चुनावको मुखमा प्रधानमन्त्री नफेरौं - राष्ट्रपति भण्डारी



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्।

उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन। एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ।’ राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा भनिन्, ‘राष्ट्रिय मुद्दामा दलबीच एकता अपरिहार्य छ। चुनावमा तपाईंहरू दलीय नेतृत्व गर्नुहोस् तर राष्ट्रिय मुद्दामा दल होइन, राष्ट्र र जनता हुनुपर्छ।’ 

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेतामाझ राष्ट्रपतिले भनिन्, ‘दलहरूले राष्ट्रिय मुद्दालाई उच्च प्राथमिकता दिनै पर्छ।’ 

राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नेमकिपाका नेता सुवालले भने, ‘तपाईंहरूलाई सहमतिको सरकार गठन गर्न आजै (बुधबार) राति १२ बजेसम्मको सयम सीमा दिएको छु। मलाई आशा छ, तपाईंहरू एक हुनुहुनेछ। कदाचित सहमतीय सरकार गठनका लागि एक हुन नसके पनि राष्ट्रिय मुद्दामा आगामी दिन एक हुँदै अघि बढ्नुहुनेछ।’ ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा दुई प्रधानमन्त्री ठीक भएन। 

एउटै प्रधानमन्त्रीले निर्वाचन गराउनु राम्रो हुन्छ। यसले दलबीच एकता र प्रजातान्त्रिक अभ्यासले गतिसमेत लिन्छ’, सुवालले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने। राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयलाई सदुपयोग गर्न नेताहरूलाई आग्रह गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

‘मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुहोस्, राष्ट्रिय सहमतिको सरकार गठन नभए बिहीबारबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले जानकारी दिए। प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपतिले सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपतिको आह्वानको समयसीमा बुधबार सकिँदै छ। यो म्यादभित्र सहमतीय सरकार बन्न नसके संविधानले व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने व्यवस्था गरेको छ। 

सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफूले सहमतीय सरकार गठनका लागि छलफल गर्न मंगलबार बोलाएको बैठकमा एमाले सहभागी नभएको गुनासो गरेकी थिइन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवाको गुनासोमा जवाफ दिँदै भनिन्, ‘मैले त हिजै पनि भनेको थिएँ, प्रमुख प्रतिपक्ष एमालेलाई हिजोको बैठकमा बोलाउने कांग्रेसको तरिका नै भएन।’ 

कांग्रेसले आफ्ना सभापति देउवाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने जनाउँदै छलफलमा आउन एमालेलाई पत्र लेखेको थियो। एमाले व्यक्ति पहिल्यै तोकेर सहमति खोज्ने बैठकमा सहभागी नहुने भन्दै अनुपस्थित भएको थियो। राष्ट्रपति भण्डारीसँगको छलफलमा फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदार र राप्रपा नेपालका अध्यक्ष थापाले सहमतीय सरकार गठन गर्न आफूहरू सहयोगी नै रहेको तर सहमति नभए पनि प्रतिपक्षमै बसेर संविधान कार्यान्वयन र मुलुकको हितमा सहयोग गर्न तयार रहेको बताएक थिए। 

नेमकिपाका नेता सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा मालेका महासचिव सिपी मैनालीले पनि ठूला दलबीच सहमति हुन सके आफूहरू तयार रहेको धारणा व्यक्त गरेका थिए। राजपाका नेता राजेन्द्र महतोले निर्वाचन सार्नु मात्र पर्याप्त नहुने धारणा व्यक्त गर्दै मधेसका माग पूरा गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए। 

२०७४ जेठ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More