क-कसले मारे बाजी, पोखरा महानगरका १२, १३ र १५ मा यस्तो छ अन्तिम नतिजा


  • पोखरा । 

पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १२, १३ र १५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।महानगरपालिका वडा नं १२ का अध्यक्षमा नेपाली कांग्रेसका कार्की एक हजार ४६ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ऋषिराम लामिछानेले आठ सय २९ मत प्राप्त गरे ।

वडाका महिला सदस्यमा कांग्रेसकी सीतादेवी बास्तोला, दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा तथा खुला सदस्यद्वयमा एमालेका निर्मलबहादुर थापा र देशभक्त केसी निर्वाचित भए ।

महानगर १३ नं वडामा एमालेको समूह विजयी भएको छ । वडाध्यक्षमा एमालेका लेखबहादुर तामाङ दुई हजार ६०६ मतसहित विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बजिरमान श्रेष्ठले एक हजार छ सय आठ मत प्राप्त गरे ।

सो वडाका महिला सदस्यमा कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक तथा खुला सदस्यद्वयमा टङ्कप्रसाद भट्टराई र रहीमुल्ला मिया विजयी भए ।

महानगर वडा नं १५ मा एमाले समूहसहित विजयी भएको छ । वडाअध्यक्षमा एमालेका प्रकाश पौडेल एक हजार ९४४ मतसहित निर्वाचित बने भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टोपबहादुर थापाले एक हजार पाँच सय ४७ मत प्राप्त गरे ।

महिला सदस्यमा पार्वती कार्की, दलित महिला सदस्यमा मन्दिरा परियार तथा खुल्ला सदस्यद्वयमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी बने ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More