काँग्रेस र माकेको आकस्मिक वैठक, भरतपुरमा रेणुलाई जिताउन यस्तो बन्यो रणनीति

  • काठमाडौं ।
निर्वाचन आयोगले भरतपुर चितवनको वडा नम्बरमा १९ पुन मतदान गर्ने शनिबार निर्णय गरेसँगै काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठकले नयाँ रणनीति बनाएको छ ।

आज बसेको माके र कांग्रेसको जिल्ला समितिको संयुक्त बैठकले १९ नम्बर वडामा हुने मतदानमा वडाअध्यक्षसहित सबै पदमा माओवादी केन्द्रले काँग्रेसको पूरै प्यानललाई समर्थन गर्ने भएको छ । यसैगरी, काँग्रेसले आफ्ना सम्पूर्ण मत मेयरकी साझा उम्मेदवार रेणु दाहाललाई हाल्ने समझदारी भएको छ ।

वडामा मत साटासाटसँगै मेयरमा कांग्रेस माओवादी केन्द्रकी उम्मेदयर रेणु दाहाललाई जिताउन सहज हुने उनीहरुको योजना छ । १९ नम्बर वडामा माकेबाट वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ, महिला सदस्य बिना गुरुङ, दलित महिला सदस्य शान्ति विश्वकर्मा, सदस्यहरु राजेन्द्र वस्ताकोटी र दुर्गा लामाले उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको छ ।

सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले शनिबार पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More