विश्वकै सबैभन्दा सानो स्मार्टफोन बन्यो, यस्ता छन् सुविधा (हेर्नोस्, ८ तस्वीर)


काठमाडौं, २४ वैशाख । 


संसारकै सबैभन्दा सानो ‘फोरजी’सहित अत्याधुनिक सुविधा–सम्पन्न स्मार्टफोन बनेको छ ।

हत्केलामा अटाउने यो स्मार्टफोनको नाम ‘जेली’ राखिएको छ । १० वर्षदेखि स्मार्टफोनको डिजाइन गरिरहेको चीनको संघाइस्थित ब्रेनचाइल्ड ग्रुपको युनिहर्जले संसारकै सबैभन्दा सानो र अत्याधुनिक सुविधासहितको स्मार्टफोन सार्वजनिक गरेको हो ।



यस स्मार्टफोन दुईओटा भर्सनको हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीकाअनुसार जेली र ‘जेली प्रो’ नाम दिइएको यस स्मार्टफोन आगामी अगष्ट महिनाबाट बजारमा आउनेछ ।

यो स्मार्टफोन अरु स्मार्ट फोनभन्दा फास्ट डाटा कनेक्टिभिटीसहित ‘फास्टर प्रोसेसर’ र प्रर्याप्त स्टोरेज क्षमताको हुने कम्पनीको दाबी छ ।



यसको मूल्य पनि अरु स्मार्टफोनभन्दा सस्तो हुने बताइएको छ । जेलीको एउटा स्मार्टफोनको मूल्य ११ हजार १९२ रुपैयाँ (१०९ अमेरिकी डलर) पर्नेछ भने जेली प्रोको एउटाको मूल्य १२ हजार ८३५ रुपैयाँ (१२५ डलर) पर्नेछ ।

जेली भर्सनमा १ जीबी र्‍याम र ८ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ । त्यस्तै, जेली प्रो भर्सनमा २ जीबी र्‍याम र १६ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ ।



दुबै भर्सनमा शक्तिशाली १.१ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर राखिएको छ भने दुबै फोनले २५६ जीबीको मेमोरीकार्ड सर्पोट गर्नेछ ।

यी दुबै फोनलाई जिन्स पाइन्टको सानो खल्तीमा राख्न सकिने उल्लेख गरिएको छ ।



एन्ड्रोइड ७ भर्सन अपरेटिङ सिस्टममा चल्ने जेलीमा दुईओटा ‘नानो’ सिम प्रयोग गर्न सकिन्छ ।

२.४५ इन्च एलसीडी डिस्प्ले भएको फोनमा ९५० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले दुबै फोन सेतो, कालो र आकाशे नीलो रङमा उपलब्ध हुने उल्लेख गरेको छ ।



कम्पनीकाअनुसार यस फोनको तौल जम्मा ६०.४ ग्राम छ । त्यस्तै, फोनमा अगाडि २ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको क्यामेरा राखिएको छ ।



अरु स्मार्टफोनमा प्रयोग गरिएको वाइफाइ तथा जीपीएस फ्रिक्वेन्सीभन्दा जेलीमा प्रयोग गरिएको फ्रिक्वेन्सी अझ मजबुत् रहेको कम्पनीको दाबी छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More