माओवादीलाई 'बादर' भन्ने चितवनका एसपीमाथि कारवाहीको माग

  • काठमाडौं ।

चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई 'बाँदर' भनेपछि अहिले उनको जागिर नै धरापमा पर्ने खतरा बढेको छ ।

प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका थिए । मतपत्र च्यातेको आरोपमा थापा आफैंले न्यौपाने र सिवोकोटीलाई पक्राउ गरेका थिए ।

उपरीक्षक दीपक थापाको भूमिका आफ्नो पक्षमा भएको भन्दै सत्तारुढ माओवादी केन्द्रका नेताहरु उनीसँग आक्रोशित भएका छन् । घटनाबारे निर्वाचन आयोगले सह–महान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको भन्दै माओवादीले समितिको छानबिन प्रभावित हुने गरी सार्वजनिक अभिव्यक्ति दिएकामा थापाप्रति आपत्ति जनाएको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले एसपीमाथि कारबाहीको माग गर्दै उनको रबैया सर्वथा गलत र एकपक्षीय रहेको बताए ।

भाषा, शैली र तरिका केपी ओलीकै छ’, नेता थापाले भने, ‘त्यतिधेरै पार्टीको माया छ भने बर्दी फालेर राजनीतिमा आउनु, वडा सदस्यमा चुनाव लड्नु, होइन भने पार्टीको पुलिस भएर काम गर्नुभएन ।’ एसपी थापाले भरतपुर प्रकरणपछि सञ्चार माध्यममा प्रतिक्रिया दिएका थिए । ‘दुई जना व्यक्ति बाँदर झैं बुरुक्क उफ्रिएर मतपत्र च्याते । ती माओवादी केन्द्रका कार्यकर्ता थिए’, एसपी थापाले भनेका थिए । 

नेता थापाले प्रहरीको काम गैरकानुनी काम गर्नेलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया बढाउने र समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने भएको भन्दै को बाँदर, को स्याल र को बाघ हो भनेर भाषण गर्ने नभएको टिप्पणी गरे ।

थापालाई चितवनबाट तत्काल प्रहरी प्रधान कार्यालयमा तानेर राजनीतिक भाषण दिएकामा विभागीय कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने उनले बताए ।



,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More