन्दीसहितको प्रक्रिया पूरा गर्न अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत विश्वविद्यालयले आवश्यक गृहकार्य गरिरहेको छ ।”
मध्यपश्चिमका १८ वटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन सङ्काय सञ्चालनका लागि पनि निजी शैक्षिक संस्थालाई मान्यता दिन लागेको हो ।
- कलैया ।
स्थानीय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साँझ निर्वाचनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् ।
जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचनसम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपा कार्यकर्ताले कर्मचारीमाथि कुटपिट गरेका हुन् । राजपा कार्यकर्ताको कुटपिटबाट केही कर्मचारी सामान्य घाइते भएका छन् ।
कलैयास्थित रामराजा क्याम्पसबाट फर्कंदै गरेका कर्मचारीलाई बाटो कुरेर बसेका राजपा कार्यकर्ताले कुटपिट गरेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए । क्याम्पस वरपर सुरक्षाको व्यवस्था कडा पारेपछि फर्कने क्रममा सुरक्षाकर्मी नभएको स्थानमा बाटो घेरेर केही कर्मचारीलाई कुटपिट गरेको र कुटपिटबाट कर्मचारी सामान्य घाइते भएको उप्रेतीले बताए ।
राजपा कार्यकर्ताले महिला तथा बालबालिका कार्यलयको बा२झ २४०२ र जिल्ला विकास समितिको बा३च ६८८ नम्बरको टाटा सुमो तोडफोड गरेका छन् भने ना३०प ६१८३ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएका छन् । कर्मचारीमाथि कुटपिट भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले राजपाका पन्नालाल पटेललाई पक्राउ गरेको छ ।
राजपाका कार्यकर्ताको विरोधका कारण तालिम आयोजना गरिएको क्याम्पस वरपरको क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । तालिम बिथोल्ने राजपाका कार्यकर्ताको प्रयासलाई प्रहरीले असफल पारेको थियो । घटनापछि प्रहरीले कलैया क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारेको उप्रेतीले जानकारी दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।
- काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रचण्ड निवास लाजिम्पाटमा भेटवार्ता भएको छ ।
प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा सोमबार साँझ प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । दुई प्रमुख सत्तारुढ घटकका प्रमुख नेताबीचको भेटमा सरकार सञ्चालन, मन्त्रिपरिषद विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया जारी राख्ने समझदारी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । स्रोतका अनुसार देउवा सोमबारको भेटमा अरु बेलाभन्दा हतास मनस्थितिमा थिए ।
राजपाका लागि जति लचिलो बन्दा पनि ऊ थप आक्रामक बन्दै गएको भन्दै देउवाले चुनाव गराउन नसकिए के गर्ने भन्ने चिन्ता पोखेको स्रोतको दाबी छ । प्रचण्डले भने राजपा निर्वाचनमा आउने विश्वास व्यक्त गरेका थिए । काठमाडौं टुडेमा खबर छ ।
- सोलुखुम्बु ।
स्थानीय तह निर्वाचन नजिकै जाँदा पुर्बी नेपालमा एमाले भित्र विवाद बढ्दै गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका एमालेमा बागी उम्मेदवार उठेपछि विवाद बाहिर आएको हो ।
एमाले सोलुखुम्बुका पुराना बामपंथी नेता लोचनकुमार शर्मा कटेलले नेचासल्यान गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् ।
नेकपा एमाले सोलुखुम्बुको संस्थापक नेता समेत रहेका शर्मा नेचासल्यान गाउँपालिकामा जनताले पत्याएका पुराना नेताभित्र पर्छन ।
एमाले सोलुखुम्बुले पार्टी उपाध्यक्ष डुफकुमार बास्तोलालाई गाउँ पालिका अध्यक्षको उम्मेद्वारी घोषणा गरेपछि विवाद बढेको हो ।
एमाले नेता रविन्द्र अधिकारीको उपस्थितिमा उम्मेदवार चयन गरिएपछी पार्टीले निरंकुशता लादेको भन्दै शर्मा रुष्ट बनेका थिए ।
तल्लो तहको सुझाब र जनभावना विपरीत पार्टीले निर्णय गरेको भन्दै शर्माले सोमबार नेचाबिहिबारे बजारमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका छन् ।
२०७४ जेठ २९ गते प्रकाशित
२०७४ जेठ २९ गते प्रकाशित
- ललितपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको चुनावपछि एमाले सरकारमा जाने खुलासा गरेका छन् ।
एमालेबाट प्रदेश नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिहरुलाई ललितपुरमा सोमबार संबोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न नसक्ने दावी गरे । अहिले कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो चुनावपछि कसैले नसक्ने उनले जिकिर छ गरे ।
‘कांग्रेस–माओवादी मिलेर हामीलाई प्रतिपक्षमा राखेका छन् । चुनाव पछि कसले मिलेर प्रतिपक्षमा राख्दोरहेछ ?’ उनले भने ‘अब तपाईहरुको गाडी धेरै गुड्दैन । दुई चार महिना गुड्ने हो ।’ एमाले नेतृत्वमा सरकार बनेपछि युरेनियम प्रशोधन गर्ने पनि उनले बताए । ‘हामीसँग युरेनियम छ । हाम्रा छिमेकी मित्रले चित्त नदुखाउन् चाहिन्छ भने किने हुन्छ’ उनले भने, ‘अहिले सेनालाई जिम्मा दिएको छ । सरकार बनेपछि युरेनियम निकाल्छौं ।’
- काठमाडौं ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका छन् । दुवै छोरा उम्मेदवार बनेपछि आमा मायादेवीले निवार्चन नै बहिष्कार घोषणा गरेकी छन्।
