मस्तिष्कमा हुने चोटले नै धार्मिक विश्वासमा प्रभाव पार्छ : अध्ययन


वैज्ञानिकहरुले मानिसहरुमा हुने अतिकट्टरपन्थी धार्मिक विश्वासबारे नयाँ पत्ता लगाएका छन् । यसअघि, मानिसहरुको अतिधार्मिक विश्वासमा मस्तिष्कमा भएको ‘गड स्पट’को अहं भूमिका हुने कुरा मानिँदै आएको थियो ।

तर, वैज्ञानिकहरुले भने मस्तिष्कमा कुनै चोट लागेमा उनीहरु धार्मिक कट्टरपन्थी हुने नयाँ तथ्य पत्ता लगाएका हुन् ।

विशेषगरी ‘ब्रेन ट्रमा’ भएको मानिसहरुमा मस्तिष्कको ‘प्रिफ्रन्टल र्कोटेक्स’का कारण अधिक कट्टरपन्थी हुने सम्भावना धेरै हुने र नयाँ विचारहरु कम आउने गर्दछ ।

अमेरिकको इल्लिनोइसस्थित नर्थवेस्र्टन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनमा जुन मानिसको मस्तिष्क एकोहोरो सैनिककोजस्तो बोध गर्नसक्ने खुबी कम हुन्छ, ऊ आफ्नो विचार परिवर्तन गर्न सक्षम नहुने र कट्टरपन्थी हुने उल्लेख छ ।

‘प्रिफ्रन्टल र्कोटेक्स' भनेको मस्तिष्कको एउटा त्यस्तो महत्वपूर्ण भाग हो, जसले उच्चगतिमा योजना तथा धारणाहरुको निर्माण गर्दछ । यस भागलाई सुरुमा वैज्ञानिकहरुले धार्मिक तथा रहस्यमय अनुभवसँग जोडेका थिए ।



यदि मस्तिष्कको यस क्षेत्रमा कुनै क्षति पुगे मानिसहरु कम गम्भीर हुने र अरु मानिसहरुको आलोचना गरेर आफ्नो धार्मिक विश्वास मूल्यांकन गर्न सक्षम हुने अध्ययनमा उल्लेख छ ।

‘डेलीमेल’काअनुसार वैज्ञानिकहरुले भियतनाम युद्धबाट मस्तिष्कमा चोट पुगेका ११९ जना र स्वस्थ ३० जना मानिसहरुको मस्तिष्कको सूक्ष्म अध्ययन गरेका थिए । साथै, ती मानिसहरुसँग मनोवैज्ञानिक प्रश्नका आधारमा धार्मिक तथा अरु विचारहरु संकलन गरेर अध्ययनसमेत गरिएको थियो ।

अध्ययनकर्ताहरुले मस्तिष्कको ‘प्रिफ्रन्टल र्कोटेक्स’मा क्षति नपुगेका मानिसहरुको तुलनामा क्षति पुगेका मानिसहरु बढी कट्टरपन्थी भएको पाइएको बताए ।

अध्ययनका सहलेखक तथा नर्थवेस्र्टन विश्वविद्यालयका डा.जोर्डन ग्राफम्यानले ‘साइपोस्ट’लाई बताएअनुसार मानिसहरुको विचार तथा यस विषयमा धार्मिक विश्वास, बोध गर्नसक्ने मानसिक खुबी, सामाजिक ज्ञान भन्डार अरु प्रजातिको तुलनामा फरक छ ।

यस अध्ययनले मस्तिष्कको संरचनामा ‘प्रिफ्रन्टल र्कोटेक्स’मा क्षति पुगेमा धार्मिक दृष्टिकोणसँग गहिरो सम्बन्ध राख्ने तथ्य बाहिर ल्याएको छ ।

डा.ग्राफम्यानले भने–‘धार्मिक विश्वासभन्दा नैतिक, कानुनी र राजनीतिक विश्वासहरु मस्तिष्कले कसरी फरक तरिकाले प्रस्तुत् गर्दछ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ ।’

‘न्यूरोसाइकोलोजिया’मा प्रकाशित यस अध्ययनले मस्तिष्कसँग धार्मिक विश्वासको के सम्बन्ध छ ? भन्ने कुरा बुझाउन मद्दत गर्दछ । साथै, के–के तत्वहरुले धार्मिक व्यक्तित्वलाई प्रभावित गर्दछ भन्ने कुरा बुझ्नसमेत यस अध्ययनले थप मद्दत गर्दछ ।

डा.ग्राफम्यानले भविष्यमा मानवको मस्तिष्कको प्रयोगमा धार्मिक दर्शनहरुले कति महत्वपूर्ण प्रभाव पार्दछ भन्ने अध्ययनका लागि यो अध्ययन पहिलो खुट्किलो भएको बताए । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More