ताजा अपडेट: भरतपुरमा रेणु दाहाल भन्दा देवी ज्ञवाली २९ सय मतले अगाडि
- चितवन ।
चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले अग्रता फराकिलो कायम राखेका छन् । उनले १३ वडाको मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रकी रेणु दाहाल भन्दा २९ सय बढी मत प्राप्त गरेका छन् ।
सोमवार बेलुका ८ बजेसम्मको गणनाअनुसार देवीले २३ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने रेणुले २० हजार ३ सय ७८ मत प्राप्त गरेकी छन् ।
यस्तै, उपमेयरमा भने माओवादी–कांग्रेस गठवन्धनकी उम्मेदवार काँग्रेसकी पार्वती शाहले अग्रता कायम राखेकी छन् । शाहले २३ हजार ३ सय ९६ मत प्राप्त गरेकी छन् भने एमालेकी दिब्य आचार्यले २० हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरमा अहिलेसम्म १३ वटा वडाको गणना सकिएको छ । ती मध्ये एमालेले २, ५, ७, ९, १०, ११, २८ र २९ वडामा जितेको छ भने कांग्रेसले १, ३, ६ र ८ वडामा जित हासिल गरेको छ । सोमवार ११ र २८ नम्बर वडाको मतगणना सकिएको हो ।
२०७४ जेठ ८ गते प्रकाशित