फर्जी मतपत्र भेटिएको भन्दै कांग्रेस माओवादीले बबाल गरेपछि पोखरा महानगरको मतगणना स्थगित


  • पोखरा । 
फर्जी मतपत्र भेटिएको भन्दै काँग्रेस माओवादीले बबाल मच्चाएपछि पोखरा लेखनाथ महानगरको मतगणना रोकिएको छ । 

वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको हो ।

गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो ।

फर्जी भनिएको मतपत्रमा निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ । फर्जी भनिएको सो मतपत्रमा सूर्य प्यानलमा भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८-१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप छ ।

कांग्रेस-माओवादीले विवादित वडामा पुनः मतदान हुनुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा नबस्ने घोषणा गरेका छन् । 

यता निर्वाचन कार्यालयले भने मत फर्जी नभएको दाबी गरेको छ । सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताएका छन् । 

पछिल्लो मत परिणाम अनुसार पोखरा लेखनाथ महानगरमा मानबहादुर जिसीले १८६१७ मत पाएका थिए भने नेपाली कांग्रेसका कुँवरले १६९७५ मतसहित पछ्याइ रहेका थिए ।

उपमेयरमा पनि एमालेका उम्मेदवार अगाडि देखिएका थिए । एमालेले १७६०८ मत पाएका छन् । कांग्रेसका उपमेयरका उम्मेदवारले १५७४७ मत पाएका थिए।

२०७४ जेठ ६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More