नयाँ पत्रिका दैनिकका अनुसार रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइ एकै पदमा उठेपछि परिवारमा भने कसलाई भोट दिने भन्ने सकस परेको छ ।
‘कान्छाले आएर उम्मेदवार बनेको सुनायो, एकै पदमा नउठ भनेको मानेनन्,’ आमा मायादेवीले भनिन्, ‘पक्षपात गर्न मिलेन , बरु भोट दिन नै जान्नँ ।’ उनीहरुका ६५ वर्षीय जेठा दाजु चन्द्रप्रसादले दुवै भाइहरु उम्मेदवार बनेपछि अलमलमा परेको बताए ।
२०७४ जेठ २९ गते प्रकाशित
- सुम्निमा पाण्डे।
काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।
तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो ।
सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।
बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।
अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो ।
बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो ।
रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ ।
उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।
भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई ।
रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।
उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।
आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु । तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए ।
उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो ।
बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो ।
त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात ।
पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।
रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन ।
उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा पनि थिएन । ऊ हिँड्दै सामाखुसीसम्म आइपुगी । ओहो ! त्यो दिन रूपाको बिजोग, उसकोे गुप्ताङ्गबाट रगत आइरहेको थियो, सुनिएको थियो, बडो मुस्किलले ऊ हिँडेकी थिई ।
बल्लबल्ल आफ्नो घर आइपुगेकी मात्र थिई, आमाले उसकोे हालत देखेर के थाहा पाउनु भयो कुन्नि, उसलाई बेस्कन गाली गर्दै पिट्नु पनि भयो ।
बिचरी रूपा सजिलै उभिन पनि नसक्ने अवस्थामा पुगेकी थिई । तर दिदी र आमाले उसलाई मायाको साटो गाली बर्साउँदै कोठामा पस्न पनि नदिई नुहाउन लगाउनुभएको थियो । रूपा दुई दिनसम्म हिँड्न पनि सकिन ।
ऊ आफ्नो त्यो अवस्थामा आमा र दिदीले माया गरिदिए हुन्थ्यो भन्ने चाहन्थी । तेस्रो दिन अलिअलि हिँड्न सक्छु कि जस्तो भएपछि ऊ घरबाट निस्किएर सिधै भृकुटिमण्डप पुगी-काम गर्न । ऊ भनेको दिनमा नपुगेकीले जुत्ता साहुले अर्कै केटा राखिसकेको रहेछ । उ भुतभुताई ब्याड लक । के सोचेकी थिई, के भयो । ओहो ! कामको निहुँले उमेशले के पायो , अनि रूपाले के पाई !
एउटा काम त उमेशकै कारणले गर्दा फुत्कियो । उमेशलाई रूपाले काम खोजिदेऊ भनेर कराउन थाली । उमेश केही आवारा फुच्चेहरूको पो लीडर, भन्नासाथ उसले पनि कहाँ काम पाउँथ्यो र ! तर काम लगाइदिन्छु, भोलि यो ठाउँमा काममा लैजान्छु भन्थ्यो ।
रूपालाई शारीरिक रूपमा सताउन भने चुक्दैनथियो । तीनचार महिनापछि उसले फेरि काम खोजिदियो-एउटा म्यानपावर कम्पनीमा पियन । सानो उमेर नपढेकी केटी भए तापनि अफिसको पियन- रूपालाई त्यो काम मन परेको थियो । ऊ काम गर्न थाली ।
पहिलो महिनाको तलबमा केही आफुलाई राखेर सबै पैसा उसले आमालाई दिँदा आमा पनि मक्ख पर्नुभएको थियो । दिन बित्दै गए । उसकोे महिनावारी पनि शुरु भै सकेको थियो ।
उमेश रूपाको प्रेमी पनि होइन तर उसित रूपा अब आफै नै हप्तै पिच्छेजस्तो भेट्न थालेकी थिई एकान्तमा । उमेशलाई थाहा थियो होला- ऊ संधै कन्डमको प्रयोग गर्दथ्यो ।
उमेशले विवाह गर्यो रूपा पनि जन्ती गएकी थिई ।
रूपालाई उमेशले विवाह गर्न लागेकोमा कुनै दुखेसो थिएन । बिस्तारै उमेशले उसलाई भेट्न कम गर्न थाल्यो । उसले रूपासित मेटाउने गरेको भोक त घरमै मेटिरहेको थियो । तर रूपाकोे शरीरले भने सेक्स मागिरहेको थियो । त्यसैले उसले उसकै हाकिम बिनोदलाई अनेक हाउभाउ देखाउन थाली ।
उमेरमा धेरै फरक भए पनि के भो त ? मलाई चाहिएको कुरा पाए भइहाल्यो नि भन्ने ठानेकी थिई रूपाले । पुरुष न हो, कत्ति दिन टाढा हुन सक्दथ्यो र ! एक दिन अफिसका कर्मचारी सबै गएपछि उसले रूपालाई चिया बनाऊ त भनेर रोक्यो । ऊ चिया पकाउन थाली ।
अफिसका सबै कर्मचारी गईसकेकाले चिया पाक्न नपाउँदै उसलाई हाकिमले अँगालोमा बाँधिसकेको थियो । रूपाले चाहेकै त्यही थियो । अब त रूपालाई एकान्त पनि खोज्नु थिएन-अफिसको सोफा नै उसकोे लागि मखमलीको बिस्तरा थियो ।
केही महिनापछि रूपाको हाकिम त्यो अफिस बेचेर विदेश जाने भयो । रूपाले त्यो सुनेपछि विनोदलाई अँगालोमा हालेर धेरै रोई । रूपा रोएको देखेर हो, या उसकोे माया नै ले हो- विनोदले रूपाको कपाल सुमसुमाउँदै भन्यो-
“म तिमीलाई केही गरिदिन चाहन्छु । तिमी पनि विदेश जाऊ ।”
“मसित त्यत्तिका पैसा कहाँ हुनु र म विदेश जाऊँ ?”
