स्थगित पोखरा लेखनाथ महानगरको मतगणना अझै सुरु हुन् सकेन
- पोखरा ।
हालसम्म पोखरा लेखनाथका ३३ वडा मध्ये शनिबारसम्म १५ वटा वडाको अन्तिम परिणाम भने आएको छ। १ देखि १५ वडा सम्मको नतिजा अनुसार कांग्रेसले ८ र एमालेले ७ वडाको अध्यक्ष जितेका छन्।
एमालेले ६ वटा वडामा प्यानलसहितको जित हात पारेको छ भने कांग्रेसले ५ वटा वडामा प्यानल सहित जितेको छ। अन्य वडामा मिश्रित परिणाम आएको छ ।
अहिले पोखरा महानगरमा विवाद भएपछि मतगणना रोकिएको छ। यता निर्वाचन आयोगले भने दलहरुका बीच सर्वदलीय बैठक बसेर सहमति खोजि मतगणना सुरु गरिने बताएको छ ।
२०७४ जेठ २ गते प्रकाशित