- इमान्दार मिडिया,काठमाडौं ।
अब काठमाडौं उपत्यकाको बिजलुी व्यवस्थापन पनि महानगरकै जिम्मामा छ । प्रधानमन्त्रीका केही सहयोगीले विद्यासुन्दर आउने बित्तिकै काठमाडौंमा लोडसेडिङ हुने अड्कलबाजी गरे । किनभने बुधबार नै हो एमालेबबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सपथ लिएका थिए र बालुवाटारको बत्ति पनि बुधबार नै गयो । यो संयोग मात्र हो योजनाबद्ध तरिकाले गरिएको सड्यन्त्र ?
‘विद्यासुन्दरले सपथ लिनु र बालुवाटारमा अहिलेसम्म नगएको बत्ती जानु संगोग मात्रै हो कि यसमा केही कारण छ भनेर अनौपचारिक कुरा भयो’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
त्यति मात्र होइन प्रचण्ड पुत्रले सामाजिक संजाल फेसबुकमा स्टाटससम्म लेख्न भ्याएछन । बालुवाटारमा बुधबार राति लोडसेडिङ भएको प्रधानमन्त्री पुत्र दाहालले फेसबुक स्टाटसबाट पनि प्रष्ट पारेका छन् । ‘उफ बालुवाटारभित्रै बत्ती जान थाल्यो १ घण्टामा ३ चोटी । काठमण्डुमा खै कुन्नी मेयरले सपथ खाएकै दिन के भएको हो’, प्रकाशले लेखेका छन् ।
माओवादीले जनार्दन शर्मा र कुलमान घिसिङ मिलेर लोडसेडिङ अन्त्य गरेपछि औडाहा भएर एमालेले कहिले कुलमानविरुद्ध प्राधिकरणका आफ्ना कर्मचारी उचालेर आन्दोलन गर्न लगाउने त कहिले मिटर बक्स बिगार्ने र पोल ढाल्ने काम गरेको आरोप लगाउँदै आएको छ । प्रचण्ड सरकारले राजधानीलाई लोडसेडिङमुक्त बनाए पनि राजधानीबासीले स्थानीय तहको निर्वाचनमा भोट नदिएपछि माओवादीमा उपत्यका बासीको ‘अवसरवादी चरित्र’ बारे बहस जारी छ ।
- काठमाडौँ ।
नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको नेविसङ्घ अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् ।
अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको महरले जानकारी दिए।
भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए ।
२०७४ जेठ १८ मा प्रकाशित ।
- काठमाडौं ।
एमालेबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार देवी ज्ञवाली पुत्र निरब ज्ञवाली बुवाकी प्रत्यासी माओवादी केन्द्रकी नेतृ रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौजमा उत्रिएका छन् ।
चितवनको एक स्थानीय अनलाइन पोर्टलमा प्रकाशित रेणुको अन्तर्वार्ता पढेपछि ज्ञवाली पुत्रले अश्लील गाली गरेका हुन् । अन्तर्वार्तामा रेणुले आफू जित्ने निश्चित भएपछि एमालेले मतपत्र च्यातेकी प्रत्यारोप गरेकी छन् ।
अन्तर्वार्ता पढेपछि रिसले चुर भएका निरबले सामाजिक संजाल फेसबुकमा नकच्चरी भन्दै छोटो शब्दमा तथानाम गालीगलौज गरे ।
उनले रेणुलाई नाङ्गै सडकमा हिंड्न भन्ने सम्मको सुझाब दिएका छन् । ‘थुइक्क नकचरी, नांगै हिंड्न सडकमा बरु । अझ शालीन रे’, उनले लेखेका छन् । एउटा जिम्मेवार नेताका छोराले सार्वजनिक रुपमा अर्की जिम्मेवार नेतृमाथि यसरी हदैसम्मको तुच्छ व्यवहार देखाउनुले स्वय: देवी ज्ञवालीकै नैतिकता र संस्कारमाथि समेत प्रश्न चिन्ह खडा भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
ह्रेनु देवी पुत्र निरबले रेणु दाहालमाथि गरेको गालीगलौज
- काठमाडौं ।
कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ। वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ।
मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ। मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ। यो खबर यम विरहीले आजको अन्नपूर्णमा लेखेका छन्। सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै बहसमा उपस्थित नहुने कानुन व्यवसायीलाई रजिस्ट्रारले जाँचबुझ गरी कारबाही प्रस्ताव गर्न सकिने नयाँ व्यवस्था गरिएको छ।
उमेरहदका कारण अवकाश पाउनुभन्दा एक साताअघि प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनमा यस्तो कानुनको मस्यौदा भएको हो। नियमावली मस्यौदाको नियम १४० मा कुनै कानुन व्यवसायीउपर उजुरी परे कारबाहीका लागि कानुन व्यवसायी परिषद्मा लेखी पठाउने व्यवस्था छ। ‘कुनै कानुन व्यवसायीले वकालतनामा दिएर पनि मुद्दा सुनुवाइ हुँदा इजलासमा अनुपस्थित भएको वा पक्षको हितविपरीत कुनै काम गरेको उजुरी कसैले दिए रजिस्ट्रारले सो उजुरीउपर आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्समक्ष पठाइदिनुपर्ने छ', मस्यौदामा लेखिएको छ।
कारबाहीको प्रस्ताव गर्नुअघि बहसमा उपस्थित नहुने वकिललाई सुनुवाइको मौका भने दिइने व्यवस्था छ। मुद्दा सुनुवाइमा इजलासमा उपस्थित नहुने कानुन व्यवसायीको नाम फैसलामै उल्लेख गरी अदालतमा निजको अभिलेख राखिने व्यवस्थासमेत मस्यौदामा छ। मस्यौदाको यो व्यवस्था आईजीपी प्रकरणमा नवराज सिलवालद्वारा दायर रिटमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलगायत विपक्षीका कानुन व्यवसायीले बहस बहिष्कार गरेकोलगायत प्रकरण दृष्टिगत गर्दै तय गरिएको आशंका गरी मस्यौदाको व्यवस्था लागू भए जोसुकै पनि फस्न सक्ने कानुन व्यवसायीले औंल्याएका छन्।
यही विषयबारे बुधबार नेपाल बारले वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष एवं कानुनविद् र सल्लाहकारसँग राय परामर्श लिएको थियो। उनीहरूको सुझावअनुसार बार अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको वरिष्ठ अधिवक्ता संलग्न अध्ययन समिति गठन गरिएको छ। ‘नियमावलीमा धेरै त्रुटि देखिएको छ। बार काउन्सिलले गर्ने काम पनि सर्वोच्चका रजिस्ट्रारले गर्ने भनिएको छ। यो