विनोद सरले रूपालाई आफ्नै मोटरसाइकलमा राखेर कहाँकहाँ लग्यो । विनोदकै अनुकम्पाबाट रूपाको नागरिकता पासपोर्ट सब बन्यो । घरमा रूपाले नागरिकता र पासपोर्ट बनाएको कुरा गरेकी थिइन । नागरिकता र पासपोर्ट बने तापनि रूपालाई आफु पनि विदेश जान पाउँला भन्ने विश्वास नै लागेको थिएन ।
विनोद सरले जेजे भने पनि ऊ नेपाल बसुन्जेल रूपाको शरीरसित खेल्न चाहन्छ, त्यसैका लागि भूमिका बाँधेको हो, बस, भन्ने रूपाको मनमा लागेको थियो । तर ऊ नै झुटो साबित भई ।
विनोदले रूपाका लागि ५५ हजार खर्च गरेको उसले थाहा पाई । ओहो, यत्रो पैसा कसरी तिर्ने नि ! रूपाले आफ्नो निरीह अवस्था विनोदका अगाडि राखी । कमाएर तिर्नु ल, विनोदले सामान्य रूपमा लिँदै मुस्कुराएर भनेको थियो । केही दिनपछि रूपाको भिसा पनि आयो ।
घरमा केही पनि नभनी आज र भोलि साथीकोमा जान्छु भनेर रूपा दुई दिनका लागि कपडा एउटा ब्यागमा हालेर घरबाट निस्किई । कमाउने छोरी, आमा पनि केही बोलिनन् । विनोदको मोटरसाइकलमा पछाडि बस्न नजानेर सिकाएको संझिदै रूपा चढी दुबइको जेटमा ।
विनोदको अनुकम्पाले रूपा आइपुगी दुबइ । ओहो ! यत्रा यत्रा घर त उसले सिनेमामा पनि देखेकी थिइन । कारको झ्यालबाट बाहिरको रमिता हेर्दै ऊ पुगेकी थिई टुंगोमा । एउटा घरको मुनि गएर कार रोकियो । त्यस घरको छिँडीमा नै पचास साठीवटा जति कारहरू थिए ।
त्यहीँबाट उसलाई लिन गएको मानिसले लिफ्टभित्र उसलाई पनि बोलायो । जीवनमा पहिलोपल्ट सब कुरा ऊ देखिरहेकी थिई अनौठाअनौठा । भित्तामा भएको बटन थिचेपछि लिफ्ट माथि हान्नियो । धेरै माथिको तलामा पुगेपछि ढोका खुल्यो । एउटा ढोकाको अगाडि गएर त्यो मान्छेले डोरबेल बजायो । एउटी अधबैँसे महिलाले ढोका खोलिन् । वेलकम इन दुबइ, वेलकम इन होम भनेर रूपातिर हेरेर मुस्कुराइन् । रूपाले उसले भनेको त बुझिन तर मुस्कानले जवाफ भने दिई ।
धेरै केटी रहेछन् भित्र त । रूपालाई लिएर आउने मानिस कोठाको ढोकैबाट बिदा भएको थियो । हातखुट्टा धोएर कपडा फेरेर केहीबेर चिनजान गरेपछि खाना पाक्यो । खाना खाएर उसलाई दिइएको बिस्तरामा ऊ पल्टिई ।
लामो प्लेनको थकाइले गर्दा होला ऊ पल्टिनासाथ निदाइहाली । अधबैँसे महिला जसले ढोका खोलेर रूपाको स्वागत गरेकी थिइन्, उनैले भोलिपल्ट उसलाई काम गर्ने ठाउँमा लिएर गइन् । ओहो, काम त के, डान्स बारमा नाच्नुपर्ने रहेछ । आजको दिनसम्म रूपाले कतै पनि नाचेकी थिइन ।
उसले मलाई त नाच्न कत्ति पनि आउँदैन भनेर महिलालाई भनी । उसकोे कुरा सुनेर महिला बेस्कन हाँसिन् र भनिन्- रूपा, तिमीलाई नाच्न आउने भएको भए पनि तिमीले सिकेको नाच यहाँ काम लाग्दैनथियो । तिमीलाई यहाँको नाचका बारेमा सिकाउँछन् । पीर नगर ।
रूपालाई नाच सिकाउने मानिसको जिम्मा लगाइयो । नाच सिकाउने मानिस त छक्का रहेछ । एक हप्तामै ऊ नाच्न पारङ्गत भई ।
अब उसकोे पनि ग्राहकहरू सामुन्ने नाच्नुपर्ने पालो आयो । समयमै ऊ पुगी डान्स बारमा । उसलाई सिँगार्न लगे । ओहो ! रूपाको अनुहारमा त केके पोतियोपोतियो । उसले कहिल्यै नक्कल पार्ने या अनुहारलाई सिँगार्ने त्यस्ता सामानहरू प्रयोग गर्नु त के देखेकी पनि थिइन ।
सानै उमेरदेखि दुईछाक भरपेट खाने तिर्सनामा बसेकी उसले के देखोस् र त्यस्ता सामानहरू । सिँगार्ने काम सकिएपछि अब पालो लुगाको थियो । आफुले आफैलाई हेर्दा सरम लाग्ने खालका लुगा उसलाई लगाउन लगाइयो । ऊ पनि पुगी बारमा नाच्न । ऊ अलि नर्भस भइरहेकी थिई ।
नाच्दानाच्दै रक्सीले मातेर ढुनमुनिएका पुरुषहरूको अँगालोमा पुग्नु, भनेर सिकाइएको थियो । उसका अरू साथीहरू पनि त्यसै गर्दैथिए । एकातिर रक्सीको मात अर्कोतिर सेक्सी पहिरन र शृङ्गारमा सजिएका नर्तकीहरूको हाउभाउ । अनि पैसा त कत्ति बर्सिने रहेछरहेछ ।
रूपालाई त्यो काम कत्ति पनि राम्रो लागेन । तर ऊ कुनै चोखी केटी पनि त थिइन । आफ्नो घरमा केही खबर नै नगरी रूपा चार महिना दुबइ बसी । केही पैसा जम्मा गरेर ऊ फर्किइ नेपाल । सिधै घरमा पुगी । चार महिनाको दुबइ बसाइले रूपाको पहिरनमा धेरै परिवर्तन ल्याइसकेको थियो ।
