पेटको बोसो घटाउनु छ ? यी सात चिज खान सुरु गर्नुहोस् आफै घट्छ


  • एजेन्सी

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । 

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ ।

१. लसुनः

लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

२. ग्रीन टीः

पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

३. केराः

यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

४. पुदीनाः

एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

५. दालचीनीः

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

६. स्याउः

स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

७. ओमेगा थ्रीले भरपुर खानेकुराः

तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More