‘सायद–२’को वर्ल्ड प्रिमियर जापानमा, निर्माता र अभिनेता जापानतिर


नेपाली चलचित्र ‘सायद–२’को वर्ल्ड प्रिमियर यही वैशाख ३१ गते जापानमा हुँदैछ । यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् ।

असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर हुने निर्माता रावलले बताए ।

निर्माता रावल र अभिनेता श्रेष्ठसँगै सन्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जापानमा बस्दै आएका ईश्वर श्रेष्ठ र सुवास लामिछानेले वर्ल्ड प्रिमियरको चाँजोपाँजो मिलाएका हुन् । श्रेष्ठ र लामिछानेले फिल्मको लगानीमा पनि साझेदारी गरेका छन् ।

मे १४ अर्थात् वैशाख ३१ गते जापानी समयअनुसार साँझ साढे ५ बजे टोकियोस्थित नकानो जेरो हलमा ‘सायद २’ को प्रिमियर हुनेछ ।

जहाँ नेपालबाट गएको टोलीले उपस्थिति जनाउने छ । टोलीले जापानी दर्शकसँग बसेर फिल्म हेर्नेछ ।फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

दुर्गिस फिल्मस्को व्यानरमा बनेको यो फिल्ममा सुशीलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील 
रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More