उसको परिवारका लागि अपच भयो क्यार ! घरकालाई के लाग्यो- रूपालाई घरमा पस्नै दिएनन् । ऊ उल्टो खुट्टा साथीकोमा गएर बसी । साथीकोमा पनि धेरै दिन बस्ने कुरा भएन, घरमा पस्न पनि पाइएन । दुई दिन पछाडि दुइहजार महिनाको हिसाबले एउटा कोठा भाडामा लिएर ऊ आफ्नो बेग्लै घर संसार बनाएर बसी ।
सीमित पैसा के नै हुन्थ्यो र ! पैसा सकियो । काम खोजे पनि पाइएन । अब उसकोे लागि बस्न खान कै समस्या शुरु भयो । काम धेरै खोजी, उसका साथीहरू सबै कता पुगेपुगे । फेरि उसकोे लेवल पनि त माथि पुगेको थियो । अब ऊ आवारा केटाहरूलाई भेट्न पनि चाहन्न थिई । ऊ नेपालमा आफुदेखि आफै हारी ।
रूपाले फेरि दुबइ नै फर्कने विचार गरी । उसलाई बाँच्ने समस्या आइसकेको थियो । दुबइको डान्सबारको मालिकलाई फेरि आउने विचार राख्दै फोन गरी । बाँच्नका लागि नचाहँदा नचाहँदै पनि ऊ फेरि पुगी, उत्तेजित शरीर देखाउँदै ग्राहक खुसी पार्न दुबइ ।
योपल्ट उसलाई उसकोे काम नराम्रो पनि लागेन । ऊ मन लगाएरै काममा व्यस्त हुन थाली । अब उसकोे जिन्दगी त्यही थियो । एक दिन रूपाको भेट एक जना पचास वर्ष जत्ति देखिने इन्डियनसित भयो ।
कपाल झरेर पछाडिको मात्र बाँंकी रहेको, झन्डै सय केजी जत्तिको, एक प्रकारको आकर्षक व्यक्तित्वको धनी, त्यो अग्लो मानिस मुस्लिम रहेछ, नाम रहेछ शाजिद । बिस्तारै ऊ रूपाकै मात्र ग्राहक बन्दै गयो ।
रूपाको कुनै पनि डान्स ऊ गुमाउन चाहँदैन थियो । बिस्तारैबिस्तारै ती दुई एक अर्काको नजिक हँुदै गए । त्यो निकटतामा कहिले प्रेमको बिरुवा उम्रिसकेछ, दुवैले थाहा नै पाएनन् ।
राती रूपाको डान्सका लागि ऊ आउँथ्यो नै, दिउँसो पनि उनीहरू बाहिर भेटेर घुम्न थाले । रूपा २० वर्ष पनि पुगेकी थिइन । रूपा पहिलोपल्ट गहिरो प्रेममा डुबुल्की मारिरहेकी थिई ।
सेक्स के हो भन्ने नजान्दै दुईजनासित सुतिसकेको रूपाको शरीरले तेस्रो व्यक्तिसित सेक्स हैन प्रेम पाएको अनुभव गरिरहेको थियो । त्यो इन्डियन को हो र के गर्छ रूपालाई केही थाहा पनि थिएन र जान्ने चासो पनि थिएन । उसलाई यतिमात्र थाहा थियो-त्यो इन्डियन उसकोे प्रेमी हो ।
एक दिन दिउँसो शाजिदले रूपालाई बोलायो । त्यो समयमा रूपा खाना खाएर बिस्तरामा पल्टिएर टिभी हेरिरहेकी थिई । शाजिदले घर बाहिर आएर उसलाई फोन गरेको रहेछ । ऊ हतारहतार लुगा फेरेर निस्किई । शाजिद एउटा राम्रो कालो कार लिएर आएको थियो त्यो बेला ।
रूपालाई अगाडिकै सीटमा राखेर शाजिदले कार दौडायो । पहिलोपल्ट रूपा शाजिदको छेउमा कारमा बसेकी थिई । त्यो दिन उसले रूपालाई यही पार्कमा लिएर आएको थियो, जहाँ अहिले रूपा पुगेकी थिई । शाजिदले बाटोमै नयाँ कार किनेको भनिसकेको थियो ।
पहिलोपल्ट रूपालाई नै त्यो कारमा लिएर बाहिर जान मन लाग्यो रे । कारको नाम रहेछ बी.एम. डब्लू. । शाजिद खुसी हुँदै सबै कुरा रूपालाई सुनाइरहेको थियो । तर रूपालाई कारको जे नाम भए पनि के मतलब ! कार राम्रो थियो । रूपा र शाजिदले केहीबेर यो पार्कमा बिताए र उनीहरू कारभित्रै आइपुगे ।
रूपाले लङड्राइभिङमा जाने इच्छा राखी । कार हुइँकियो अबुधाबीतिर । अबुधाबीमा शाजिदले एउटा होटलमा लिएर गयो रूपालाई । प्रेम भएको भनौँ या चिनजान भएको धेरै महिनापछि पहिलोपल्ट ती दुईबीच त्यही होटेलमा भयो शारीरिक मिलन ।
त्यो रात शाजिदले रूपालाई कामबाट बिदा लिन लगायो । दुवै त्यहीँ बसे । रूपालाई लागिरहेको थियो, दुवैजना सेक्सकै लागि अबुधाबी आएका हौँ कि जस्तो । एउटा शरीरले चाहेरै एक रातमा यत्ति धेरैपल्ट सेक्स गर्न सक्ला र ? जस्तो लाग्नेगरी ती दुई त्यहाँ खेलिरहेका थिए ।
शाजिद बेलाबेलामा बी.एम.डब्लू.को कुरा गरेर खुसी हुन्थ्यो भने रूपा कारभन्दा शाजिदकी हुन पाएकोमा बढी खुसी थिई । अब त उनीहरू कहिले शाजिदकै घरमा त कहिले कारमा कहिले होटेलमा भेटिइरहन्थे । शाजिदले रूपाको नाम नै राखेको थियो …आग ।
