अब नक्सापासमा हस्ताक्षर पनि अनलाइनबाटै

भौतिक संरचना निर्माणको लागि बनाइने नक्सामा काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै हस्ताक्षर गर्ने प्रविधि सुरु गरेको छ। 

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो।

अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए।

यस व्यवस्थासँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ। यसभन्दा अघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले गरिने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा धाउनुपर्ने थियो। 

अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन्। घरबाट नै नक्सा पासका लागि दर्ता गर्न र पास भएको नक्सा लिन पाउनेछन्।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ । केही प्राविधिक समस्या समाधान हुने बित्तिकै छिट्टै काम सुरु हुन्छ।

यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More