ट्वीटरमा बाबुरामको व्यंग्य, मतपत्र च्यात्नेलाई सम्मानित गरिए चुनावमा कसैले हार्नु पर्दैन !


  • काठमाडौं । 

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले व्यंग्यात्मक ट्वीट गर्दै मतपत्र च्यात्नेलाई सम्मान गरिए अबको चुनाबमा कसैले पनि नहार्ने बताएका छन् । 

भरतपुरमा मतपत्र च्यात्नेलाई पुरस्कृत नगर्न आग्रह गर्दै बाबुरामले यस्तो ट्वीट गरेका छन् । कानुनी छिद्रलाई टेकेर मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए भोलि कसैले पनि चुनाव नहार्ने भन्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

ट्विट गर्दै बाबुरामले नाजीवाद र फासीवाद पनि चुनाव (ब्यालेट) बाटै आएको भन्दै उनले मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए लोकतन्त्र मर्ने उल्लेख गरेका छन् । 


भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको प्रहरी र निर्वाचन आयोगले समेत पुष्टि गरेपनि उनीहरुलाई रिहा गरिएपछि माओवादी केन्द्रले सम्मान गर्ने हल्ला चलिरहेको छ ।

सोही कारण बाबुरामले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ब्यालेटबाटै नाजीवाद र फासीवाद ल्याउन खोजेको आरोप लगाएका छन् ।

उनले जसको शक्ति उसको भक्ति भन्ने संस्कृतिले जसरी पनि चुनाव जित्न र हार्न लाग्दा मतपत्र च्यात्न उद्यत हुने प्रवृत्ति बढ्ने दाबी गरेका छन् । ‘जसको शक्ति उसको भक्ति संस्कृतिले जसरी पनि चुनाव जीत भन्छ, हार्न लाग्दा मतपत्र च्यात्न उद्यत गर्छ,’ बाबुरामको ट्विटमा उल्लेख छ । उनले भरतपुर नेपाली लोकतन्त्रको लिट्मस टेस्ट भएको बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More