चीन र भारतको सीमा क्षेत्रमा क्रसबोर्डर सेज निर्माण गरिने

उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षमा चीन र भारतको सीमा क्षेत्रमा क्रस बोर्डर विशेष आर्थिक क्षेत्र निर्माण गर्ने भएको छ। रोजगारी वृद्धि गरी मुलुकको कूल गाह्रस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने उद्देश्यले यस्तो गर्न लागेको उद्योग मन्त्रालयले जनाएको छ।

त्यसैगरी, मन्त्रालयले अन्तर्गत विराटनगर, गोर्खा र धनगढीमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने कार्यक्रम ल्याएको छ। छिमेकी मुलुकमा सीमा क्षेत्रको साथै अन्तराष्ट्रिय विमानस्थलको आसपासका क्षेत्रमा निर्यात प्रवद्र्धन केन्द्रको स्थापना गर्ने प्रस्तावित कार्यक्रमलाई अगाडी सारेको छ। 

यसका साथै निजी क्षेत्रको लगानीमा एकल वस्तु उत्पादन विशेष आर्थिक क्षेत्रको स्थापना गरी सरकारका तर्पmबाट त्यस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माणमा सहयोग गर्ने मन्त्रालयको प्रस्ताव छ। सिमेन्ट उद्योगहरुको स्थापनाका लागि खानी स्थलसम्मको पहुँच मार्ग निर्माणलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडी बढाउने भएको छ।

उद्यमी महिलाहरुलाई व्यवसायिक योजनाका आधारमा समूहगत रुपमा प्रति उद्यमी समूह २५ लाख रुपैयाँ सम्मको सरल वित्तीय लगानी जुटाउने कार्यक्रम समेत उद्योग मन्त्रालयले अगाडी सारेको छ। 

त्रिपुरेश्वरमा रहेको उद्योग विभागको परिसरमा औद्योगिक टावर निर्माण गरी औद्योगिक प्रशासनको काम एकै स्थानबाट प्रदान गर्ने र लैनचौर स्थित खानी तथा भूगर्भ विभागको हाताभित्र भौगर्भिक तथा पेट्रोलियम अनुषन्धान कार्यहरु सम्पन्न गर्न भूकम्पिय एवं भौगर्भिक विज्ञान टावरको निर्माण गर्ने कार्य योजना मन्त्रालयले अगाडी सारेको छ।

अल्लो प्रशोधन कार्यलाई सहजीकरण गर्न आगमी आर्थिक बर्षमा थप १५ जिल्लामा अल्लो प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने र गलैंचाको बार्षिक निर्यातलाई २५ अर्व रुपैयाँ पु¥याउने कार्य योजना मन्त्रालयको छ।

नेपालमा उत्पादित तथा विदेश वस्तुहरुको गुणस्तर परिक्षण गर्न आकस्मिक घुम्ती टोली गठन गर्ने र यस्तो टोलीले उजुरी आएको १ घन्टा भित्र उद्योगमा पुगि गुणस्तर परीक्षण गरिसक्ने गरी व्यवस्था मिलाईने भएको छ। 

यसका लागि मोवाईल एप्सबाट उजुरी प्राप्त गरी तत्काल सम्वोधन गर्ने व्यवस्था गर्न लागिएको छ। साना तथा मझौला, लघु तथा घरेलु उद्योगबाट स्तरोन्नती भै साना उद्योग बनेका उद्यमीहरुलाई सहयोग गर्न औद्योगिक पूर्वाधारको विकास तथा प्रविधि तालिम र अन्य कार्यक्रमहरु सञ्चालन गर्न टेवा कार्यकmम संचालन गर्ने कार्य योजना मन्त्रालयले अगाडी सारेको छ ।

नेपालमा वैदेशिक लगानी बढाउन विश्वका विभिन्न सहरहरु जस्तै मुम्वई, सांघाई, सिउल, बर्लिन, लण्डन, टोकियो, सिड्नी र सियाटल लगाएतका सहरहरुमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने कार्य नीति समेत मन्त्रालयले सार्वजनिक गरेको छ। 

विहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले दास्रो चरणको आर्थिक सुधार कार्यक्रम अन्तर्गत मन्त्रालयले नीतिगत सुधारका साथै औद्योगिक पूर्वाधारको विकास र औद्योगिक प्रशासनलाई समेत सरलिकृत बनाउँदै लैजाने नीति अनुरुप यि प्रस्तावहरु अगाडी सारिएको बताए।

उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले रोजगारी वृद्धि गरी कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले मन्त्रालयद्धारा प्रस्तावित १७ वटा यि नयाँ कार्यक्रमहरुका लागि थप ६ अर्व ३५ करोड रुपैंया बजेट आवश्यक रहेको बताए।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More