अरब मूलुकको पहिलो गैह्र सरकारी संस्था नेपालमा, ५ बर्षे एकिकृत विकास परियोजनाका लागि सम्झौता

  • काठमाडौँ । 
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको छ।

समाज कल्याण परिषद लैनचौरमा एक कार्यक्रमबीच भएको यस “एकिकृत विकास कार्यक्रम नेपाल” नामक परियोजना सम्झौतामा कतार च्यारिटीको तर्फबाट कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिब र समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले हस्ताक्षर गरेका छन।

पाँच बर्षिय परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, जिविकोपार्जन, र उद्यमशिलताका कार्यक्रमहरु रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर, मुहम्मद तैमुर साकिबले बताएका छन। 

'परियोजनाले सिपमुलक व्यावसायिक तालिमबाट युवाहरु मा क्षमता विकास गर्दै स्वरोजगार र उद्यमशिलताका लागि साना तथा मझौला व्यवसाय स्थापनामा सहयोग गर्ने, साथै स्वास्थ्य, सरसफाई तथा खाने पानी परियोजनाले आवस्यकता बमोजिम संस्थागत तथा घरायसी खाने पानीका सुविधाहरुमा सहयोग गर्ने उद्देश्य लिएको छ ' कतार च्यारिटीका डाइरेक्टर साकिबले बताए। 

कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको परिषदका सदस्य सचिव भट्टले बताए। अरब मुलुकको गैह्र सरकारी संस्था नेपाल बिधिवत रुपमा सरकार संग अनुमति लिएर काम गर्न लागेको यो पहिलो संस्था भएको परिषदले जनाएको छ ।

शैक्षिक संस्थामा सुरक्षित र स्वस्थ वातावरणका लागि यो परियोजना केन्द्रित रहेको कतार च्यारिटीका परियोजना व्यवस्थापक इर्शाद शेखले बिजपाटीलाई बताएका छन।' 

कतार च्यारिटीको सामुदायिक पुर्वाधार विकासका कार्यक्रमहरुले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सम्पन्नताका लागि बिशेष ध्यान दिने छ' च्यारिटीका व्यवस्थापक शेखले भने।

यस परियोजनाले गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथ बालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग समेत गर्ने उनले बताए।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
२०७४ जेठ २४ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More