स्थानीय निर्वाचन अपडेट: ४ महानगरमध्ये ३ वटामा एमाले अगाडि

  • काठमाडौँ ।
देशका चार महानगरमा भएको स्थानीय तह निर्वाचनमा ललितपुरबाहेक बाँकी तीनवटामा नेकपा एमालेले अग्रता लिइरहेको छ। 

राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य २०५०२ मत पाएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले १४११७ मतले पछ्याइरहेका छन्। 

पछिल्लो मतपरिणामअनुसार यहाँ तेस्रो स्थानमा रहेका विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ८१२२ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापा ६००९ मत ल्याएर चौथो स्थानमा छन्। 

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले १८४२७ मत ल्याएकी छन् भने नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ११९२७ मत ल्याएका छन्। 

साझा पार्टीकी निरुपमा यादवको मत ३७१५ छ। एमालेकै अग्रता रहेको पोखरा महानगरपालिकामा अमरबहादुर जिसीले २२३२९ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले १९९०३ मतका साथ पछ्याइरहेका छन्। 

उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङ २०९६६ मत ल्याएर अग्रस्थानमा छिन् भने उनलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १८७९५ मतका साथ पछ्याइरहेकी छन्। 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालको उम्मेदवारीका कारण चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा पनि एमालेले नै अग्रता लिइरहेको छ। 

यहाँ कांग्रेस र माओवादी केन्द्रको तालमेलका बाबजुद एमाले उम्मेदवार देवी ज्ञवाली १६६६७ मतका साथ अगाडि छन्। उनलाई कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहालले १६१८२ मतका साथ पछ्याइरहेकी छन्। 

यहाँ कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर रेणुलाई समर्थन गर्ने निर्णय लिएको हो। चुनावी प्रचार क्रममा माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकसाथ सम्बोधनसमेत गरेका थिए। 

भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह १८३०३ मतले अगाडि छिन् भने एमालेकी दिव्या आचार्य १४३०२ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्। 

चार महानगरमध्ये नेपाली कांग्रेसले अग्रता लिइरहेको एकमात्र ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन १६३८३ मतका साथ अगाडि छन्। उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १४५४० मत ल्याएर पछ्याइरहेका छन्। 

यहाँ साझा पार्टीका रमेश महर्जन ६२६९ मतका साथ तेस्रो स्थानमा छन्। उपमेयरमा पनि नेपाली कांग्रेसकी गीता सत्याल ११७३३ मतका साथ अगाडि छिन्। 

उनलाई साझा पार्टीकी शोभा शाक्यले १०५३० मत ल्याएर पछ्याइरहेकी छन्।

समाचार श्रोत सेतोपाटी

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More