आर्थिक बर्ष ०७४/७५ बजेट आज आउँदै, के-के छन् प्रमुख बिषय ?

  • काठमाडौं।
संबैधानिक व्यवस्था अनुसार आज सरकारले आर्थिक बर्ष ०७४/७५ को बजेट सार्वजनिक गर्दैछ ।

आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने बजेट झण्डै १३ खर्बको हुनेछ ।

योजना आयोगले १२ खर्व ६ अर्बको बजेट सिलिङ दिएपनि यस वर्षको बजेट त्यो भन्दा केही बढी हुने भएको हो । अर्थ मन्त्रालय श्रोतका अनुसार राष्ट्रिय गौरवका योजनालाई बजेट अभाव हुन नदिन बजेट विनियोजन गर्दा केही बढेको हो । 

ठूला जलविद्युत आयोजना, रणनीतिक सडक र विभिन्न राजमार्ग निर्माणका लागि प्रयाप्त बजेट छुट्याएकाले पनि बजेटको आकार बढेको अर्थमन्त्रालय उच्च श्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएपछि बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तराता दिएको बताइएको छ ।

बजेटमा स्थानीय तहलाई समेत प्राथमिकतामा राखिएको बुझिएको छ । सरकारले बजेट विनियोजना गर्दा प्रत्यक गाउँपालिकालाई ५ देखि ६० करोडसम्म र नगरपालिकालाई १५ करोड देखि २ अर्ब रुपैँयाँसम्म उपलव्ध गराइने व्यवसथा मिलाइएको छ ।

त्यस्तै यस वर्षको बजेटमा कर्मचारीको तलव नबढ्ने भएको छ । गत बर्ष २५ प्रतिशतले तलव बढेको थियो । त्यस्तै भूकम्पपछिको पुन:निर्माणमा यस बर्ष डेढ खर्व बजेट छुट्याइएको छ । पुन:निर्माणमा गत बर्ष एक खर्व ४० अर्व छुट्याएको थियो ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More