भरतपुर ताजा अपडेट : वडा नं १९ मा पुनः मतदान हुने

  • काठमाडौं ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ स्थित मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ । 

मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले उक्तमा पुनः मतदान गर्ने घोषणा गरेको छ ।

निर्वाचन आयोगको शनिबारको वैठकले निर्वाचनको मिति तोक्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिदैं सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिएको थियो। तर, गत जेठ १४ गते आइतबार मध्यरातमा १९ नम्बर वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातेको खबर सार्वजनिक भएपछि मतगणना स्थगित भएको थियो। १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको थियो। 

उक्त वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो भने यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माअोवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More