काम डान्सबारमा नाच्ने भए पनि रूपाले उसकोे जिन्दगी पाएकी थिई शाजिदको रूपमा । उससित नजिकिँदै गएपछि मात्र रूपाले थाहा पाएकी थिई-शाजिद इन्डियाको केरला भन्ने शहरको मानिस रहेछ । तीनजनाको पार्टनरशिपमा एउटा कस्ट्रक्सन कम्पनी रहेछ उसको । उसकोे कम्पनीमा आठ हजार कामदार रहेछन् ।
ऊ त रूपाले सोच्नै नसक्ने धनी मानिस पो रहेछ । उसकोे घरमा आमा, श्रीमती र एक छोरा रहेछन् । उनीहरू कहिलेकाहीँ मात्र आउने रहेछन् दुबइ । शाजीदले रूपालाई भनेअनुसार ऊ मधुमेहको बिरामी रहेछ ।
अनि डाक्टरले सेक्सले बिमारी केही कम गराउँछ भनेकोले उसले रूपालाई रोजेको रहेछ । मात्र शरीरका लागि ऊ रूपाको नजिक भएको थियो । तर ऊ रूपालाई नजानिदोगरि औधी माया गर्न थालेको थियो । उसले रूपासँग केही लुकाएको पनि थिएन । त्यसैले पनि होला, उसकोे रखैल हुँदा पनि रूपा खुसी नै थिई ।
शाजिद एक हप्ताका लागि इन्डिया जाने भयो । त्यो एक हप्ता काट्न रूपाका लागि ज्यादै कठिन भएको थियो । शाजिदले इन्डिया जानुभन्दा पहिले नै भनेको थियो रूपालाई- “मलाई फोन नगर्नु ल, म उतैबाट गर्छु ।” शाजिद दिनमा तीनचारपल्ट उसलाई फोन गर्दथ्यो ।
शाजिदकोे फर्कने दिन आयो । शाजिदले जानुभन्दा अगाडि नै रूपालाई के ल्याइदिऊँ भनेर सोधेको थियो । रूपाले भनेकी थिई- जीवनभरि मेरो साथमा रहने गिफ्ट ल्याइदिनु भनेर । शाजिदले एयरपोर्टमा आएर भन्यो- “आग, मै जो गिफ्ट लेकर आरहा हुँ, ओ आपकी जिन्दगीभर आपके साथ मे रहेगी ।” रूपासित शाजिदको घरको चाबी थियो । उ त्यो रात कामबाट पनि बिदा लिएर बसेकी थिई ।
समयभन्दा आधाघण्टा ढिला शाजिद घरमा आइपुग्यो । रूपा सानो बच्चा लेप्सिएजस्तै शाजिदसँग लेप्सिन पुगी । शाजिदले पनि कपडै नफेरी रूपालाई बोकेरै बिस्तरामा पु¥यायो । खहरे खोलामा बाढी आयो, अनि फेरि सुक्यो । शाजिदले उठेर आफुसित लिएर आएको सुटकेश खोल्यो । एउटा गहनाको बट्टा निकाल्यो । मोतीको सेट ल्याएको रहेछ । आफैँले लगाइदियो रूपालाई ।
एउटा ठूलो खाम निकाल्यो र रूपालाई दिँदै भन्यो-“लेऊ तिमीले मागेको गिफ्ट ।” उसले खाम खोलेर हेरी । शाजिदले केरलाबाट दश कक्षा पास गरेको सर्टिफिकेट बनाएर ल्याइदिएको रहेछ । सर्टिफिकेट दिएपछि शाजिदले उसलाई पढाउनलाई दिउँसो ट्युशन क्लासमा हालिदियो ।
उसले पनि धेरै नै मेहनतगरी । शाजिदले ट्युशन पढाउने सरलाई भनेको थियो- जत्ति पैसा चाहिन्छ भन । तर छ महिनामा रूपाको पढाइ दशकक्षा पास केटीको जस्तो हुनुपर्दछ । शाजिदको इच्छा, उसकोे र सरको मेहनतले समयमै ऊ दश कक्षा पढेको भन्न सुहाउने भई । सर्टिफिकेट छँदै थियो ।
शाजिदले उसलाई दुबइकै एउटा राम्रो स्कूलमा कक्षा एघारमा भर्ना गराइदियो । दिउँसो ऊ पढन जाने, बेलुका डान्स बारमा नाच्ने हुनाले भेट कम हुने भयो भनेर शाजिदले उसलाई आफ्नै घरमा लग्यो । उ मध्यरातमा घर पुगे पनि शाजिद उसलाई सधैँ पर्खेर नै बसेको हुन्थ्यो । दिन यसरी नै बित्दै गएका थिए ।
शाजिदले उसलाई ठूला मानिसको अगाडि खान, बस्न, हिँड्न, बोल्न सब सिकाउँदै पनि लगेको थियो । रूपाले १२ कक्षा पनि राम्रोसित पास गरी । शाजिदले त्यसपछि रूपालाई उसकै सेक्रेटरी बनाएर आफ्नै अफिसमा काम मा लगायो । दुई वर्षसम्म डान्सबारमा काम गर्छु भनेर पासपोर्ट धरौटी राखेकी थिइ रूपाले । उसले क्षतिपूर्ति नै तिरेर रूपाको डान्सबारको काम पनि छुटाइदियो । अब उनीहरू चौबीस घण्टा सँगसँगै भए ।
शाजिद रूपाप्रति यत्ति आशक्त भयो कि उसले रूपालाई विवाह नै गर्ने कुरा गर्न थाल्यो । मुस्लिमधर्मका अनुसार एकै पल्टमा चार श्रीमती राख्न पाइन्छ । उसकोे विचारमा दोश्रो विवाह गर्नु नौलो विषय थिएन । रूपा त यसै पनि कल्पनाको संसारमा नै थिई ।
नाइँ भन्ने त एक प्रतिशत पनि मनमा आएन । रूपा हिन्दू धर्मावलम्बी बाबुआमाकी छोरी, त्यही संस्कारमा हुर्किएकी । तर शाजिद कट्टर मुस्लिम – उसले रूपालाई मुस्लिम कलेजमा पनि पढन पठायो । शाजिदसँग दिनरात बस्दा उसलाई मुस्लिमका बारेमा धेरै कुरा थाहा भै सकेको थियो । ऊ हिन्दूभन्दा पनि आफुलाई धर्म निरपेक्ष मानिस भन्न रुचाउँथी । उसलाई जुन धर्म भए पनि केही मतलब थिएन । तर शाजिद थियो धर्ममा कट्टर । ऊ रूपालाई मुस्लिम बनाएर मात्र विवाह गर्न चाहन्थ्यो । रूपा त शाजिदसित विवाह गर्न गइरहेकी थिई धर्मसित होइन ।