आपत्तिजनक छ’, छलफलपछि बार अध्यक्ष केसीले भने, ‘१५ दिनको समय मागेर बिहीबारै सर्वोच्चलाई पत्र पठाइनेछ।' कुनै पक्षबाट कानुन व्यवसायीले बहस पैरवी गरेको अवस्थामा त्यस्तो पक्षले फैसलाको जानकारी नपाएको दाबी पछि गर्न नपाउने गरी कडाइ गरिएको छ। सल्लाहकार बैठकमा सहभागी नेपाल बारका पूर्वउपाध्यक्ष मुकुन्द पौडेलले रजिस्ट्रारले कारबाहीका लागि आफैं उजुरी छानबिन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको बताए।
‘कानुन व्यवसायीको उजुरी सर्वोच्चले लिने होइन, बार काउन्सिलले हो। झन् वरिष्ठ अधिवक्ताको समेत जाँचबुझ गर्ने काम हचुवा मात्र होइन, संविधानको मर्म, भावना र पेसागत आदर्शको ठाडो बर्खिलापमा छ।’
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्।
उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन। एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ।’ राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा भनिन्, ‘राष्ट्रिय मुद्दामा दलबीच एकता अपरिहार्य छ। चुनावमा तपाईंहरू दलीय नेतृत्व गर्नुहोस् तर राष्ट्रिय मुद्दामा दल होइन, राष्ट्र र जनता हुनुपर्छ।’
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेतामाझ राष्ट्रपतिले भनिन्, ‘दलहरूले राष्ट्रिय मुद्दालाई उच्च प्राथमिकता दिनै पर्छ।’
राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नेमकिपाका नेता सुवालले भने, ‘तपाईंहरूलाई सहमतिको सरकार गठन गर्न आजै (बुधबार) राति १२ बजेसम्मको सयम सीमा दिएको छु। मलाई आशा छ, तपाईंहरू एक हुनुहुनेछ। कदाचित सहमतीय सरकार गठनका लागि एक हुन नसके पनि राष्ट्रिय मुद्दामा आगामी दिन एक हुँदै अघि बढ्नुहुनेछ।’ ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा दुई प्रधानमन्त्री ठीक भएन।
एउटै प्रधानमन्त्रीले निर्वाचन गराउनु राम्रो हुन्छ। यसले दलबीच एकता र प्रजातान्त्रिक अभ्यासले गतिसमेत लिन्छ’, सुवालले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने। राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयलाई सदुपयोग गर्न नेताहरूलाई आग्रह गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
‘मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुहोस्, राष्ट्रिय सहमतिको सरकार गठन नभए बिहीबारबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले जानकारी दिए। प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपतिले सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपतिको आह्वानको समयसीमा बुधबार सकिँदै छ। यो म्यादभित्र सहमतीय सरकार बन्न नसके संविधानले व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने व्यवस्था गरेको छ।
सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफूले सहमतीय सरकार गठनका लागि छलफल गर्न मंगलबार बोलाएको बैठकमा एमाले सहभागी नभएको गुनासो गरेकी थिइन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवाको गुनासोमा जवाफ दिँदै भनिन्, ‘मैले त हिजै पनि भनेको थिएँ, प्रमुख प्रतिपक्ष एमालेलाई हिजोको बैठकमा बोलाउने कांग्रेसको तरिका नै भएन।’
कांग्रेसले आफ्ना सभापति देउवाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने जनाउँदै छलफलमा आउन एमालेलाई पत्र लेखेको थियो। एमाले व्यक्ति पहिल्यै तोकेर सहमति खोज्ने बैठकमा सहभागी नहुने भन्दै अनुपस्थित भएको थियो। राष्ट्रपति भण्डारीसँगको छलफलमा फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदार र राप्रपा नेपालका अध्यक्ष थापाले सहमतीय सरकार गठन गर्न आफूहरू सहयोगी नै रहेको तर सहमति नभए पनि प्रतिपक्षमै बसेर संविधान कार्यान्वयन र मुलुकको हितमा सहयोग गर्न तयार रहेको बताएक थिए।
नेमकिपाका नेता सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा मालेका महासचिव सिपी मैनालीले पनि ठूला दलबीच सहमति हुन सके आफूहरू तयार रहेको धारणा व्यक्त गरेका थिए। राजपाका नेता राजेन्द्र महतोले निर्वाचन सार्नु मात्र पर्याप्त नहुने धारणा व्यक्त गर्दै मधेसका माग पूरा गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए।
२०७४ जेठ १८ मा प्रकाशित ।
- राजिब चन्द।
काठमाडौँ ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, समर्थक, र शुभ चिन्तकहरुका घर-घरै प्रहरीले छापा मार्न सुरु गरेको छ।
पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइसकेर अर्को चरणको निर्वाचन तयारी भइरहेका बेला निर्वाचन बहिष्कार अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका कार्यकर्ताका घर, कोठामा प्रहरीले खोजी-खोजी छापा मार्न थालेको हो ।
यसै क्रममा कम्युनिष्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य कुवेर घिमिरेको बालुवाटार स्थित कोठामा प्रहरीले छापा मारेको छ ।
घिमिरेले इमान्दार मिडियालाई टेलिफोन गरी दिएको जानकारीअनुसार प्रहरीले उनको कोठामा हतियार रहेको भन्दै छापा मारेको हो ।
प्रहरीले यसरी हतियार राखेको भन्दै कार्यकर्ताका कोठा र घरमा छापा मार्दै जनतामा आतंक मच्चाउन सुरु गरेको घिमिरेको आरोप छ ।
