पर्यवेक्षणमा गएका मानवअधिकारकर्मी सिडियाे कार्यालयबाटै गिरफ्तार


काठमाडाैं । 

दाेलखा जिल्लाकाे गाैरीशंकर गाउँपालिका वार्ड नं १ जुबुमा भएकाे घटनाकाे स्थलगत अनुगमन तथा स्थानीय निर्वाचन अनुगमनका लागि गएका एकजना मानवअधिकारकर्मीलार्इ प्रहरीले दुर्व्यवहार गर्नुका साथै गिरफ्तार गरेकाे छ । 

दाेलखा घटनाकाे स्वतन्त्र अनुगमन तथा निर्वाचन अायाेगले प्रदान गरेकाे परिचयपत्र र अन्य कागजात सहित गएका अधिकारकर्मीलार्इ समेत प्रहरीले गिरफ्तार गरेकाे भन्दै जनअधिकार अभियानले त्यसप्रति कडा अापत्ती जनाएकाे छ । 

शुक्रबार काठमाडाैंबाट दाेलखाकाे जुबु घटनाकाकाे स्थलगत अध्ययन गर्नका लागि जनअधिकार अभियानका अधिकारकर्मी प्रेमबहादुर थाेकर (प्रेम तामाङ) दाेलखा लागेका थिए । निर्वाचन अायाेगले निर्वाचन अनुगमनका लागि दिएकाे परिचय पत्र र मानवअधिकारवादी संस्था जनअधिकार अभियान नेपालले दिएकाे पत्रसहित दाेलखा जिल्ला प्रशासन कार्यालयमा पुगेका तामाङलार्इ दाेलखाका प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षबाटै प्रहरीले गिरफ्तार गर्याे । 

जुबु र अन्यभागमा जानका लागि सवारी साधन चलाउने अनुमति पत्र तथा पास माग्न गएका अधिकारकर्मीलार्इ उल्टै गिरफ्तार गरिएपछि जिल्लामा हुन लागेकाे निर्वाचनप्रति धेरैले प्रश्न उठाएका छन् । यसरी निर्वाचनकाे स्वतन्त्र अनुगमन तथा सवारीकाे अनुमति पत्र माग्न गएका अधिकारकर्मीलार्इ समातेर हिरासतमा राख्नुले राज्यकाे स्वेच्छाचारिता बढेकाे जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले जनाएका छन् । 

शुक्रबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष भण्डारीले गिरफ्तार गरिएका अधिकारकर्मी तामाङलार्इ तत्काल रिहा गरी अनुगमन कार्यमा जान दिन समेत अाग्रह गरेका छन् । तामाङकाे गिरफ्तार गैरकानुनी र स्वेच्छाचारीपूर्ण कदम भएकाे भन्दै उनले प्रशासनकाे याे कार्यप्रति घाेर भत्सर्ना समेत गरेका छन् । साथै उनले यस घटनामा निर्वाचन अायाेग, राष्ट्रिय मानव अधिकार अायाेगसहित राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाकाे ध्यानाकर्षण पनि गराएका छन् । 

अध्यक्ष भण्डारीले विज्ञप्तिमा भनेका छन्, ''संवैधानिक अंग निर्वाचन अायाेगद्वारा जारी गरिएकाे पर्यवेक्षण गर्ने परिचय पत्र साथमा हुँदा हुँदै तथा मानवअधिकार भन्ने जान्दा जान्दै प्रहरी प्रशासनबाट गैरकानुनी एवं स्वेच्छाचारी ढंगले माैलिक हक एवं अाधारभूत मानव अधिकार हनन हुने गरी पक्राउ गर्ने सरकार, गृहमन्त्रालय, स्थानीय प्रहरी र प्रशासनकाे कार्य घाेर अापत्तीजनक र निन्दनीय छ ।''

हेर्नुहोस् विज्ञप्ति


२०७४ बैसाख ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More