रमजानको महिना शुरु भयो, शाजिदको इच्छाअनुसार उसले पनि शाजिद सँगसँगै रोजा राखेकी थिई । बर्सेनी रमजानमा शाजिदको परिवार पनि दुबइ आउने रहेछन् । परिवार आउने टुङ्गो लागेपछि शाजिदले रूपालाई एउटा होटेलमा एक महिनाका लागि कोठा बुक गराएर राखिदिएकोथियो । उसकोे परिवार आउने अघिल्लो रातसम्म रूपा शाजिदको घरमा बसी ।
शाजिदको परिवार आयो- आमा, श्रीमती र छोरा । शाजिदले केही दिन रूपालाई एकान्तमा पनि भेटेन । घरमा पनि केही फरक अनुभव हुन दिएन । केही दिनपछि शाजिदले बिस्तारै आमासित रूपाको कुरा खोल्यो । आमाछोराको गफ बुहारी र नातिले नसुनून् भनेर शाजिदले आमालाई दुबइमलमा लगेर कुरा गरेको थियो । आमाले रूपालाई हेरेर मात्र जवाफ दिउँला भनिन् । शाजिदले त्यहीँबाट रूपालाई आमाले भेट्न खोजेको कुरा बतायो । साँझ फाइल मगाउने निहुँ पारेर रूपालाई उसले घरमै बोलायो ।
आमाले जानेर र श्रीमतीले अनजानमै रूपासित धेरैबेर कुरा गरे । रूपालाई शाजिदले सबै कुरा भनिसके पनि ऊ केही नर्भस भएकी थिई । उमेरको फरक त छँदै थियो, अर्को रूपा हिन्दू, यो कुरा थाहा पाएर नै शाजिदकी आमाले रूपालाई बुहारीको रूपमा स्वीकारिनन् ।
रूपा हिँडिसकेपछि आमाले शाजिदकी श्रीमतीसित पनि शाजिदको विचारका बारेमा कुरा गरिछन् । श्रीमतीले त झन् विवाहको २६ वर्षपछि श्रीमान्लाई छोड्ने कुरै भएन । शाजिदको भनाइअनुसार रूपासित विवाह गर्ने कुरा केही समयका लागि टर्यो । शाजिदको परिवार फर्कियो इन्डिया । रूपा फेरि पुगी उसकोे बेडरूममा । दिन बित्दै गए । अब रूपा शाजिदको रखेलजस्तै भएर बसेकी थिई ।
विवाह गर्ने आशा पनि मर्दै गएको थियो । एककान दुईकान अफिसमा पनि रूपा शाजिदको रखेल भएर बसेकी छे भन्ने हल्ला त चलीहाल्यो । धेरै जनाले त उसलाई भाभी भनेर पनि बोलाउँन थाले । कतिले खत्तम केटी भनेर कुरा काट्थे । जसले जे भने पनि जीवन धान्नका लागि विदेश पसेकी रूपालाई शाजिदको सामीप्यताले जमिनबाट आकाशमा उडाएको थियो ।
समय बदलियो, विश्वमा आएको आर्थिक मन्दीले दुबइ पनि अछूतो राख्न सकेन । आर्थिक मन्दीकै कारणले शाजिदको कम्पनी पनि धराशायी हुँदै गयो । फिल्डमा काम हुन कम हुनथाल्यो । घरहरू आधाआधा बनेका थिए ।बिस्तारै काम बन्द हुँदै गयो । आठहजारको तलव खुवाउन नसक्ने र लगानी पनि थप्न नसक्ने अवस्थामा पुगेका शाजिद र उसका पार्टनर दुबइ छोडेर भागे ।
राजा महाराजाको जस्तो बसाइ, बी.एम. डब्लू. कार, अफिस सब छोडेर फेरि दुबइ फर्किनै नमिल्ने गरी सबै भागेका थिए । अरू कर्मचारीले त सुइँको नै पाएनन् । तर रूपा लाई त सबै थाहा थियो । दुबइ छोडेर हिँड्ने अघिल्लो दिन शाजिद र रूपा यही पार्कमा आएर धेरैबेर बसेका थिए ।
त्यो पार्कसित दुवैको एक प्रकारको लगावजस्तै थियो । हाँसो, खुसी, दुःख जे पर्दा पनि ती दुई त्यही पार्कमा पुग्दथे । यहाँसम्म कि रूपाले कुनै कुरामा चित्त दुखाई वा उनीहरूकाबीचमा खटपट भयो भने पनि शाजिद उसलाई त्यही पार्कमा ल्याएर सम्झाउने फकाउने गर्दथ्यो । शाजिद र रूपा त्यो रातभरि नै रोइरहे भने पनि हुन्छ । एयरपोर्ट पुगेपछि शाजिदले अति नै गर्यो- आमाको काखमा बच्चा घोप्टेपरे जस्तोगरी रूपाको काखमा घोप्टो परेर धेरैबेर रोइरह्यो ।
मालिकहरू भागिहाले, घरको किस्ता तिर्न नसकेकाले पछि सवैका घरमा पुलिसले ताला लगाइदियो । रूपासित कुनै काम पनि थिएन, बस्ने ठाउँ पनि थिएन । शाजिद दुबइको कानुनअनुसार सजायको भागिदार भयो । ऊ दुबइ आउनु भनेको सिधै जेल जानुथियो । इन्डिया पुगेर पनि शाजिद बारम्बार उसलाई फोन गरिरहन्थ्यो ।
रूपासँग विहेको कुरा भएदेखि श्रीमतीसित शाजिदको बोलचाल नै बन्द भएको थियो । ऊ अब रूपालाई केरला नै बोलाउन थालेको थियो- “आउन नआउन्जेल त हो नि, असन्तुष्टी घट्दै गएपछि सब ठीक त भइहाल्दछ । मिलेर बसौँला ।” तर ऊ कसरी जाओस् ? जुन परिवारले उसलाई स्वीकारेकै छैन, त्यो परिवारमा गएर ऊ कसरी मिलेर बस्न सक्दथी होला त ?
