शेरबहादुर देउवाः आफ्नै साथीलाई समेत यसरी रुवाएपछि…



अछाम ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् ।

देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् ।

२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भए पनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।

लामो समयसम्म कांग्रेसमा योगदान पु¥याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमलबजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । सिफारिसपछि १४ वैशाखदेखि काठमाण्डु बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे । देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने । तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो । त्यसपछि बिच्किएका हुन् सुरेन्द्र ।

काठमाण्डुमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए । उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए ।

‘मलाई नै मेयरको टिकट चाहिन्छ भन्ने विषय पहिलो होइन, तर त्यहाँका जनताको दबाबका कारण मैले बागी उम्मेदवारी दिन लागेको हुँ, जनता भन्दा न्याय दिने अर्को कुनै निकाय छैन, त्यसैले न्याय पाउन पनि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ पत्रकार सम्मेलनमा सुरेन्द्रले भने ।

‘माओवादी द्वन्द्वकालमा सर्वस्वहरण हुँदा पनि ज्यान बचाएर पार्टीले दिएको जिम्मेवारी परा गरेँ, जनताको घरआँगनबाट बाहिर गइन, दुःख र सुखमा साथ दिएँ, तर पार्टीले मूल्यांकन गरेन, पार्टीको निर्णयले कांग्रेसका इमान्दार कार्यकर्ताको मनमा पनि चोट लागेको छ, उहाँहरुले बागी भएपनि उम्मेदवारी दिन आग्रह गरेपछि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ,’ सुरेन्द्रले भने ।

उनी २०४९ सालमा निर्विरोध गाविस अध्यक्ष भएका थिए । २०५४ सालमा भने उठेनन् । अहिले स्थानीय समितिले उनलाई मेयरमा सिफारिस ग-यो । देउवा आफ्नो पुरानो साथी पनि भएकाले टिकट पाउनेमा उनी निश्चिन्त थिए । देउवाले पनि अर्को विकल्प नभएको भनेपछि उनी झनै हौसिएका थिए । ‘कि त मलाई सुरुमै हुँदैन, टिकट दिँदैनौं भनेको भए मैले जनता र कार्यकर्तालाई त्यहीअनुसार कुरा गर्न सक्थेँ, मेरो सबै तयारी पनि भयो अनि टिकटचाहिँ जनाधार नभएको व्यक्तिलाई दिइयो, जानाजानी यस्तो अन्याय कसरी सहनु ?’ उनले आक्रोश पोखे ।

पत्रकार सम्मेलनमा उनले देउवाप्रति पनि आक्रोश पोखे । ‘देउवा संकटमा रहेका बेला मैले निःस्वार्थ सहयोग गरेँ, तर देउवाले गुण देखेनन्,’ सुरेन्द्रले भने । उनी २०६२ सालमा अछाम जिल्लाको कांग्रेस पार्टी उपसभापति समेत भएका थिए । हाल उनी महासमिति सदस्य छन् ।राजधानी दैनिकमा खबर छ ।

२०७४ जेठ ३१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More