नेपालका प्रधानमन्त्री देउवा हाम्रा मान्छे हुन् - भारतीय मिडिया
- काठमाडौं ।
भारतीय सञ्चार माध्यममले नेपालमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाेमा प्रसन्नता व्यक्त गर्दै भकाभक समाचार र सम्पादकीयहरू प्रकाशित गरिहेका छन् ।
धेरैजसो मुलधारकै भारतीय सञ्चार माध्यमले देउवा भारतका समर्थक र हितैसी भएको उल्लेख गरेका छन् । अाफ्नाे जीवनकामा चाैथाेपटक प्रधानमन्त्री बनेका देउवा भारत परस्त मानिन्छन । उनि नेपालका ४० अाैं तथा गणतन्त्र नेपालका नवाैं प्रधानमन्त्री बनेकाे छन् ।
भारतीय टीभी, अालार्इन र पत्रपत्रिकाहरूमा देउवा नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेको र प्रमुख विपक्षी एमालेलेससहित कुनै पनि दलले उम्मेदवारी नदिएको उल्लेख छ ।
समाचारमा काँग्रेस–माओवादी सहमतिअनुसार प्रचण्डले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री निर्वाचित भएको र उनी भारतको समर्थक रहेको हेडलाइनमै प्रष्ट उल्लेख छ ।
यसअघि नवनिर्वाचित प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ नै टेलिफोन गरेर बधाइ दिएका छन् । प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए ।
देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।