सरकारले हुलाकी राजमार्गमा १० नयाँ सहर बनाउने



  • काठमाडौं। 

सरकारले हुलाकी राजमार्गमा १० नयाँ सहर बनाउने भएको छ । मध्यपहाडी राजमार्गमा निर्माण भइरहेका सहर जस्तै हुलाकी मार्गमा पनि आधुनिक सहर निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयका अनुसार हुलाकी राजमार्गको ३ किमि दायाँ–बायाँ सहर बनाइने छ ।

जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल–जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानी सहर निर्माणको क्षेत्र छनोट गरेको सहरी विकास मन्त्रालय प्रवक्ता डा. रमेशप्रसाद सिंहले जानकारी दिए । १ हजार ७ सय ९२ किमि लामो हुलाकी राजमार्ग पूर्व झापामा सुरु भएर पश्चिम कञ्चनपुर पुगेर टुंगिन्छ । 

७ प्रदेशमध्ये ४ वटामा नयाँ सहर निर्माण गरेर व्यवस्थित बस्ती बसाउने उनले बताए । ‘पहाड र तराईबाट बसाइँसराइ गरेर आउन सक्छन्,’ उनले भने, ‘यी सहरलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गरिनेछ ।’

प्रदेश १ मा झापाको गौरीगन्ज र मोरङको रंगेली, प्रदेश २ मा बाराको गढिमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा–सरपल्लो, प्रदेश ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट, प्रदेश ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा सहर विकास गरिने सिंहले बताए ।

‘हुलाकी राजमार्गले २० जिल्ला जोडेको छ, ती जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक सहर निर्माण गर्न जरुरी छ,’ उनले भने, ‘बढ्दो सहरीकरणको आवश्यकतालाई मध्यनजर गरेर यो अवधारणा अघि सारेका हौं ।’ हुलाकी राजमार्गले तराईका सहरहरूलाई जोड्ने एक प्रमुख राजमार्ग विकसित भए तापनि यसको वरिपरिका बस्तीको आधुनिकीकरण गर्न अनिवार्य भएको सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले बताए ।

मन्त्रालयका अनुसार नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सुरु भइसकेको छ । दुई वर्षभित्र सम्पूर्ण सहरको डीपीआर तयार पारेर ५ वर्षभित्र न्यूनतम पूर्वाधार सहरका रूपमा विकास गरिनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More