भरतपुर अपडेट: दलहरुबीच १० बुँदे सहमति, मतगणना सुर, देवि अगाडी रेणु पछी-पछी


  • चितवन । 
शुक्रबार रातीदेखि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। मत गणना गर्नको लागि दलहरुबीच १० बुँदे सहमति पनि भएको छ ।

प्रमुख निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मत गणना बहिस्कार गरेका थिए । 

निर्वाचन अधिकृतहरूले शुक्रबार साझ नै सर्वदलीय बैठक बोलाएर सहमति खोज्ने प्रयास गरेका थिए। तर उक्त प्रयास सफल भएन । 

शनिबार बिहान बसेको बैठकमा मत गणनालाई अगाडि बढाउने सहमति भएको हो । छलफलमा १० बुँदे सहमति भएसँगै मतगणना सुरु भएको छ ।

सहमति अनुसार अब प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकेर एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

मतगणना स्थलमा राजनीतिक दलको प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउने/देखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यसअघि गणनामा बसेका मुख्य निर्वाचन अधिकृतले कम्प्युटरमा मत परिणाम इन्ट्री गर्दा गलत इन्ट्री गरेको आरोप कांग्रेस, माओवादी र राप्रपाले लगाएका थिए ।

९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो। 

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले माओवादी र कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दाहाल ३४६ मतले पछि परेकी छन्। 

लगातार अग्रता लिइरहेका ज्ञवालीलाई केही समय अगाडि रेणुले १४७ मतले पछाडि पारेकी थिइन्। ताजा अवस्थामा देवीको १५ हजार १ सय ५५ मत आएको छ । रेणुले भने भने १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्। राप्रपाका उम्मेदवारले १ हजार १ सय ५० मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेस बलियो अवस्थामा देखिएको छ । कांग्रेस उम्मेदवारले १७ हजार ५१ मत ल्याउँदा एमाले उम्मेदवारले १३ हजार एक सय ३४ मत प्राप्त गरेकी छिन्। राप्रपा उम्मेदवारको एक हजार दुई सय ८१ मत छ।

यस्ता छन् सहमतिका बुदाहरु


२०७४ जेठ ६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More