शाजिद दुबइ आउन नमिल्ने, ऊ इन्डिया जान नमिल्ने । यी दुई जोडी अलगिएका थिए । रूपालाई दुवइमा बस्नकै समस्या भयो । उसका अफिसका साथीहरूको त झन् उसकोे भन्दा आर्थिक अवस्था बिजोग भएको थियो । एक जना एकाउन्टेन्टको मात्र अलिकति राम्रो अवस्था देखिएको थियो । रूपालाई एक जना नेपाली दिदीले वास दिनुभयो । रूपा त्यहीँ बसेर नयाँ काम खोज्दै थिई । पारिवारिक समस्याले गर्दा नेपाली दिदी पनि नेपाल फर्कने हुनुभयो । रूपाको बस्ने बासको छानो पनि उडायो ।
शाजिदको अफिसको एकाउन्टेन्ट पनि नयाँ काम खोजिरहेको थियो । उसलाई रूपा र शाजिदको सम्बन्धका बारे सबै थाहा थियो । बासबाट उठिबास हुन लागेपछि रूपाले उसैलाई गुहारी, बस्नका लागि । आफ्नो देशमा आफ्नै आमाले त घरबाट निकालेकी थिइन् भने विदेशी मुलुकमा उसलाई माया गर्ने को नै हुन्थ्यो र ? निमेष उसकोे अपिसको एकाउन्टेन्ट, ऊ पनि पारपाचुके गरेको पुरुष ।
आइज त भन्यो, बस्ने ठाउँ नभए पछि जानै पनि प¥यो । तर उसकोे घरमा आएकै दिन उसले पनि रूपालाई छोडेन । के गर्नु ? नचाहेरै भए पनि रूपा फेरि अर्को पुरुषको वासनाको शिकार हुन पुगी । अब बस्ने बास त भयो, बासको बदलामा रूपाले फेरि शरीर नै बेची । ऊ काम खोज्दै थिई, शाजिदकै भनसुनबाट रूपाले एउटा मल्टिनेशनल कम्पनीमा काम पाई दुबइमै । अब त झन् ऊ चाहेर पनि शाजिदलाई पाउन सक्ने अवस्थामा थिइन ।
उसकोे काम दुबइमा शाजिद इन्डियामा । ऊ दुबइबाट बाहिर जान नपाउने कामले गर्दा, शाजिद दुबइ आउन नसक्ने । यी कुरा निमेषलाई पनि थाहा थियो । यता रूपाले काम पाएको दिनदेखि निमेषले शाजिदसित तिम्रो अब मिलन असम्भव छ भन्दै आफुसित विवाह गर्ने प्रस्ताव राख्न थाल्यो । हुन सक्छ बेगारी भएको बेलामा रूपाको काम देखेर पनि उसप्रति आकर्षित भएको होला या साँच्चै नै मनदेखि विवाहको प्रस्ताव राखेको होला । रूपाले केही बुझ्न सकेकी छैन । ऊ शाजिदबाट शारीरिक रूपमा त टाढा भएकी थिई तर मन त उसैसित थियो नि । यता निमेष झन्झन् विवाहलाई जोड दिन थालेको थियो ।
रूपाले आज नियुक्तिपत्र लिई । शाजिदलाई फोन गर्न ऊ आज धेरै दिन पछाडि यही जावेलपार्कमा आईपुगी । ऊ आज एक्लै यहाँ आएकी छे, ऊ खुसी पनि छे कामको टुङ्गो लाग्यो, दु:खी पनि छे अब शाजिदलाई सायदै नै भेट्टाउली । जहाँ शाजिद र ऊ सधैँ जसो आउँथे आज ऊ एक्लै आएकी छ । आज यो शून्य लागेको पार्कमा, अब म के गरूँ भनेर सोचिरहेकी छे रूपा । पर डुब्न लागेको घामले रातो पारेको आकासलाई एकोहोरो हेर्दै छ उ ।
- काठमाडौं ।
‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार गरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेललाई रुँदै वेदना पोख्दा चार्ल्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो । शारीरिक मात्र होइन, मानसिक रुपमा पनि उनी निकै कमजोर भइसकेका थिए ।
१३ वर्ष जेल बस्दा उनी सधैं दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी माग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैं उच्च मनोबलका साथ कुरा गर्थे ।
शोभराजको मुटुको अप्रेशनका लागि काठमाडौंस्थित फ्रेन्च दूतावासका अधिकारीले मञ्जुरीनामामा आइतबार हस्ताक्षर गरेका छन् ।
सुरुमा शोभराजले आफ्नो अप्रेशन नै गर्न मानेका थिएनन् । पछि फ्रान्सकै डाक्टरसँग सरसल्लाह गरेपछि उनी अप्रेसनका लागि तयार भएका हुन् ।
तर, अप्रेशसन सफल हुनेमा शोभराज विश्वस्त छैनन् । चिकित्सकका अनुसार उनको मुटुको भल्भ अप्रेसन सफल हुने सम्भावना सामान्यतया ४० प्रतिशत हुन्छ ।
अप्रेसनका लागि निहीता विश्वासले रगत दिएकी छिन् । अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
- काठमाडौँ ।
मध्यराति सुतिरहेको अवस्थामा सामाना साँस्कृतिक टोलीका ८ जना कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आइतबार लाजिम्पाटस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामामा सामनाका आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरि, राजन, दिवाकर, राम, प्रभात र राहुललाई प्रहरीले गिरप्तार गरेको हो ।
