एम्बुलेन्स र शववाहन नहुँदा मेलम्चीबासि समस्यामा

  • मेलम्ची । 

सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ । 

नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पु¥याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एउटा एम्बुलेन्ससमेत पटक पटक बिग्रने समस्याले प्रयोगविहीन भएको छ भने एउटा एम्बुलेन्स मात्र हुँदा समस्या भएको चिकित्सक रामशरण श्रेष्ठले बताए । 

भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुँदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासी दीपेन्द्र कार्कीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको एक मात्र एम्बुलेन्स र त्यो पनि ठीक अवस्थामा नभएकाले दुर्घटना हुँदा घाइतेको ज्यानै जानसक्ने ठूलो समस्या देखिएको छ । 

एम्बुलेन्स अभावमा नगरवासीले बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन कुनै सवारीसाधन नभएको गुनासो गरेका छन् । कुनै सवारीसाधन फेला परिहाले पनि पीडितले चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ । 

एम्बुलेन्स अभावमा गत फागुन २७ गते मेलम्ची नगरपालिका–१३ फटकशिलामा बा ४ ख ६९०६ नंको ट्रक दुर्घटना हुँदा उदयपुर स्थायी घर भएका ४४ वर्षीय रामबहादुर बस्नेतले उपचारमा ढिलोे हुँदा प्राण नै त्याग्नु प¥यो । एम्बुलेन्स अभावका कारण बस्नेतलाई सार्वजनिक सवारीसाधन कुरेर काठमाडौँमा लगिएको थियो ।

२०७४ जेठ १७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More