भद्र सहमतिअनुसार प्रधानमन्त्रीको राजीनामा कहिले ?

काठमाडौं। 

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्ने भएका छन् । 

सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । 

स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनेछन् ।’ मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । उनले भने, ‘विगतमा भएका भद्र सहमति कार्यान्वयन नभए पनि यसपटक भद्र सहमतिको कार्यान्वयन भद्र रूपमा नै हुनेछ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले वर्तमान सरकारको नेतृत्व परिवर्तन आगामी दुई साताभित्र हुने बताए । कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले दुई पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने बताए । 

कांग्रेस उच्चस्रोतका अनुसार सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुनेछन् । 

उनले भने, ‘सरकारको नेतृत्व परिवर्तनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ । त्यो भनेको वर्तमान सरकारको नेतृत्वबाट दाहालले राजीनामा दिएपछि सात दिनको सहमति र सात दिनको बहुमतीय प्रक्रिया हो ।’

सामाजिक सञ्जाल, राजनीतिक दलका क्रिया र प्रतिक्रियामा नलाग्न आग्रह गर्दै कांग्रेस उच्चस्रोतले भन्यो, ‘भद्र सहमतिको पहिलोपटक कार्यान्वयन हुँदैछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

दाहालले सहमति पालना गर्ने कुरामा कांग्रेस ढुक्क छ ।’ कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले एउटै चुनावबीच दुई प्रधानमन्त्री हुन नहुने तर्क गर्दै वर्तमान सरकारले वैशाख ३१ झैं जेठ ३१ गते स्थानीय तहको चुनाव गर्नुपर्ने धारणा राखेका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More