यस्तै आजै प्रहरीले कलंकी क्षेत्रमा रहेका कम्युनिष्ट पार्टी कार्यकर्ताका घर कोठामा छापा मार्दै कार्यकर्ताका परिवारहरुलाई आतंकित पार्ने, र यो पार्टीमा लाग्नु हुन्न भन्दै धम्क्याउने गरेको घिमिरेको आरोप छ ।
२०७४ जेठ १७ गते प्रकाशित
- काठमाडौं ।
चुनावको मिति सारिएपछि राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ ।
राजपाका नेता मनिष सुमनका अनुसार सरकारले दोस्रो चरणको स्थानीय चुनावको मिति असार १४ गतेको लागि सारेको र आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताएका छन् ।
यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । नेता सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए ।
गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो ।
- नयाँ दिल्ली ।
सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।
केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् ।
कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन् ।
- धनगढी ।
बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर निर्माणमा केही समस्या उत्पन्न भएको थियो । सो क्षेत्रमा बसोवास गराइएका १६ मुक्तकमैया परिवारलाई नजिककैको काटाँक्षे गाउँमा जग्गा खरिद गरी पुनःस्थापित गराइएछि मूलनहर निर्माणमा देखिएको समस्या समाधान भएको छ ।
मुक्तकमैयालाई प्रतिपरिवार दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मुक्तकमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूलनहरको रेखाङ्कन भएको, तथा निर्माणस्थलमा परेका रुख कटानीका लागि गर्नुपर्ने प्रक्रियामा भएको ढिलाइलगायत कारण आयोजना तोकिएको समय आव २०७३÷७४ मा निर्माण सम्पन्न गर्न ढिलाइ भएको सो आयोजनाका इन्जिनियर मनिस महर्जनले बताए । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको उक्त आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण पूरा गरेको छ ।
इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिनको अधिकांश काम पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहरलगायत काम भइरहेको छ । आव २०७४÷७५ को अन्त्यसम्ममा निर्माण पूरा भई नहरमार्फत् पानी दिने लक्ष्य रहेको इन्जिनियर महर्जनले बताए ।
सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम पूरा भएको छ । मूलनहर निर्माणको दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको रहेको छ ।
आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिपुर, नारायणपुर, मुनुवा गाविसको झन्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । नेपाल सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदान समेत गरी रु १२ अर्ब ६३ करोड २१ लाखको लागतमा सो आयोजना निर्माण भइरहेको हो
२०७४ जेठ १७ मा प्रकाशित ।
- तनहुँ ।
सरकारले तनहुँका चारवटा नगरपालिका तथा छवटा गाउँपालिकाका लागि रु तीन अर्ब ५९ करोड विनियोजन गरेको छ । सबैभन्दा बढी ब्यास नगरपालिकाका लागि रु ६३ करोड ४७ लाख ८६ हजार बजेट छुट्टयाएको छ ।
यस्तै भानु नगरपालिकामा रु ४९ करोड १४ लाख ५३ हजार, शुक्लागण्डकी नगरपालिकामा रु ४३ कारेड ६३ लाख ४२ हजार र भिमाद नगरपालिकामा रु ३८ करोड ९० लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिकाका लागि रु २४ करोड ६९ लाख ६३ हजार, ऋषिङ गाउँपालिकाका लागि रु ३७ करोड ६ लाख ९७ हजार, घिरिङ गाउँपालिकाका लागि रु २७ करोड ६९ लाख ९४ हजार, देवघाट गाउँपालिका लागि रु २४ करोड ८३ लाख ८८ हजार, बन्दीपुर गाउँपालिकाका लागि रु २५ करोड ४२ लाख ९६ हजार र म्याग्दे गाउँपालिकाका लागि रु २४ करोड ८३ लाख ८८ हजार विनियोजन गरिएको छ ।
२०७४ जेठ १७ मा प्रकाशित ।
- एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवनको नजिकै बम बिस्फोट हुँदा ६५ जनाको ज्यान गएको छ।
घटनामा ३ सय ६५ गम्भीर घाइते भएका छन्। बिस्फोट निकै शक्तिशाली रहेको बताइएको छ। काबुल प्रहरी प्रवक्ता बशीर मुजाहिदका अनुसार बिस्फोट जर्मनी दूतावासको गेट नजिकै गराइएको थियो। यहाँ अन्य देशका दूतावाससहित महत्वपूर्ण कार्यालय पनि उपस्थित छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले घटना लगत्तै ६७ जना घाइतेलाई अस्पताल भर्ना गराइएको बताएका छन्। घटनाका प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै पजवक न्युज एजेन्सीले लेखेको छ, बिस्फोट जर्मनी दूतावास र विदेशी शैन्य शिविर नजिकै भएको थियो। विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन।
२०७४ जेठ १७ मा प्रकाशित ।
काठमाडौँ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ ।
यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।
मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गरेका थिए
दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिए पनि ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको उपप्रधानमन्त्री निधिले बताए ।
२०७४ जेठ १७ मा प्रकाशित ।
- काठमाडौं ।
निकै नै चासो पूर्वक हेरिएको भरतपुरको मतगणना स्थलमा मतपत्र च्यातिएको र त्यसपछि गणना स्थगित भएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार प्रतिवेदन सार्बजनिक गर्दै छ ।
निर्वाचन आयोग र छानबीन समितिको प्रतिवेदन आज दिउसो सम्म सार्वजनिक गरिने तय पनि यता निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले यस्तो डरलाग्दाे तथ्य सार्वजनिक गरेका छन् ।
भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर १९ को मतगणना गर्दा उनीहरुले सोचेजस्तो परिणाम आएन । त्यहाँ मत गणना गर्दा एमालेका देवी ज्ञवाली त्यति धेरै माइनस भएनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली ।
यो रेर्कड निर्वाचन आयोगसँग अहिले पनि सुरक्षित रहेको प्रतिनिधिहरु बताउदछन् । त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरुले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन कांग्रेस र माओवादी केन्द्रका लागि अप्रत्यासित थियो ।कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए ।तर माओवादी केन्द्र आश्वस्त हुन सकिरहेको थिएन् ।
वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा गरेर एमालेको कम्तीमा ११ सय मत आउथ्यो । लिड थियो ६६४ यो सबै जोड्दा १७ सय भन्दा माथि हुनथ्यो । जुन मत गठवन्धनको पराजयका लागि प्रयाप्त थियो । कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन ।
वडा नः २० भन्दा धेरै मत खसेका वडा नः १५, १७, १८ र २१ मा समेत एमालेले बढिमा ३६१ भन्दा बढि मत तिरेको छैन् । जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नः १७ मा २८७, १५ मा २३७ मत तिरेको छ । जहाँ कांग्रेसले ५ सयभन्दा बढि मत तिर्नुपर्ने अनुमान गरेका थिए ।
यसैले हतास मनस्थितिमा माओवादी केन्द्रले आफ्ना मानिसहरु लगाई सुनियोजीत रुपमा मतपत्र च्यात्न लगाई पुन निर्वाचन गर्नु पर्ने अडान लिएको एमाले कार्यकर्ताहरु बताउदछन् ।
सोही समय देखि त्यहाँको मतणना स्थगित छ भने मतगणास्थल सिल गरिएको छ । । अहिले माओवादी कांग्रेस पुन मतदान गर्नुेपर्नैअ डानमा छन भने एमालेले मतगणना अगाडि बढाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई मतपत्र च्यात्दै गर्दा रंगेहात पक्राउ गरेको तथ्य सार्वजनिक भएको छ ।
२०७४ जेठ १७ मा प्रकाशित ।
- काठमाडौं ।
भूकम्पको समयमा त्रिपाल घोटाला काण्डमा मुछिएका नुवाकोटका कांग्रेसी नेता रमेश महतले अन्तर्घात गरी काँग्रेसका उम्मेदवारलाई नै हराएको रहस्य खुलेको छ ।
विगतको संसदीय निर्वाचनमा तीनवटै क्षेत्रमा जितेको कांग्रेसले यसपटक यिनै महतका कारण पराजय भोग्नु परेको छ ।
नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नगरपालिका, ककनी गाउँ पालिका, किम्ताङ गाउँपालिकालगायतका कांग्रेसका किल्लाहरुमा आफू निकटकाले टिकट नपाएपछि कांग्रेस महाधिवेशनमा जगदिश नरसिंह केसीसँग सभापतिमा हारेका महतले यस्तो बबन्डर मच्चाएका हुन् ।
नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नगरपालिका, ककनी गाउँ पालिका, किम्ताङ गाउँपालिकालगायतका कांग्रेसका किल्लाहरुमा आफू निकटकाले टिकट नपाएपछि कांग्रेस महाधिवेशनमा जगदिश नरसिंह केसीसँग सभापतिमा हारेका महतले यस्तो बबन्डर मच्चाएका हुन् ।
अन्तर्घात गर्नुअघि उनले आफ्नै कम्पनीमा चोरी भयो भन्दै प्रहरीको सहानुभूति लिने प्रयास गरेका थिए । जबकी उनकै डिजाइनमा चोरी काण्ड मच्चाएको प्रहरीको आन्तरिक छानविन समितिले रिपोर्ट दिइसकेको छ ।
कृष विकास बैंकमा सेयर होल्डरको तर्फबाट सञ्चालक समिति सदस्य रहेका महत गैरकानुनी कर्जामा समेत मुछिदै आएको बैंककै कर्मचारी बताउँछन् । चुनावमा अन्तर्घात गर्नकै लागि महतले सुन्धाराको काठमाडौं महलमा रहेका दुईवटा आफ्नै मोवाइल पसलबाट केही मोवाइलका सेट बाँडेको पनि खुलेको छ ।
२०७४ जेठ १७ मा प्रकाशित ।
- मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ ।
नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पु¥याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एउटा एम्बुलेन्ससमेत पटक पटक बिग्रने समस्याले प्रयोगविहीन भएको छ भने एउटा एम्बुलेन्स मात्र हुँदा समस्या भएको चिकित्सक रामशरण श्रेष्ठले बताए ।
भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुँदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासी दीपेन्द्र कार्कीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको एक मात्र एम्बुलेन्स र त्यो पनि ठीक अवस्थामा नभएकाले दुर्घटना हुँदा घाइतेको ज्यानै जानसक्ने ठूलो समस्या देखिएको छ ।
एम्बुलेन्स अभावमा नगरवासीले बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन कुनै सवारीसाधन नभएको गुनासो गरेका छन् । कुनै सवारीसाधन फेला परिहाले पनि पीडितले चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ ।
एम्बुलेन्स अभावमा गत फागुन २७ गते मेलम्ची नगरपालिका–१३ फटकशिलामा बा ४ ख ६९०६ नंको ट्रक दुर्घटना हुँदा उदयपुर स्थायी घर भएका ४४ वर्षीय रामबहादुर बस्नेतले उपचारमा ढिलोे हुँदा प्राण नै त्याग्नु प¥यो । एम्बुलेन्स अभावका कारण बस्नेतलाई सार्वजनिक सवारीसाधन कुरेर काठमाडौँमा लगिएको थियो ।
२०७४ जेठ १७ मा प्रकाशित ।
चितवन ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताएका छन् ।
सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ ।
प्रेस चौतारी चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताएक हुन् ।
सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए । उन मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिए ।
भरतपुरमा घटाइएको घटना निन्दनीय रहेको भन्दा उनले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरे ।
