मनसरा संरक्षण अभियान : खाता खोलेकै दिन जम्मा भयो ९० हजार

  • काठमाडौँ । 
गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रास्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा कामी (लुहार)को कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

कालिकोटमा उपचार सम्भव नभएपछि  स्थानीय अगुवा कालीबहादुर महतारा, नेकपाका पोलिटब्युरो सदस्य भरत बम र सामाजिक अगुवा युवा पंक्तिको सहयोगमा काठमाडौं ल्याइपु¥याएकि मनसरको कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

यस्तै मनसरा संरक्षण अभियान सुरु गरिएको छ । अभियान सुरु गरि स्थानीय अगुवा तथा मनसरा संरक्षण अभियान संयोजक कालीबहादुर महतारा र समिति सदस्य तथा बालिकाका बुवा रने कामी (लुहार)को नाममा नग्लोबल आइ एम इ बैंकमा सयुक्त  खाता खोलिएको छ । 

मनसरा संरक्षण अभियानका अगुवा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बमले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार सहयोग गर्न इच्छुकले मनसरा संरक्षण समितिको खाता नम्बर ३३०७०१००३८७५५ ग्लोबल आइ एम इ बैंकमा सिधै रकम जम्मा गर्न सक्नेछन्।

यस्तै अभियान सुरु गरि खाता खोलिएको पहिलो दिन नै ९० हजार सहयोग रकम जम्मा भएको छ । कालिकोट रकुका दिल बहादुर कठायतले ५० हजार सहयोग गरेका छन् । 

उनि हाल ब्यापारको सिलसिलामामा चीनमा बस्छन । उनकि श्रीमती बिना कठायत (राइ)ले अस्पतालमै पुगेर बिरामीकै हातमा सहयोग रकम हस्तान्तरण गरेकी हुन् । 

यस्तै गोबिन्द बरालको अगुवाइमा काठमाडौँका मदिरा व्यवसायीहरुले नगत ३० हजार सहयोग गरेका छन् । उनीहरुले पनि अस्पताल पुगेर बिरामीलाई रकम हस्तान्तरण गरेका हुन् ।

यस्तै कालिकोट घर भइ हाल जापानमा अध्यनरत दिनेश शाहीले १० हजार सहयोग रकम हस्तान्तरण गरेका छन्। 

यस्तै मनसरा संरक्षण समितिका संयोजक कालीबहादुर महताराका अनुसार मूल खाताका अलवा तत्कालिन सहयोगका लागी यसअघि अरु सहयोगी र साहायक खाताहरु पनि रहेका थिए । 

यस अघि तत्कालिन सहयोग जुटाउन प्रयोग गरिएका सहयोगी र सहायक खातामा जम्मा भएको रकम पनि समितिको मूल खातामा सार्ने तयारी भइरहेको महताराले बताएका छन् । 

मनसरा संरक्षण समितिले थप सहयोगका लागी समितिका संयोजक कालीबहादुर महताराको मोबाइल नम्बर ९८४८३०७१७३ मा सम्पर्क गर्न सकिने जनाएको छ। साथै समितिले रकम जम्मा गरी सहयोग जम्मा गरेको भौचर पनि उपलब्ध गराउन अनुरोध गरेको छ ।

काली बहादुर महतारा प्रमुख रहेको मनसरा संरक्षण समितिमा सदस्यहरु रने (कामी)लुवार, नेत्रराज शाही, शेखर बराल, रन्जना लुवार, प्रकाश न्यौपाने, शेखर बराल, जनक महतारा, रहेका छन् । 

यस्तै समितिले मनसराको उपचार र उपचार पश्चात रेखदेखको निम्ती स्वास्थ्य सहयोगका लागी स्वास्थ्यकर्मीहरु लोकेश जोशी, कटक महत, सेखर बराल रहेको एक सहयोग समिति पनि गठन गरेको छ । 



यस्तै मनसरा संरक्षण सल्हाकार समिति पनि गठन गरिएको छ । सल्हाकार समितिमा भरत बम पूर्व सभासद धिरिन्द्रा उपाध्याय र रास्कोट नगरपालिका कालिकोटका मेयर काशी बराल रहेका छन्  । 

अस्पताल पुगेर सहयोग हस्तान्तरण गर्ने केही सहयोगीहरूका तस्बिरहरु





, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More