बिकाश बजेट कटौती गरेर प्रचण्ड र अर्थमन्त्री महराद्वारा रोल्पाली जनतालाई धोका


रोल्पा । 

राज्यको बिकाश योजनाबाट संधै उपेक्षा गरिने जनयुद्दको उद्गम थलो रोल्पा र रोल्पाली जनता बर्तमान माओवादीको गठबन्धन सरकारबाट पुनः आर्को पटक धोका पाएका छन्।

देशमा स्थानीय चुनाव नजिकिदै गर्दा २०७३ फाल्गुन ६ गते रोल्पा महोत्सव कार्यक्रममा पुगेका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बर्तमान अर्थ मन्त्रि कृष्णबहादुर महराले सडक बिकाश र बिस्तारका लागि सार्बजानिक घोषणा गरेको १५ करोड सडक बजेट कटाईएको छ। 

लिवाङ, माडीचौर, जिनाबाङ सम्मको साढे ७२ किलोमिटर सडक योजनाको १५ करोड कटौती भएपछी प्रधानमन्त्री प्रचण्ड द्वारा फेरी आर्को पटक धोका भएको हो।

१५ करोड बजेटको योजना बहुबर्सिय सम्झौतागर्न मिल्ने कानुन सम्बद्ध भएको तर हालसम्म अर्थमन्त्रालयबाट कार्यन्वयन गर्न सडक विभागलाई पत्र समेत नकाटेर विभिन्न सड्यन्त्रका बाफ्जुद योजना कटाइएको छ।

अप्ठेरो पर्दा रोल्पालाई सम्झने प्रधानमन्त्री प्रचण्डले केहि समय पहिले रोल्पा महोत्सव उद्घाटन कार्यक्रममा रोल्पाको बिकाशकालागि बजेटको फेहरिस्त सुनाएका थिए। उनले रोल्पामा १ सय १३ सडक निर्माणका लागि ४२ करोड रकम छुट्याइएको रोल्पा महोत्सवको मंचबाटै सार्बजनिक घोषणा गरेका थिए। साथै अन्य स्वस्थ शिक्षा लगातका योजनाहरु पनि सविस्तार गरेका थिए।

उक्त ४२ करोड लागतको सडक निर्माण योजना अन्तगर्त ‘लिवाङ –माडीचौर -जिनाबाङ सडक रोल्पा’ योजनाको लागि मात्रै १५ करोड बजेट छुट्टयाइएको थियो। बहुबर्सिय सम्भावित रणनैतिक सडकको बजेट उप शिर्षक नम्बर ३३७३३५-४ मा बजेट छुट्याइ डिटेल सर्बे समेत भइसकेको थियो।

लिवाङ देखि जिनाबाङ सम्मको सडक बाटोमा राजनीतिक चलखेल र चुनावका कारण कटौती भएको छ। उक्त चलखेलमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्रि कृष्ण महारा समेतको हातरहेको बुझिन्छ।

१० बर्षे जनयुद्दमा रोल्पाली जनताको त्याग तपस्या र बलिदानी द्वारा पुष्पकमल दाहाल प्रचण्डलाई पहिलोपटक रोल्पाली जनताले चुनावमा भोट हालेर जिताएका थिए तर अर्थमन्त्रि कृष्णबहादुर महाराको गृहजिल्ला राज्यको बिकाश योजनाबाट संधै उपेक्षित हुने गरेको छ।

अहिले देशकै दुई सम्मानीय पद उपराष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा रोल्पालीहरु विराजमान छन्। जनयुद्दका सैन्य कमान्डर पासाङ उर्फ नन्द बहादुर पुन उपराष्ट्रपति पदमा र रोल्पाली छोरी उषा उर्फ ओनसरी घर्ति सभामुख जस्तो गरिमामय पदमा सवार गरिरहेका छन्। 

वर्तमान देशले रोल्पाली होनहार नेताहरु लाम लगाएको छ, तर बिकाशका लागि छुट्याइएको बजेटलाई रोल्पा नपुग्दै हराई दिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजैदेखि धोका दिदै आएको रोल्पाली जनगुनासो त छदैछ तर यसपाली भने आफ्नै रोल्पाली सुपुत्र तथा अर्थमन्त्री कृष्ण बहादुर महरा समेतले रोल्पाली जनतालाई बजेट भ्रम पार्दै पुनः धोका दिएको जन गुनासो छ।

२०७४ जेठ ६ गते प्रकाशित


, , ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More