- काठमाडौं ।
एमालेका एक नेताले माओवादी केन्द्रमा प्रवेश गरी नगरप्रमुखका लागि उम्मेद्वारी घोषणा गरेका छन् । एमालेले लालीगुराँस नगरपालिकाको प्रमुखका लागि टिकट नदिने भएपछि गणेशकुमार सेनेहाङ लिम्बू माओवादी केन्द्रमा प्रवेश गरी सोमबार नै उम्मेद्वारी घोषणा गरेका हुन् ।
सेनेहाङ एमाले जिल्ला कमिटी तेह्रथुमका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख थिए । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका सेनेहाङ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
लालीगुराँस नगरपालिकाको प्रमुखमा जित्ने सुनिश्चित हुँदाहुँदै पनि एमालेले टिकट नदिएपछि बाध्य भएर पार्टी परिवर्तन गरेको उनले बताए । उनलाई सोमबार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाईंले पार्टी प्रवेश गरार्ई लालीगुराँस नगरपालिकाको प्रमुखको उम्मेद्वार घोषणा गरेका हुन् । एमालेले उम्मेद्वार घोषणा गरिनसके पनि लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्कालाई उठाउने तयारी गरेको छ ।
एजेन्सी ।
गल्फ सुपरस्टार टाइगर उड्स पक्राउ परेका छन्। उनलाई अमेरिकाको फ्लोरिडास्थित जुपिटरका प्रहरीले अत्याधिक मदिरा र ड्रग्स सेवन गर्दै गाडी चलाएको आरोपमा पक्राउ गरेको हो।
सोमबार बिहान स्थानीय समयअनुसार बिहान ७ बजेर ४८ मिनेट जाँदा पक्राउ परेका १४ पल्टका मेजर गल्फ विजेता ४१ वर्षीय टाइगर उड्सको नाम पाम वीचस्थित काउन्टी जेलमा उनको नाम दर्ता गरिएको थियो।
उनलाई नीजि मुचुल्काकामा हस्ताक्षर गरेर १० बजेर ५० मिनेटमा छुट्न सफल भएका थिए। गत फेब्रुअरीमा टाढामा समस्या देखिएपछि उनले दुबई डेजर्ट क्लासिकबाट आफ्नो नाम फिर्ता लिएका थिए। त्यसपछि उनी गल्फ प्रतियोगितामा देखा परेका छैनन्।
२०७४ जेठ १६ मा प्रकाशित ।
- काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।
सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ।
यसका लागि सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ताबाट १५ अर्ब, बैदेशीक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने उल्लेख गरेको छ ।
यो बजेट ४ खर्ब ६१ अर्ब न्यून हुने भएको छ ।
यसमध्ये बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाइने भएको छ र बाँकी रकम चालु आवमा बचतमा रहेको नगद मौज्दातबाट जुटाइने उल्लेख छ ।
२०७४ जेठ १५ मा प्रकाशित
- काठमाडौँ ।
उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै प्रस्ताव फिर्ता लिएका हुन् ।
‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदले गत बैशाख १७ महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
- पाल्पा ।
पाल्पामा नेपाली कांग्रेसका करिब २ दर्जन स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन्।
दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै जाँदा रामपुर नगरपालिका १० नम्बर वडाका २० जना स्थानीय नेता कार्यकर्ता कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेसीहरुलाई एमाले उम्मेदवार राजु श्रेष्ठले टीका र अबिर लगाउदै स्वागत गरेका छन् । एमाले प्रबेश गर्नेहरुले रामपुरको बिकासका लागी एमालेको प्रमुख भुमिका रहेको र एमालेले इमानदारीका साथ काम गरेकोले आफुहरुले एमाले रोजेको बताए।
पार्टी प्रबेश कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले जनताले निर्वाचित गरि आफुलाई स्थानीय तहको जिम्मेवारी दिए रामपुरको बिकासका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय समाजसेबी नोलराज भण्डारी, टंकनाथ खनाल, शम्भु वस्ती, बिष्णुप्रसाद भण्डारी र उदयराज भण्डारीले निर्वाचन शुभकामना दिएका थिए ।
एमालेले मात्र स्थानीय तहको बिकास निर्माणका कामहरुलाई पूरा गर्न सक्ने भएकाले एमालेलाई भोट दिन आग्रह गरेका थिए ।
२०७४ जेठ १५ गते प्रकाशित
चितवन ।
चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई बाँदर भनेका छन् ।
प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका हुन् ।
एसपी थापाले तल्लोस्तरमा झरेर न्यौपाने र सिवाकोटी बाँधर झैं मतपत्र च्यात्न गएको बताएका छन् । त्यतिबेला कभर्ड हलमा सौहार्दपूर्ण वातावरणमा मतगणना भइरहँदा थापाले बताए । मत गणनामा अाफू र डीएसपीसहित ३३ जना रहेको बताउँदै थापाले एउटा समूहमा सामान्य विवादकै बीच मतपत्र च्यातेको अारोप लगाएका छन् । उनले ४-५ मत च्यातेको बताए ।
एसपी थापाले विवाद सुरु हुनसाथ त्यसतर्फ जान खोज्दा अाफूले सम्झाएको बताउँदै दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनले मत गणनास्थलमा उम्मेदवारका प्रतिनिधि बाहेक अरु कोही नभएको समेत जानकारी दिएका छन् ।
गनेर नतिजा सार्वजनिक भइसकेका मतपत्र पनि माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेर मत गणना स्थगित गरेको छ । वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ।
- चितवन ।
मतगणना स्थगित भएको भरतपुर १९ वडामा पुनः मतदान गर्न कांग्रेस जिल्ला समिति चितवनले जोडदार माग माग गरेको छ ।
जिल्ला समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा कांग्रेस उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा घटेको घटनाप्रति खेद प्रकट गर्दै सो वडामा पुनः मतदान गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाहीको माग र स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदान प्रकृया अघि बढाउन भनिएको छ ।
