हेर्नुहोस् यस्तो छ ससद् सचिवालयमा बेथिति

  • काठमाडौं ।

व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन पनि बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ।

सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्काएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो। लामो समयसम्म प्रयोग नगरी थन्काएर राख्दा केही गाडी बिग्रिएका पनि होलान्। नागरिक दैनिकमा ईश्वरी सुवेदीले  समाचार लेखेका छन् ।

आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिविालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका १८ वटा नयाँ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी तीनटा कार पनि मंगलबार ल्याइयो । 

सचिवालयले ४९÷४९ लाख रुपैयाँका दरले १२ वटा स्कारपियो जिप र १७÷१७ लाख रुपैयाँ दरमा ६ वटा कार किनेको हो । जेठ १७ गते संसद् सचिवालय र गाडी कम्पनीबीच खरिद सम्झौता भएको थियो। गाडी खरिद बोलपत्रमा ‘युटिलिटी भेइकल’ १२ वटा र ‘ह्याच व्याक’ कार ६ ओटा खरिद गर्ने उल्लेख छ। युटिलिटी भेइकल खरिद ठेक्का अग्नि इन्टरप्राइजेज कम्पनी प्रालि, पानीपोखरी, काठमाडौं र ह्याच व्याक’ कारको ठेक्का सिप्रदी ट्रेडिङ कम्पनी टेकु, काठमाडौंले पाएका थिए ।

अर्थमन्त्रालयबाट बजेट निकास भएपछि सचिवालयले चैत ९ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। संसद् सचिवालयलाई नयाँ गाडी खरिदका लागि अर्थले सात करोड २२ लाख रुपैयाँ निकासा गरेको थियो। 

सयभन्दा सवारी साधन सचिवालयमा थन्काएर नयाँ गाडी खरिद गर्दा राज्यमाथि बोझ थपिएको छ। सचिवालयमा अहिले १ सय ६ वटा सवारी साधन छन्, जसमा २२ वटा जगेडामा राखिएको छ। राजनीतिक दलका पदाधिकारी र सहसचिवस्तरका कर्मचारीलाई सवारी नपुगेको भन्दै सचिवालयले गाडी खरिद गर्न अर्थमा गत चैतमा पत्र पठाएको थियो । अर्थमन्त्रालय स्रोतका अनुसार सचिवालयको पत्र प्राप्त हुनासाथ चैतमै सात करोड २२ लाख रुपैयाँ निकासा गरिएको थियो।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More