भरतपुर काण्डपछि कांग्रेसले भन्यो १९ वडामा पुनः मतदान गरिनुपर्छ


  • चितवन । 
मतगणना स्थगित भएको भरतपुर १९ वडामा पुनः मतदान गर्न कांग्रेस जिल्ला समिति चितवनले जोडदार माग माग गरेको छ ।

जिल्ला समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा कांग्रेस उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा घटेको घटनाप्रति खेद प्रकट गर्दै सो वडामा पुनः मतदान गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाहीको माग र स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदान प्रकृया अघि बढाउन भनिएको छ ।

उसले महानगरमा जारी मतगणनालाई व्यवस्थित गर्न निर्वाचन आयोगसँग पटकपटक माग गर्दा समेत वेवास्था गरिएकाले सो घटना भएको जनाएको छ ।

मतगणना स्थगित भएपछि भरतपुर काण्डबारे एमाले र माओवादी एकले अर्कालाई दोस लगाइरहेका छन् । एमाले माओवादीले एक अर्कालाई दोसारोपण गरिरहेको बेला काँग्रेसले पुनः निर्वाचन गरिनुपर्ने माग राखेको छ।


२०७४ जेठ १५ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More