उसले महानगरमा जारी मतगणनालाई व्यवस्थित गर्न निर्वाचन आयोगसँग पटकपटक माग गर्दा समेत वेवास्था गरिएकाले सो घटना भएको जनाएको छ ।
जिल्ला समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा कांग्रेस उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा घटेको घटनाप्रति खेद प्रकट गर्दै सो वडामा पुनः मतदान गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाहीको माग र स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदान प्रकृया अघि बढाउन भनिएको छ ।
उसले महानगरमा जारी मतगणनालाई व्यवस्थित गर्न निर्वाचन आयोगसँग पटकपटक माग गर्दा समेत वेवास्था गरिएकाले सो घटना भएको जनाएको छ ।
मतगणना स्थगित भएपछि भरतपुर काण्डबारे एमाले र माओवादी एकले अर्कालाई दोस लगाइरहेका छन् । एमाले माओवादीले एक अर्कालाई दोसारोपण गरिरहेको बेला काँग्रेसले पुनः निर्वाचन गरिनुपर्ने माग राखेको छ।
२०७४ जेठ १५ गते प्रकाशित
- चितवन।
नेकपा एमालेले आइतबार रातिदेखि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना तुरुन्त सुरु गर्न माग गरेको छ । नेकपा एमाले चितवनले सोमबार पत्रकार सम्मेलन गरी मतगणना सुरु गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा भएको घट्नाको विरोध गर्दै जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न नमिल्ने भन्दै जनमतको कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने बताए ।
यसैबीच एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम भएका बेला गतराति दलकै प्रतिधिले मत्रपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ ।
मतपत्र कसले च्यातेको हो भन्ने प्रष्ट नभएपनि प्रतिश्पर्धी एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई दोष दिइरहेका छन् ।
- चितवन।
आइतबार राती मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना बारे चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले आधिकारिक धारणा सार्बजनिक गरेको छ ।
आयोगले मध्यराति नै एक सूचना प्रकाशित गरी भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।
- काठमाडौं।
संबैधानिक व्यवस्था अनुसार आज सरकारले आर्थिक बर्ष ०७४/७५ को बजेट सार्वजनिक गर्दैछ ।
आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने बजेट झण्डै १३ खर्बको हुनेछ ।
योजना आयोगले १२ खर्व ६ अर्बको बजेट सिलिङ दिएपनि यस वर्षको बजेट त्यो भन्दा केही बढी हुने भएको हो । अर्थ मन्त्रालय श्रोतका अनुसार राष्ट्रिय गौरवका योजनालाई बजेट अभाव हुन नदिन बजेट विनियोजन गर्दा केही बढेको हो ।
ठूला जलविद्युत आयोजना, रणनीतिक सडक र विभिन्न राजमार्ग निर्माणका लागि प्रयाप्त बजेट छुट्याएकाले पनि बजेटको आकार बढेको अर्थमन्त्रालय उच्च श्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएपछि बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तराता दिएको बताइएको छ ।
बजेटमा स्थानीय तहलाई समेत प्राथमिकतामा राखिएको बुझिएको छ । सरकारले बजेट विनियोजना गर्दा प्रत्यक गाउँपालिकालाई ५ देखि ६० करोडसम्म र नगरपालिकालाई १५ करोड देखि २ अर्ब रुपैँयाँसम्म उपलव्ध गराइने व्यवसथा मिलाइएको छ ।
त्यस्तै यस वर्षको बजेटमा कर्मचारीको तलव नबढ्ने भएको छ । गत बर्ष २५ प्रतिशतले तलव बढेको थियो । त्यस्तै भूकम्पपछिको पुन:निर्माणमा यस बर्ष डेढ खर्व बजेट छुट्याइएको छ । पुन:निर्माणमा गत बर्ष एक खर्व ४० अर्व छुट्याएको थियो ।
पुष्प न्यौपाने ।
रुपयौवनसम्पन्नाः विशाल कुलसंभवाः
विद्याहिनाः न शोभन्ते निर्गन्धा इव किशुकाः
रुप र यौवनले युक्त एउटा व्यक्ति जो धनधान्यले सम्पन्न विशाल परिवारमा जन्मिएको छ । यदि ऊ विद्याबाट वन्चित छ भने त्यसलाई पलाँस वृक्षका ति सुन्दर फूलहरुसंग मात्रै तुलना गर्न सकिन्छ जससंग सुन्दरता त छ तर कुनै सुगन्ध छैन । एउटा फूलसंग सुगन्ध छैन भने त्यसको सुन्दरताको कुनै मूल्य हुँदैन । यो गणतन्त्र त्यहि पलाँस वृक्षको एउटा सुन्दर फूल हो जुन फूलसंग कुनै सुगन्ध छैन ।
यो जतिसुकै ठूलो डिजाइन र जतिसुकै ठूला छिमेकीको सहयोगमा ल्याइएको भए पनि सुगन्धहिन, शोभाहिन र विनम्रता हिन छ । त्यसकारण यस गणतन्त्रमा सन्तुष्ट हुनसकिदैन । यो गणतन्त्र आएपछि यसको स्थापनाका लागि मारिएका हजारौं शहीद, घाइते,वेपत्ता र पसिना बगाएका लाखौं इमान्दारहरुप्रति यो कहिल्यै विनम्र बन्न सकेन ।
कृष्णसेनका हत्यारालाई तक्मा दिएकै हो यसले । कैंयौ बालकृष्णहरु फरार छन् । कैयौं रबिन्द्र प्रताप, रुक्माङ्गद,सूर्यबहादुर सेन ओलीहरुलाई पुरस्कार स्वरुप प्रमोसन दियो यसले । कैयौं हत्यारा,चोर, लुटेरा र बलत्कारीहरुले उन्मुक्ति पाउँदै गर्दा कालीबहादुर खामहरु मोष्ट वान्टेडकै सुचिमा छन् । सुरेश वाग्ले, मास्टरसाहेब, किमबहादुर थापा सुनिल लगायत सयौं शहीदका छोराछोरीहरु शहरका गल्लीमा बरालिएको र केहि जीवन यापनका लागि खाडी पुगेको बेला प्रचण्ड,पासाङ र विद्याका छोराछोरीहरुलाई तक्मा बाँड्दै छ यो गणतन्त्र ।
