भरतपुरमा रेणु र देविको कडा प्रतिस्पर्धा, एमाले १ हजार मतले अगाडि
- चितवन ।
चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार देवी ज्ञवाली र रेणु दाहालको कडा प्रतिस्पर्धा देखिएको छ।
नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली र कांग्रेस-माओवादी साझा उम्मेदवार रेणु दाहालबीच कडा टक्कर देखिएको हो। पछिल्लो पटक सार्वजनिक भएको मत परिणामअनुसार गणना सुरुदेखि नै ज्ञवालीको अग्रता कायमै छ ।
कुनै समयमा दाहालले अग्रता लिए पनि उक्त अग्रता कायम हुन सकिरहेको छैन्। पछिल्लो परिणाम अनुसार दाहाल ज्ञवाली भन्दा १ हजार ४१ मतले पछाडि छन्।
अहिलेसम्मको परिणामअनुसार ज्ञवालीले १८ हजार १ सय ८५ मत ल्याएका छन् भने दाहालले १७ हजार १ सय ४४ मत पाएकी छन्।
उपमेयरमा भने कांग्रेस-माओवादी साझा उम्मेदवार पावर्ती शाहले निरन्तर अग्रता लिइरहेही छन्। उनले १९ हजार ७ सय ९४ मत ल्याइन्। यस्तै एमालेकी उम्मेदवारले १५ हजार ९ सय १७ मत ल्याएकी छन्।
२०७४ जेठ ७ गते प्रकाशित