जनसाँस्कृतिक महासंघले आफ्नो मातहतमा रहेको सामानाका ८ जनलाई प्रहरीले बिना कारण सुतिरहेको अवस्थामा गिरफ्तार गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै जनसाँस्कृतिक महासंघका नेता खेम थपलियाले सामनाका ८ जनालाई सुतिरहेकै अबस्थामा मध्यराति गिरप्तार गरी प्रहरीले मानव अधिकारको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।
यता प्रहरीले भने कलाकारहरुलाई किन गिरपतार गरियो भन्ने बारेमा कुनै अधिकारिक जानकारी दिएको छैन ।
जनसाँस्कृतिक महासंघले आफ्नो मातहतमा रहेको सामानाका ८ जनलाई प्रहरीले बिना कारण सुतिरहेको अवस्थामा गिरफ्तार गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
इमान्दार मिडियासँग कुरा गर्दै जनसाँस्कृतिक महासंघका नेता खेम थपलियाले सामनाका ८ जनालाई सुतिरहेकै अबस्थामा मध्यराति गिरप्तार गरी प्रहरीले मानव अधिकारको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।
यता प्रहरीले भने कलाकारहरुलाई किन गिरपतार गरियो भन्ने बारेमा कुनै अधिकारिक जानकारी दिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जन साँस्कृति महासंघ अन्तरगत सामना परिवारको टोली लाजिम्पाटस्थित एक घरमा सामुहिकरुपमा बस्दै आएको थियो ।
- सर्लाही।
सर्लाही आउँदा बाटोमा फुलमाला लिएर स्वागत गर्न उभिने जनताले आइतबार संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउँदा ठाउँ–ठाउँमा कालो झण्डा तथा टायर बालेर बिरोध गरेका छन् ।
संबिधान संसोधनले मात्र नपुग्ने संबिधानै पुनरलेखन गर्नुपर्छ भन्दै आन्दोलन उद्घोष गरेको र आन्दोलनको क्रममा मधेशीहरू शहिद भएको, मधेशीहरू घाईते भएको, आन्दोलनकारीहरू माथि सरकारद्वारा झुटा मुद्दा लगाईएको तर मधेश आन्दोलनको माग पुरा नहुँदै स्थानिय निकायको चुनावमा सहभागी भएको भन्दै जनताले उपेन्द्र यादवको विरोध गरेका हुन् ।
सर्लाहीको दक्षिण क्षेत्र विष्णु गाउँ पालिकाको मधुवन गोठमा चुनावी सभा गर्न यादव आउन लागेको जानकारी स्थानियवासीहरुलाई भएपछि जिल्लाको विभिन्न सडक तथा ठाउँहरुमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए।
मधुवन गोटको खडक खण्डमा जनताले गाडी तेर्साएर, काठ, दाउरा, टायर बालेर तथा विभिन्न समानहरु राखेर बाटो अवरुद्ध गरेपछि यादव निर्धारित समय भन्दा धेरै पछि प्रहरी स्कटीङमा कार्यक्रममा पुगेको थिए।
गोडैता नगरपालिकाको सिसौटियामा यादवको गाडी पुगेपछि स्थनियहरुले बाटोमा राखेको कालो झण्डा फोरम कार्यकर्ताले हटाउन खोजेपछि स्थानिय महिलाहरुले अध्यक्ष यादव लगायत फोरम कार्यकर्ता चडेको गाडीमा लगाएको झण्डाहरु खोसेको थिए ।
प्रहरी स्कटिङमा यादव सभा स्थल पुगेपछि स्थानियहरुले कालो झण्डा लिएर सभामा प्रवेश गर्दा दोहरो झडप भएको थियो । सभा स्थलमा केही बेर दोहोरो ढुङ्गा हाना हान समेत भएको थियो ।
प्रदर्शनकारीहरूले माईक लगाएर अध्यक्ष यादवको बिरोध गर्नुका साथै यादवको कार्यक्रममा लगाएको माईकको तार काटिदिएपछि कार्यक्रम केही बेर अवरोध भएको थियो ।
झडप भएलगतै प्रहरीले बिरोध गरिरहेका प्रदर्शनकारीहरू माथि लाठी चार्ज गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका सुरक्षाकर्मीको कारण कुनै ठूलो घटना हुन पाएन ।
कार्यक्रम सकेर मलंगवा तर्फ जादै गरेको यादवलाई कौडेनामा स्थानियहरु बिरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दा आक्रोसित स्थानियहरुले फोरम कार्यकर्ता चढेको गाडीहरुमा तोडफोड समेत गरेका छन् ।
आक्रमणबाट गाडीको सिशाहरु फुटेका छन्। कौडेनामा प्रदर्शनकारीहरूले उपेन्द्र यादवको पुतला दहन गर्नुको साथै गाडीमा लगाएको फोरमको झण्डा खोसेर जलाएका छन्।
प्रहरीको लाठी चार्ज तथा झडपमा परेर करिब एक दर्जन व्यक्ति घाईते भएका छन् । उपेन्द्र यादवलाई कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट मलंगवा सम्म लान हम्मे हम्मे परेको थियो।
२०७४ जेठ २८ गते प्रकाशित