माओवादीबाट को-को बन्ने भए मन्त्री, यस्तो छ सरकारमा जानेहरुको सूची

  • काठमाडौं । 
माओवादी केन्द्रबाट देउवा सरकारमा एक दर्जन बढी सांसदहरु सहभागी हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा जानेहरुको नाम टुंगो लगाएका हुन्। 

प्रचण्डले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको हो ।

को-को जाने भए मन्त्रीमण्डलमा

माओवादी केन्द्रका तर्फबाट सरकारमा सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ ।

यस्तै माओवादी केन्द्रका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूचीमा सांसद रेखा शर्मा, सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना गिरिराजमणि पोख्रेल रहेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति बारम्बार असहमति जनाउदै आएका नारायणकाजी श्रेष्ठ समूहबाट पोख्रेल मन्त्री बन्ने पक्का रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।

त्यस्तै राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।

कसलाई के जिम्मा ?

माओवादी केन्द्रले सांसद मण्डललाई आपूर्ति र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । 

पार्टी भित्र युवा नेता शाहीलाई कर्णालीका तर्फबाट जसरी पनि मन्त्री बनाउनुपर्ने भन्दै ब्यापक दबाब सिर्जना भएपछि  उनलाई मन्त्रीको सुचिमा पारेपनि मन्त्रालयको भने टुंगो लगाइएको छैन । 

२०७४ असार ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More