लाखौ विदेशीलाई नागरिकता प्रदान गर्ने, अघोषित रुपमा देशको प्रशासकिय अधिकार लैनचौर पुर्याउने यस गणतन्त्रको कसरी मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ र ? १० बर्ष जनयुद्ध लडेको माओवादीलाई काँग्रेसको रुख चिन्हमा भोट हाल्न लगाउने र माओवादी विरुद्ध कुनै कसर वाँकी नराखी विपरित विचारधारामा उभिएका काँग्रेसीजनलाई हसिया हथौडामा भोट हाल्न लगाउने अनि पुस्तैनी पञ्चायतका पक्षधर र राजतन्त्र समर्थकलाई सूर्यमा भोट हाल्न लगाउने र पञ्चायतदेखी नै राजतन्त्र विरुद्ध जेल नेल भोगेका एमाले जनलाई राप्रपाको गाइ चिन्हमा भोट हाल्न लगाउने पनि यहि गणतन्त्र हो ।
यहि गणतन्त्रमा सिद्धान्त, विचार,आदर्श र राजनीतिक आस्थाको अन्त्य भएको छ । पार्टी सदस्यता लिँदा संगठनमा खाएका र खुवाइएका सपथहरुको मुल्य च्युत भएको छ । जतिसुकै भव्यताका साथ यस गणतन्त्रलाई सेनाको घेरामा टुँडीखेलमा सम्पन्न गर्न खोजिएपनि आम नागरिकले यसको अपनत्व वा स्वामित्व लिएकै छैनन् । सत्ता र शक्ति वाँडिचुँडी खाने एक दलाल व्यवस्थाका रुपमा यस गणतन्त्रको उदय भएको छ । यहाँ कुनै राजनीतिक इमान,जमान र प्रतिष्ठा छैन ।
भुइको काँग्रेस किचिएको छ, भुइको एमाले किचिएको छ,भुइको माओवादी किचिएको छ । तीनै भुइमान्छेहरुले धरहरा चढाएकाहरु भुइमान्छेका रुपमा रहेका इमान्दार र निर्दोष कार्यकर्ताको टाउकोमा पिसाब गर्दैछन् । अन्याय र अत्याचारले न्याय र इमानका पर्खालहरु भत्काएका छन् । सीमा र बार वन्देजहरु तोडेका छन् । हरेक क्षेत्रमा दलाल चरित्रको विगविगी छ । यो गणतन्त्र विध्वंशक छ । विनाशक छ र दिर्घकालिन रुपमा यो मुलुकका लागि हानिकारक छ ।
विपरित स्वार्थहरुको बाध्यात्मक मेलबाट जन्मिएको यस व्यवस्थाले कसैको आदर्श र राजनीतिक विचारलाई वोक्ने छैन । यसको रिमोर्ट नेपाल सक्न चाहनेहरुको हातमा छ । राजनीतिक पार्टीका पहिलो तहका नेताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने, उनीहरुका छोराछोरीलाई उत्तराधिकारी बनाउने, राजनीतिक संगठनमा दास र मालिक जन्माउने र कालान्तरमा नेपाल भन्ने मुलुक नै विघटन तर्फ लैजान यो गणतन्त्र उद्धत छ ।
यस गणतन्त्रको स्वामित्व लिन भित्रै देखि न प्रचण्ड र शेरबहादुर चाहन्छन् न केपी ओली । कमल थापा त यस गणतन्त्रको लाभांश लिन शेयर मार्केटमा आइपुग्ने खेलाडी हुन् । यो गणतन्त्र विपरितहरुको शक्ति सन्तुलनको समय हो । वा शक्ति सञ्चयका लागि विश्राम गर्ने समय हो ।
जुन गणतन्त्रले जनयुद्ध र जन आन्दोलन दुबैका भावना समेट्न सकेन । जसले परिवर्तनलाई पूर्णरुपमा सँस्थागत गर्न सकेन, राष्ट्रिय एकता, अखण्डता, अक्षुण्णता र सार्वभौमिकताप्रतिको प्रतिवद्धतामा आफुलाई दह्रो रुपमा उभ्याउन सकेन । जसले शान्ति र स्थायित्वको अझै प्रत्याभुती दिन सकेको छैन । त्यस गणतन्त्रको जयजयकार गर्नुपर्ने कुनै कारण छैन ।
- काठमाडौं ।
अाज १० अौं गणतन्त्र दिवस । सरकारले विविध कार्यक्रम गरी मनाइँरहेको छ ।
यसै अवसरमा सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाले विशेष समारोहको अायोजना गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेकी छन् ।
पराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामन सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।
यस्तै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट गणतन्त्र प्राप्त भएको बताएका छन् ।
- भतरपुर ।
उनले भनिन ‘करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गर्याे । ’
‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले मतपत्र च्यात्ने दुई एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरे पनि सञ्चार माध्यममा नल्याई गुपचुप राखिएको दाबी गरिन् । ‘हाम्रा मात्रै मान्छे समातिए भनेर प्रचार गरिएको छ, तर एमालेका दुई जना समातिएको कतै आउँदैन ।’
- भक्तपुर ।
चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् ।
उहाँले एक हजार ७१ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरे ।
त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरे । दुर्गाले ८९० मत प्राप्त गर्नुभयो भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरे ।
यसैबीच चाँगुनारायणमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिएका छन् । मिश्रले छ हजार ७२ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गरे ।
त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहेका छन् भने काँग्रेसकी राधा (सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहेकी छिन ।
त्यस्तै राप्रपाकी युवती कार्कीले तीन हजार ८२३ र नेपकिपाकी गीता काफ्लेले दुई हजार ६९५ मत प्राप्त गरेका छन्।
- काठमाडौं ।
लिंकन काउन्टीको ग्रामिण इलाकाका तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको उक्त घटनाको दोषीका आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। स्थानीय समाचारमाध्यमका अनुसार कारी गडबोल्ट नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेहरुमा विलियम डर नामका प्रहरीका साथै तीन पुरुष र चार महिला छन्।
प्रहरी डर र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो। त्यस्तै ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएका छन्। आरोपीमाथि हाल मुद्दा भने दायर नभएको र प्रहरीले प्रमाण खोजिरहेको समाचारमाध्यमले जनाएका छन्।
Chitwan, 28 May.
