देउवा प्रधानमन्त्री भएलगत्तै एकै जिल्लाका २ सय नेता कार्यकर्ताद्धारा कांग्रेस परित्याग

कपिलवस्तु । 

नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

 स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् । यसरी नेता पाण्डेय संगै पार्टी परित्याग गर्नेहरुमा महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरु रहेका छन् ।



पछिल्लो संविधान सभा निर्वाचनमा आफू सभासद्को आकांक्षी रहेको, महाराजगंज गाविसका पूर्व अध्यक्ष समेत रही जनताको घरदैलोमा पुगी सेवा गरेको भए पनि आफूलाई पार्टीले मूल्यांकन नगरेका कारण वाध्य भै पार्टी परित्याग गर्नु परेको बताएका छन् । नेता पाण्डेय सहित पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु अहिले कुनै पार्टी प्रवेश भने गरेका छैनन् । नेता पाण्डेयले आफूलाई पार्टीले मेयर पदको उम्मेदवार नबनाए पनि आफू कुनै अन्य राजनैतिक दल वा स्वतन्त्र रुपमै भए पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More