जनार्दन र कुलमानमाथि यसकारण लगाइयो झुठो आरोप ! यसरी खुल्यो रहस्य

  • काठमाडौं ।
विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादि बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्याँहाका बिक्रेताले बताएका छन् ।

नयाँदिल्लीस्थित द्वरका सेक्टर १२ मा रहेका संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स बा्रन्डको एलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिए ।‘हामीले फिलिप्सको नौ वाटको एलईडी चिम सबैभन्दा सस्तोमा यही मूल्यमा बेचिरहेका छौ’,गुप्ताले टेलिफोनमा भन्नुभयो ।

प्राधिकरणले भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेस लिमिटेड (इइसलि) मार्फत यही ब्रान्ड र यही क्षमताको २ करोड थान चिम आयात गर्दैछ । उक्त चिममा भन्सार महसुल ,कर ,ढुवानीलगायतका शुल्क जोडेर उपभोक्तालाई प्रतिगोटा एक सय ४० रुपैयाँमा वितरण गर्ने योजना प्राधिकरणको छ । नेपालको हेटैंडासम्म प्रतिगोटा ६५ रुपैंया भारु (एक सय चार रुपैंयाँ) पर्ने यो चिमको मूल्यमा स्थानीय कर र सेवा शुल्क जोडिँदा नेपालका उपभोक्ताका लागि प्रतिगोटा एक सय ४० रुपैंयाँसम्म पर्ने प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङले बताए ।

अर्थात् दिल्लीमा फिलिप्स ब्रान्डको एउटा एलईडी चिमलाई पर्ने मूल्यमा नेपालमा प्राधिकरणले दुईवटा त्यस्तै चिम बिक्री गर्नेछ। काठमाडौंको बजारमा भने फिलिप्स नौ वाटको एलईडी चिमको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ । प्राधिकरणले खरिद गर्न लागेको उक्त एलइडीका लागि ईईएसएलले प्रस्ताव गरेको ६५ भारुको मूल्यमा २ अर्ब ८० लाख रुपैयाँ तिनुपर्नेछ । भारतीय उपभोक्ता मूल्यमा यो परिमाण आयात गर्ने हो भने यसको मूल्य ६ अर्ब ८० लाख रुपैयाँ पर्छ ।

भारतीय उपभोक्ता बजार र प्राधिकरणले बिक्रि गर्ने मूल्यबच प्रतिगोटा १६४ रुपैयाँको अन्तर छ । यही हिसाबले पनि प्राधिकरणका उपभोक्ताका लागि ३ अर्ब २८ करोड रुपैयाँ लागत बचत हुने देखिएको छ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More