अध्यक्ष चन्दको रिहाइको माग गर्दै अनेमसंघ महासचिव उपाध्यायले सरकारलाई दिइन चेतावनी (विज्ञप्तिसहित)

  • राजीव चन्द , काठमाडौं ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धेरेन्द्रा उपाध्यायले आफ्नो दमन र ज्यादती बन्द गर्न सरकरलाई चेतावनी दिएकी छिन ।

मंगलबार साँझ सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्द संगठनात्मक कामको सिलसिलामा प्यूठानमा सामान्य छलफलमा बसिरहेकै बेला प्रहरीले एक्कासी घेरा हाली पञ्चायती शैलीमा गिरफ्तार गरेको भन्दै नेतृ उपाध्यायले कडा आपत्ति जनाएकी छिन ।

बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले संगठनकी बन्धु चन्दलगायत गिरफ्तार परेका अन्य ११ जना नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गरेकी हुन् ।

'यो कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । संगठनका अध्यक्ष बन्धु चन्दलगायत गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौँ । नेतृ उपाध्यायद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ । 

अाफ्ना अध्यक्षलाएतका नेता कार्यकर्ता रिहा गर्न विलम्ब गरिएमा त्यसको विरुद्ध प्रतिरोध गर्ने उनको चेतावनी छ । 'प्रतिरोधबाट आउने परिणामको जवाफदेही स्यवम् राज्य नै हुनुपर्नेछ ।' उनले विज्ञप्तिमा भनेकी छिन ।

बुधबार कम्युनिष्ट पार्टीको आन्तरिक बैठकमा हस्तक्षेप गर्दै बैठकबाट नेकपाका राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, केन्द्रीय सदस्यहरु बन्धु चन्द, असल क्षेत्रिसहति एक दर्जन जिल्ला सदस्यहरुलाई गिरफ्तार गरेको छ । उनिहरूलार्इ जिल्ला सदरमुकाम खलङ्गास्थित, जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

त्यस्तै मंगलबार नै रोल्पबाट पनि कम्युनिस्ट पार्टी निकट कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । साँस्कृतिक कार्यक्रम सकेर फर्कदै गरेका ११ जना कलाकारहरु रोल्पको इरिबाङस्थित तिराम गाबिसको तिन दमारे गाउँपालिकाबाट गिरफ्तार गरेको हो ।

हेर्नुस विज्ञप्ति :

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी
केन्द्रीय समिति

विषय : प्रेस विज्ञप्ति

२०७४ जेठ २४ गते साँझ अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द संगठनात्मक कामको सिलसिलामा प्यूठानमा सामान्य छलफलमा बसिरहेकै बेला प्रहरीले एक्कासी घेरा हाली उहाँलगायत ११ जनालाई कमरेडहरूलाई गिरफ्तार गरी प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा, जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

यो कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । संगठनका अध्यक्ष बन्धु चन्दलगायत गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौँ । यदि यस कार्यमा विलम्ब गरिएमा यो राज्यका विरुद्ध प्रतिरोध गर्ने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । प्रतिरोधबाट आउने परिणामको जवाफदेही स्यवम् राज्य नै हुनुपर्नेछ ।
................................
धीरेन्द्रा उपाध्याय 
महासचिव
अखिल नेपाल महिला संघ क्रान्तिकारी
केन्द्रीय समिति

२५ जेठ, २०७४
२०७४ जेठ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More