The newly-elected Mayor and Deputy Mayor of Ratnanagar municipality have expressed commitment to expand tourism area of popular destination, Sauraha.
Speaking at a programme to welcome and felicitate newly-elected office-bearers hosted by Sauraha Jaycees at Ratnanagar on Saturday, they pledged to develop Sauraha as the second popular destination of tourists by expanding its areas.
Newly-elected Mayor of Ratnanagar municipality Narayan Ban said the tourism of Sauraha should be linked to the tourism area of hilly areas.
On the occasion, Deputy Mayor Bimala Dawadi pledged to play proactive role for keeping up the identity of Sauraha.
- भरतपुर ।
ताजा अपडेट अनुसार वार्ड नम्बर २१ बाट नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारि बिजयी भएका छन् ।
महानगरमा कुल १ लाख १२ हजार ९ सय ०७ मत खसेको हो । ताजा अवस्थामा निम्नअनुसार प्रतिस्पर्धा भैरहेको छ ।
मेयर
माओवादी केन्द्रकि-रेणु दाहाल ४०१९६
एमाले- देवी ज्ञवाली ४०९८०
- एजेन्सी ।
सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
यस दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १४६ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष पछिको सबभन्दा भयङ्कर भएको बताइएको छ।
समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन्।
उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।
यस प्रकोपमा मारिएका १२२ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मात्र मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन्। उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको थियो।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ।
संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन्।
श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो। अहिले भएको बर्षात्ले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ।
श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो। त्यस वर्ष परेको भीषण वर्षात्ले दुइसय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए।
गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो।
- काठमाडौं ।
इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए ।
२२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् ।
साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले पोर्चुगलका लागि १२ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । उनी ४३ मिलियन यूरोमा सिटीमा अनुबन्धित भएका हुन् ।
- एजेन्सी ।
अमेरिकाले गरेको हवाई आक्रमणमा सिरियामा ८० जनाको ज्यान गएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले कारबाही गरेको दावी गरेको छ ।
कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने क्षतिको समीक्षा गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार विभागका वरिष्ठ अधिकारीले भने लडाईमा सहभागी सबै देशको वायुसेनाले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान राख्न अपिल गरेको छ ।
यसअघि गएको मार्चमा इराकको मसुलमा भएको अमेरिकी हवाई आक्रमणमा १ सय ५ जना भन्दा बढी नागरिकको ज्यान गएको अमेरिकी सेनाले पुष्टि गरेको थियो ।
साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्यो। मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे। तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका छन् ।
अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ। सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्। तर जातीय रितमा उनी ‘मरिसकेका’ छन्। उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ। अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे। यति रित पुर्याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ।
करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो। उनले भने त्यसपछि आफ्नो आगत विगत भुलेका थिए।
‘नसोचेकै कुरा भयो। दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो,’ विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन।
विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ।’ त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो।
९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो। एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो।
ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन्। आजको कान्तिपुरमा खबर छ ।
- काठमाडौं ।
सर्वोच्च अदालतले सरकारको अर्को महत्वपूर्ण राजनीतिक निर्णयमा तगारो लगाएको छ ।
पछिल्लो पटक मधेसी दलहरुलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउने उदेश्यले २२ स्थानीय तह थप गर्ने भनी सरकारले गरेको निर्णय कानुन अनुकुल नभएको भन्दै मुद्दाको टुंगो नलागेसमम कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।
न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले स्थानीय तह थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
साथै गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण ऐनले स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने अधिकार सरकारलाई दिएको तर, गाउँ वा नगरसभाको दुईतिहाईले प्रस्ताव पारित गर्नु पर्ने र यो चुनावको एक वर्ष पहिले हुनु पर्ने व्यवस्था रहेको भन्दै आदेशमा भनिएको छ, ‘निर्वाचन प्रक्रिया अगाडि बढी सकेको अवस्थामा गाउँपालिका तथा नगरपालिकाको सहमति नलिई वडाको संख्या तथा सीमाना हेरफेर गर्नु कानुन अनुकुल हुने देखिँदैन ।’
कानुनको शासनसम्वन्धी मान्यता अनुसार संविधान र कानुन बमोजित राजनीतिक काम कारबाही हुनु पर्ने भन्दै सर्वोच्चले भनेको छ, ‘संविधान र कानुन प्रतिकुल हुने गरी भएका काम कारबाहीको औचित्य प्रमाणि हुन सक्दैन ।’
- काठमाडौँ ।
सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट÷मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ ।
बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई बिथोल्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षीत गर्दै जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ।
मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा÷गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ ।
गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ ।
सरकारले थप गरेको स्थानीय तहको २२ वटा सङ्ख्या अपुग एवम् सीमाङ्कन अपूरो रहेको जनाउँदै गठबन्धनका संयोजक महन्थ ठाकुरले एक विज्ञप्तिमार्फत उल्लिखित विषयलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
२०७४ जेठ १२ मा प्रकाशित ।
- भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् ।
आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।
अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए ।
अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा समेत विकास गर्ने प्रतिवद्धता जनाए।
२०७४ जेठ १२ मा प्रकाशित ।
- काठमाडौं ।
अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।
सिआइएका प्रमुखले अमेरिकी कंग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराउनुभएको हो ।
गएको वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो । विशेष गरी भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ ।
यदि सीमा क्षेत्रमा भैरहेको हमला कम भएमा साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा भने यहि वर्ष दुवै देशबीच वार्ता सुरु हुन सक्ने पनि आँकलन गरिएको छ ।
२०७४ जेठ १२ मा प्रकाशित ।
- काठमाडौँ ।
व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची संसद् सचिवालयले आजका लागि निर्धारण गरेको थियो ।
२०७४ जेठ ११ मा प्रकाशित ।