रेणु दाहालका प्रतिनिधिलाई एसपी थापाले ‘बाँदर’ भने



चितवन । 

चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई बाँदर भनेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका हुन् ।

एसपी थापाले तल्लोस्तरमा झरेर न्यौपाने र सिवाकोटी बाँधर झैं मतपत्र च्यात्न गएको बताएका छन् । त्यतिबेला कभर्ड हलमा सौहार्दपूर्ण वातावरणमा मतगणना भइरहँदा थापाले बताए । मत गणनामा अाफू र डीएसपीसहित ३३ जना रहेको बताउँदै थापाले एउटा समूहमा सामान्य विवादकै बीच मतपत्र च्यातेको अारोप लगाएका छन् । उनले ४-५ मत च्यातेको बताए ।

एसपी थापाले विवाद सुरु हुनसाथ त्यसतर्फ जान खोज्दा अाफूले सम्झाएको बताउँदै दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनले मत गणनास्थलमा उम्मेदवारका प्रतिनिधि बाहेक अरु कोही नभएको समेत जानकारी दिएका छन् ।

गनेर नतिजा सार्वजनिक भइसकेका मतपत्र पनि माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेर मत गणना स्थगित गरेको छ । वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More